धनी बन्न चाहनु हुन्छ भने पहिला म धनी बन्छु भनेर किन सोच्नु पर्छ ? किन धनबारे पढ्नुपर्छ ? जुन चीज हामी बनाउँछौं त्यो हाम्रो हो । हरेक राम्रो वस्तुलाई प्रकृतिले सिंगमरमर जसरी ताला लगाएर राखेको हुन्छ । केवल परिश्रमले मात्र त्यो ताला खोल्न सक्छ ।
ठूलोपनाको समस्त विशेषता परिश्रमले आउँछ । सभ्यता यसैको देन हो । – स्माइल्स
शाश्वत सत्तालाई ल्याउनको लागि कति वर्ष चाहिन्छ यसको गणना परिश्रमी मानिसले गर्दैनन् ।
– प्रेसिडेंट इलियट
काम जति नै बिस्तारै गर कसैको भलाइको लागि गर ! पूmल जस्तो स्तरको भए पनि पूmल फुलाउने सामर्थ गर ! मेहनत जस्तो भए पनि सधैं शुभ र पवित्र हुन्छ । तिम्रो ठूलो ठूलो काम नै ईश्वरको दरबारमा तिम्रो प्रार्थना हुनेछ ।– श्रीमती ओसगुडधन कमाउने मूूल मन्त्र
संसारमा घर बनाउने अपरिमित साधनहरु छन् । यति छन् कि मानिसले एउटा घर सजिलै प्राप्त गर्न सक्छ तर आप्mनो अकर्मण्यताको कारण परिस्थितिसँग सम्झौता गर्नाले मानिससँग एउटा घर पनि हुँदैन । कर्मको विचारधारा, निरन्तर कर्मको प्रेरणा, निरन्तरता तथा पुनः प्रयत्न गरेर कुनै पनि पदार्थ प्राप्त गर्न असम्भव हँुदैन । जुन काम एउटा मानिसले गर्न सक्छ त्यो काम अरु मानिसले पनि गर्न सक्छन् । हामी आप्mनो मनलाई दबाएर राख्यौं, आत्मविश्वासलाई दुर्बल राख्यौं, आकांक्षालाई सानो र तुच्छ ठान्यांै भने हामीले आपूmलाई अपार धनसम्पदाबाट अलग्याउनेछौं र अझ पर पु¥याउनेछौं । अपार धनसम्पदाको नियम त्यस्तै प्रकारले निर्दिष्ट छ जसरी गणितको नियम हुन्छ । यदि हामी अपार धन सम्पत्तिको नियमको पालना गर्छौं भने तब त्यो विशाल श्रोत हामीतिर प्रवाहित हुन थाल्छ ।
जसको मनको एउटा कुनामा सन्देह चिन्ता र भय लुकेको हुन्छ उनीहरुले सफलता प्राप्त गर्न असंभव हुन्छ । उनीहरु आप्mनो सम्पन्नताको ढोका नै बन्द गर्न पुग्छन् । दबिएको, दीन–हीन, भयभीत, शंकालु र निराशावादी मनले कहिल्यै पनि अपार धनसम्पदा प्राप्त गर्न सक्दैन । उसले कुनै पनि महान् कुरा प्राप्त गर्न सक्दैन । हुन्छ र हँुदैनमा एउटा बाटो रोज्नुस् । अनि फैसला गर्नुस् कि हुँदैनको बाटोलाई कहिल्यै स्वीकार गर्दिन भनेर । त्यसपछि तपार्इंको अगाडि पूर्तिका सबै ढोका खुल्दै जानेछन् । जुन मन डराउँछ, शंका गर्छ, त्यसले आप्mनो शक्तिलाई क्षीण गर्छ, त्यो रचनात्मक हुनै सक्दैन, त्यसले धन र समृद्धिको विरोध गर्छ, धन र समृद्धिलाई टाढै राख्छ अनि त्यसैले धनसम्पत्ति कसरी आपूmतिर आकर्षित गर्न सक्छ ?
यसमा कुनै शंका छैन कि मानिस अवसर, धनसम्पत्ति र अपार भौतिक सुविधालाई आपूmबाट टाढा राख्न चाहँदैन । तर जबसम्म मानिसले म सम्पत्ति कमाउन नसक्ने पो हुँ कि, म सधैं गरीब नै रहने पो हुँ कि भनेर आप्mनो मनलाई सन्देहले भरेर राख्छ तबसम्म उसले अवसरको लाभ उठाउन सक्दैन । धन–सम्पत्ति पाउनको लागि सही प्रयत्न गर्नुपर्छ । अपार सुख सुविधा पाउने सपना देख्नुपर्छ । मानिसलाई जब आपूmमाथि भरोसा हुन्छ, उसको मनमा दृढ आत्मविश्वासको भावना उत्पन्न हुन्छ तब उसले अथक प्रयत्न गर्छ र परिणाम यो हुन्छ कि ऊ अपार धन–सम्पदाको मालिक हुन पुग्छ । शंका र डरले नै मानिसलाई कंगाल बनाएर राख्छ ।
यदि मनलाई धन सम्पदाबाट टाढा राखिएको छ, मैले अपार धनी बन्नु छ भन्ने मनमा विचार नै छैन भने तब मन जति नै शक्तिशाली र सामथ्र्यवान भए पनि उसले कहिल्यै धन–सम्पत्ति प्राप्त गर्न सक्दैन । यदि कसैलाई धनी बन्नु छ भने म जसरी पनि धनी बन्छु भन्ने विचार उसको मनमा दरिलो गरेर रहनुपर्छ । तपाईंंलाई धनी बन्नु छ भने पहिलो शर्त यो हुन्छ कि तपाईंं सोच्नुहोस्, हरबखत सोच्नुस् कि मैले जसरी पनि धनी हुनु छ ।
हामी आफैंले जीवनलाई कुल्चेका छौं । हामीले विश्वको सबैभन्दा महान् शक्तिसँग आप्mनो सम्बन्ध तोडेर आफैंलाई तुच्छ बनाएका छांै । त्यसैले अक्षय स्रोतसँग हाम्रो सम्बन्ध विच्छेद भएको हो । जब मानिसको मनमा आत्मविश्वासको यस्तो भावना जागृत हुन्छ, “म त्यो विराट एवं दिव्य–शक्तिको एउटा अहं हिस्सा हँु” तब उसको सबै स्थिति बदलिन्छ । हाम्रो सबै सीमितता आप्mनै विचारको कारणले गर्दा हुन्छ । हामी थोरै माग्छौं, त्यसैले हामीले थोरै मात्र पाउँछौं । हामी थोरैको लागि कोसिस गरिरहेका हुन्छौं भने धेरै कसरी प्राप्त गर्न सक्छांै ? जब हामी हाम्रा पूर्खाबाट प्राप्त गरेको भण्डारबाट धेरै झिक्न डराउँछांैै जब हामी आप्mनो अधिकार आफैं त्याग्छांै तब हामी धेरै धन कसरी प्राप्त गर्न सक्छौं ? बाधक विचार नै हाम्रो प्रगतिमा बाधक बनिरहेको हुन्छ । हाम्रो विचार नै हाम्रो प्रगतिको रोकावट हो । हाम्रो मानसिक संकीर्णताले नै हाम्रो पूर्ण विकास हुन दिंदैन । हाम्रो अज्ञानताले नै शक्तिको अथाह श्रोतसँग हामीलाई अलग गरिदिन्छ । यसै कारणले कुबेरको अक्षय भण्डार, विपुलताको त्यो विशाल स्रोत, हीराको भण्डार हाम्रोलागि कथा हुनेछ । हामी चिन्ताग्रस्त र विवश नै भइरहनेछांै ।
उठ, शंका, भय र चिन्तालाई मनबाट झिकेर प्mयाँक । मनबाट यस्तो विचार निकालिदेऊ कि धनी र सम्पन्न बन्नु उत्तम अवसर प्राप्त गर्नेहरुको लागि मात्र हो । जसको धेरै योग्यता छ र जसको ठूलो भाग्य छ, उसले मात्र सम्पत्ति कमाउन सक्छ, यो विचार मिथ्या छ र दोषपूर्ण छ ।
जुन मानिस आप्mनो विचार र कर्मलाई विपुल साधनामा लगाउँछ, असीमित प्रयत्न र कोसिस गर्छ, उसले असीमित धन–सम्पत्ति प्राप्त गर्नसक्छ । जाँतोमा जति गहँु हालिन्छ त्यति नै पिठो निस्किन्छ । यदि तपाईंंले आत्मविश्वासका साथ आप्mनो विचार, कोसिस र प्रयत्नलाई अपार धन प्राप्तिमा लगाउनु भयो भने विश्वास राख्नुस् तपाईंंले छिटै नै सफलता प्राप्त गर्नु हुनेछ ।
साधारण बन्न अस्वीकार गर्नु, मामूली बन्दै नबन्नु, मध्यम बन्ने कुरामा विरोध गर्नु । यसको सबैभन्दा ठूलो उपाय यो हो कि आप्mनो सानोभन्दा सानो कामलाई यति खुबीले गर्नुस् त्यो गौरवपूर्ण र महान् कार्य बनोस् ।
म एउटी महिलालाई चिन्छु जो आप्mनो वरिपरिको सबै वातावरणको बारेमा ज्ञान राख्छिन्, उनी त्यसको बारेमा तर्कपूर्ण अध्ययन गरिरहेकी हुन्छिन् । उनको जीवनप्रतिको दृष्टिकोण धेरै राम्रो छ । उनी जे विषयको बारेमा पनि गौरवपूर्ण जानकारी राख्छिन् । उनीसँग कुरा गर्न यति आनन्द आउँछ कि कुरा गर्ने मानिस नै आफैंलाई गौरवान्वित सम्झन थाल्नेछ । ती महिलाको आकार–प्रकार, भेश–भुषा, व्यवहार, कुराकानी या घरबारमा केही पनि साधारण छैन । उनका प्रत्येक वस्तु असाधारण प्रतीत हुन्छन् । मामुली वस्तुलाई उनी यसरी सजाउँछिन् कि प्रत्येक काम कलाको एउटा नमुना बन्छ । त्यसैले उनको प्रत्येक काम महान् र गौरवपूर्ण बन्छ । कुनै चिन्ता र पीर नगरी उनको आवश्यकताको सामान उनको घरमा पुग्छ, किनकि उनी सबैसँग प्रेम गर्छिन् र सबै मानिस उनीसँग । उनी कसैसँग द्वेषको भावना राख्दिनन् र उनको स्वभाव पनि यति मधुर र कोमल छ, जस्तो बिहानको घाम ! ती महिलाको जीवनमा कुनै कमी छैन । कुनै अभाव छैन, कसैले दिक्क पार्दैन, डर कसैको छैन, चिन्ता छैन र कुनै शंका पनि छैन । ती महिला धनी छिन्, अपार धन सम्पदाको मालिक्नी छिन् । धन र इज्जत उनीसँग असीमित आउँछ । उनको कुरा सुनेर मानिसमा समृद्धिको भावना जागृत हुन्छ ।
कुनै मानिस यस्ता पनि हुन्छ चाहे जति नै धनी किन नहुन्, कहिल्यै विशाल धन र समृद्धिको अनुकूल हृदयता प्रकट गर्दैनन् । उनीहरुको मन राम्रो हुँदैन । उनीहरु लोभी र अँध्यारो भएर बस्छन्, किनकि उनीहरुको बानी भोको मानिसको जस्तो, भीख माग्नेको जस्तो संकुचित र संकीर्ण हुन्छ । लालच तथा स्वार्थी भावनाले उनीहरुको हृदयको सम्पूर्ण रसलाई सुकाइदिएको हुन्छ । उनीहरु बाँझो पृथ्वी जस्तै हुन्छन् जहाँ अन्न फल्न सक्दैन ।
हामीले आप्mनो मनमा धेरै धन कमाउने विचार ल्याउनुपर्छ या धन प्राप्त गर्न सक्छु भनेर निश्चय गर्नुपर्छ । यसपछि मात्र हामी जीवनमा धन प्राप्त गर्न सक्छौं । जब हामी आप्mनो विचारलाई कार्यान्वित गर्छौं तब फल प्राप्त गर्छौं । यदि हामीले विचारको बीउ रोपेनौं भने धनको फल नै कहाँ लाग्छ र ? यदि हामी गरिबीको विचारले आप्mनो मन ग्रस्त राख्छौं, यदि हामी कमी र अभावको भावनाले घेरिएर रहन्छौं तब हामी विशाल धनसम्पदालाई कसरी हासिल गर्न सक्छौं ? यदि हामीलाई विशाल धनसम्पदाको बाटोमा हिंड्नु छ भने हामीले त्यसको बारेमा विचार गर्नु पर्ने हुन्छ, हामीले त्यो बाटोमा हिंड्न थाल्नु पर्ने हुन्छ ।
यो सत्यलाई हामी कहिले बुझ्न सक्छौं कि हामीलाई जे कुराको आवश्यकता छ त्यो बाहिर नखोजौं ? सबै प्रकारको अन्त्यहीन पूर्तिको अपार र अथाह सम्पदा हामीभित्र नै हाम्रो अन्तस्करणमा छ हामीलाई कहिले ज्ञान प्राप्त हुने हो त्यसको ? जब हामीलाई यो ज्ञान हुन्छ तब हामीमा कुनै कमी हुनेछैन तब हामीलाई कुनै अभावले सताउनेछैन ।
त्यो दिव्य स्रोत जसले हाम्रो प्यास बुझाउनेछ, हाम्रै अन्तष्करणमा नै छ । हाम्रो काम यति नै हो कि त्यो अथाह स्रोत जसको कुनै अन्त्य छैन त्यसलाई जोडिदिऊँ । हामी त्यो स्रोतसँग टाढा रहेर आप्mनो अभावको पूर्ति गर्न चाहन्छांै तर यो काम कसरी हुनसक्छ ?
जुन मानिसको मनमा शंका हँुदैन संशय हुँदैन, भ्रम हुँदैन, जसको विश्वास पक्का छ, ढलमलाएको छैन, जसलाई आप्mनो प्रयत्नमा पूर्णविश्वास हुन्छ । ऊ आप्mनो कामलाई क्रियान्वित नगरीकन रहनै सक्दैन ।
भन्नुको मतलब हो, हामी जीवनमा जुन कुरामाथि मनलाई एकाग्र गर्छौं त्यसैलाई प्राप्त गर्दछौं । हामी जुन काम गर्छौं हाम्रो स्थिति, दशा, परिस्थिति, हालत र भाग्य त्यहीअनुसार निर्माण हुन्छ । हामी जीवनको सबै शक्तिलाई जुन लक्ष्यको लागि केन्द्रित गर्छौं त्यही लक्ष्यलाई प्राप्त गर्नको लागि हामी निरन्तर लागिरहेका हुन्छौं । यदि हामी आप्mनो मनलाई निर्धनतामा केन्द्रित गर्छाैं भने, यदि हामी आप्mनो विचारलाई आप्mनो अयोग्यतामा नै कायम राख्छौं भने हामी धनसम्पदाको प्रवाहलाई आपूmसम्म आइपुग्न बाट नै रोकिदिन्छौं । यसको उल्टो हामी आप्mनो विचारलाई अपार धनसम्पदामा केन्द्रित गर्छौं भने हामीले त्यसैलाई प्राप्त गर्नेछौं । हाम्रो यो विश्वास छ कि संसारका सबै सुख सुविधा हाम्रोलागि बनेका हुन्, तिनीहरुलाई प्राप्त गर्नु हाम्रो जन्मसिद्ध अधिकार हो । त्यो प्राप्त गर्ने हामीलाई पूरा हक छ । हामी स्वस्थ भएर प्रसन्नतापूर्वक धन प्राप्त गर्नको लागि आपूm पूरा योग्य व्यक्ति छु भन्ने विचार मनमा ल्याउँछौं भने हामी त्यसलाई प्राप्त गरेरै छोड्छौं । यो कुरा साँचो मान्नुस् संसारको कुनै शक्ति तपाईंंको बाटोमा बाधक बन्ने छैन । बाधाहरु आउनेछन् तर तपाईंंको कोसिस बलवान देखेर बाधाहरु हट्नेछन् । पहाड जस्तो अड्चनले पनि तपाईंंको बाटो छोड्दिनेछ । तब हाम्रो उपलब्धि हाम्रो विचारभन्दा पनि बढी हुनेछ जस्तो कि एउटा घर आप्mनो मोडलको कारणले महान्, विशाल र सुन्दर हुन्छ । हाम्रो मानसिक स्थिति, हाम्रो एकाग्रता र हाम्रो कार्य शक्तिको अनन्त निर्णय गर्ने शक्तिले हाम्रो भाग्यको निर्णय गर्नेछ ।
यस्ता मानिस पनि छन् जो जीवनभर खुसी हुने कामना गर्छन् तर यसको विपरीत आप्mनो मनलाई एकाकीपनातिर केन्द्रित गर्दै गइरहेका छन् । उनीहरु सोच्छन् कि यो संसारमा उनीहरुको कोही साथी छैनन् । उनीहरु दुर्भाग्यको चिन्ताले नै व्याकुल भइरहेका हुन्छन् । तपाईंं यस्तो मनोविकृतिमा परिवर्तन नल्याइकन आप्mनो जीवनस्तर बदल्न सक्नुहुन्न । मनोवृतिमा परिवर्तन नगरी तपाईं आप्mनो वरिपरिको वातावरणमा परिवर्तन ल्याउन सक्नुहुन्न र यो बिना तपाईं आप्mनो आर्थिक स्थिति बदल्न सक्नुहुन्न ।
मनलाई माथि उठाउनु । त्यसलाई उदार विशाल र विचार सम्पन्न बनाउनु । त्यसको रचनात्मक शक्तिलाई जगाएर काममा प्रवृत गर्नु । उदार, दानी, सात्विक, प्रसन्नचित्त र उदात्त व्यक्तिलाई नै लक्ष्मीले स्वीकार गर्छिन् । उनले चिन्तित, फोहोरी, अनुदार मानिसको साथ छोडिदिन्छिन् । यदि यस्ता मानिससँग रह्यो भने उसलाई पनि सुख हुँदैन ।
अपार धनसम्पदा यदि तपाईंसँग छ भने तपार्इंको दरिद्रता रहने छैन, नराम्रो रहने छैन किनकि भोको मानिसले जस्तोसुकै पाप पनि गर्न सक्छ ! जब तपाईंको लागि सम्पूर्ण संसार आप्mनै हुन्छ तब तपाईं जहाँ पनि स्वतन्त्र रुपले जान सक्नुहुन्छ । यदि सबै मानिस दीन–हीन, दरिद्र, अभावग्रस्त र दुःखी भएका भए ईश्वरको सृष्टि रचनाको योजना नै व्यर्थ हुने थियो । दीनता, हीनता, दरिद्रता र अभावलाई हटाउनुस्, दुःखको कारणलाई पनि टाढा भगाउनुस् तब तपाईं आप्mनो भलो मात्र नगर्नुस् अरुको सहायता गर्ने उदारता एवं सामथ्र्य आफैंमा आउनेछ ।
निर्धनताको विचार त्याग्नुहोस्
मानिसको जीवनको सबैभन्दा ठूलो अभिशाप गरिबी हो ।
जो गरिब छ ऊ यसकारणले गरिब छ कि उसको विचार नै गरिब छ । मनमा यदि गरिबी छ भने तपाईं कसरी धनी बन्न सक्नुहुनेछ ? गरिबीको विचारले यदि तपाईंको मनमा घर बनाएको छ भने तपाईं आप्mनो अवस्था बदल्नलाई कसरी काम गर्न सक्नुहुन्छ र ?
वस्तुतः गरिबी मानिसको स्वभाविक अवस्था होइन । मानवको रचना विवश, गरिब र शक्तिहीन हुनको लागि भएको होइन । अलिकति सोच्नुस्, के भगवान्ले आप्mनो सबैभन्दा सर्वोत्तम रचना मानिसलाई गरिबी र बाध्यतामा जीवन बिताउनको लागि गरेका हुन् र ? मानिसमा केही महान् शक्ति छ केही दिव्यता छ । ऊ जस्तो चाहन्छ त्यस्तो बन्न सक्छ । मात्र दरिद्रताको दासतालाई स्वीकार गरेर गरिब र कंगाल बनिरहेको छ । यदि ऊ गरिब हुनको लागि अस्वीकार गरोस्, आप्mनो विचारमा हलचल मच्चाएर आप्mनै स्थितिमा रहनलाई इन्कार गरोस्, आप्mनो स्थितिलाई बदल्ने प्रण गरोस् र जीवन जीउने प्रयत्नमा जुटोस् तब ऊ के गर्न सक्दैन ?
जुन मानिसले आपूmलाई पिछडिएको, दीनहीन, बाधाग्रस्त, अभागी र सदाको लागि अर्काको भरमा बाँच्ने ठान्छ उसले कहिल्यै आप्mनो दरिद्रता हटाउन सक्दैन । आपूmलाई चिन्नुस्, आप्mनो शक्तिलाई चिन्नुस्, उठ्नुस् र परिस्थितिलाई बदल्ने दृढ संकल्प गर्नुस् ।
जबसम्म तपाईंलाई दुई छाक टार्ने चिन्ता हुन्छ तबसम्म तपाईं स्वतन्त्र कसरी हुन सक्नुहुन्छ ? तबसम्म तपाईं कुनै ठूलो काम कसरी गर्न सक्नुहुन्छ ? कसरी आप्mनो व्यक्तिगत मनले अरुलाई प्रभावित गर्न सक्नुहुन्छ ? जब तपाईं कुनै राम्रो ठाउँमा बस्न सक्नुहुन्न, राम्रो लुगा लगाउन सक्नुहुन्न, स्वस्थ बस्न सक्नुहुन्न तब अरु मानिस तपाईंको कुरा मान्न कसरी तयार हुन सक्छन् ?
अत्यन्तै निर्धनताको कारण मानिस तुच्छ, हीनभावले ग्रस्त, कमजोर र इच्छाहरुलाई मार्ने बन्न पुग्छ । गरिबी एउटा श्राप हो जसले यो श्रापलाई स्वीकार गर्छ र यसको विरोध गर्दैन भने उसको लागि यसको प्रतिकारको कुनै उपाय रहँदैन । उसको प्रगतिको लागि आशा गर्न सकिदैन कि उसले कुनै ठूलो काम गर्नेछ । उसको भविष्यको बारेमा यो भन्न सकिन्छ कि त्यो अन्धकारमय छ । दरिद्रता प्रेमको नाशक हो । दुई जना मध्ये एकआपसमा धेरै प्रेम छ भने पनि पैसाको दुःखको कारण एक अर्काको दुश्मन हुन्छन् किनकि निर्धनताले मानिसको हृदयको कोमल र उत्तम भावनाको हत्या गरिदिन्छ । भोको मानिस जस्तो पाप गर्न पनि तयार हुन्छ ।
सीमान्त निर्धनतामा कुनै पनि मानिस साँचो मानिस हुनसक्दैन, कुनै पनि नारी सत्य नारी हुन सक्दिन । पैसा–पैसाको लागि लड्ने, झगडा गर्ने मानिसमा उत्तम गुणको लागि स्थान नै कहाँ हुन्छ र ? किनकि निर्धनताको कारण व्यक्ति चिन्तित व्याकुल, डराएको र दीनहीन हुन्छ । ऊ दश रुपैयाँको काम एक रुपैयाँमा गर्न तयार हुन्छ । यसैकारण उसको दरिद्रता र बाध्यता अझ बढ्दै जान्छ । दरिद्रताको कारण मानिस निर्लज्ज हुन्छ, निर्लज्ज हुँदा उसको तेजस्वीता नष्ट हुन्छ, तेजस्वीता कम हुनाको कारण उसको धन कमाउने शक्ति अरु कम हुन्छ । गरिबीको दुःखदायी, प्रभाव सबैतिर देख्न सकिन्छ । हरेक दिन मानिसको आवश्यकताले उसलाई काम गर्नको लागि प्रेरणा दिन्छ । जो मानिस आप्mनो आवश्यकता नै पूरा गर्न सक्दैन उसले देश, परिवार र संसारको के उपकार गर्न सक्छ ?
निर्धनताको कारण मानिस समयभन्दा पहिल्यै बूढो देखिन थाल्छ । उसको अनुहारको सबै शोभा र सुन्दरता नष्ट भएर जान्छ । गरिबीको कारण युवक, युवक रहदैन, युवती, युवती रहन्न, बालक बालक हुँदैन । गरिबीले उनीहरुको अनुहारलाई पिसेर, कुल्चेर दीनहीन बनाइदिन्छ । गरिबीको कारण मानिसको ठूलो आकांक्षा नष्ट भएर जान्छ र ऊ तुच्छ, हीन दुःखी बनेर नै बसिरहेको हुन्छ ।
गरिबी अभिशाप हो र जसले यसको प्रसंसा गर्छन् उनीहरुले वास्तवमै भूल गरिरहेका हुन्छन् । प्रत्येक युवकको हृदयमा यस्तो भाव भरिएको हुनुपर्छ कि उसले गरिबीलाई भयंकर सम्झोस्, गरिबीलाई लाजमर्दो सम्झोस् । जब दरिद्रता हटाउन सकिन्छ तब यसलाई किन सहने ? यसद्वारा हुने कष्टलाई, कटुतालाई, कष्टदायक प्रभावलाई किन सहने ?
जो मानिस रोगी छन्, अपांग छन्, विकलांग छन्, त्यो उनीहरुको बाध्यता हो । उनीहरु माथि गरिबी वर्षेर आउँछ, त्यसैले उनीहरुको गरिबीमा गौरवहीनताको कुनै कुरा छैन तर आश्चर्य त तिनीहरु माथि हुन्छ जो तन–मनले पूर्णरुपमा स्वस्थ भएर पनि गरिबीको अत्याचार सहन्छन् ।
सबै अंग ठीक हुँदाहँुदै पनि यदि हामी आप्mनो गरिबी हटाउने प्रयत्न गर्दैनौं भने यो वास्तवमा नै गौरवहीनता तथा लाजमर्दो कुरा हो ।
जुन मानिसमा निर्धनता हटाउने सामथ्र्य छ ऊ यदि निर्धन छ भने यसको कारण ऊ आफैं हो । निर्धनताले प्रायः मानिसको निकम्मापनलाई देखाउँछ । कतिपय मानिस भन्छन्, “हामी निर्धन परिवारमा जन्मिएका थियौं, हामी के गर्न सक्छौं र ?” तर म भन्छु, “तपाईंहरु अनपढ नै जन्मिनु भएको थियो । जब जन्मिनु भएको थियो, त्यतिबेला हिंड्न पनि आँउदैनथ्यो । पूर्खाले दिएको निर्धनतामा तपाईं टाँसिनु भएको छ तर तपाईं आप्mनो बाल्यकालको कमजोरीबाट चेपिएको त हुनुहुन्न जब कि कुनै बेला तपाईं घँुडाले टेकेर आँगनमा घिस्रिनुहुन्थ्यो ।” यदि तपाईंको विचार ठूलो छ, तपाईंको संकल्प दृढ छ, महत्वकांक्षा महान् छ, प्रयत्न साँचो छ भने तपाईं यिनीहरुको प्रेरणा लिएर उठ्नुहोस्, अगाडि बढ्नुहोस्, संसार तपाईंको नै हो । यदि तपाईंको जीवन दोषपूर्ण छ, आलस्यले भरिएको छ, क्रमिक रुपमा छैन, भूल गरिरहनु हुन्छ भने तपाईं आप्mनो दरिद्रतालाई हटाउन चाहनुहुन्न ।
जब लगातार कुनै मानिस निर्धन रहन्छ तब यो कुराबाट यही प्रमाणित हुन्छ कि उसले आप्mनो स्थिति बदल्ने कोसिस गरेन किनकि प्रयत्नलाई फलसँग कहिल्यै पनि अलग गर्न सकिदैन । यदि तपाईंले कोसिस गर्नु भयो र पनि तपाईंको त्यही हालत भयो भने यसको कारण तपाईंले विचार गरेर कोसिस गर्नु भएको थिएन, ढिलासुस्तीलाई छोड्नु भएन । बिनासोचविचारको निर्णय छोड्नु भएन ।
वास्तवमा मानिस हीनभावनाको कारणले नै निर्धन रहन्छ । हीन ग्रन्थीको फरक विचारले नै उसलाई निर्धन बनाइरहेको हुन्छ । जो सधैं आपूmलाई गरीब नै भन्छ र सोच्छ ऊ कसरी धनी हुन सक्छ र ?
समृद्धताको विचारले आत्मनिर्भरता र आत्मविश्श्वासको जन्म हुन्छ । आत्मविश्वास नै हरेक प्रकारको सफलताको कारण हो । जो मानिस हरसमय आप्mनो भाग्य यस्तो भनेर धिक्कार गरेर बस्छ, उसले निर्धनतालाई स्वीकार गर्छ । त्यो निर्धनताको कारणले रोएर उसको शरीर आफैं निर्बल हुन्छ । “मनले हा¥यो भने हार हुन्छ र मनले जित्यो भने जीत ।” मानिस जस्तो सोच्छ, उस्तै बोल्छ, उस्तै काम गर्छ, जस्तो काम गर्छ, उस्तै फल मिल्छ ! त्यसैले सबैभन्दा पहिला मनबाट दरिद्रताको विचारलाई निकालेर प्mयाँक्नुस् ।
भिखारीको जस्तो विचार राख्ने मानिस भिखारी नै बन्छ । आप्mनो असफलताको कथा बारम्बार दोहो¥याउने मानिस अगाडि पनि कुनै काममा सफल हुने कोसिस नै गर्दैन ।
कुनै मानिस गरिबीको कारण सधैं बेचैन रहन्छ । त्यो बेचैनीको कारण ऊ आप्mनो मनमा नै हजारौं काल्पनिक कष्ट र संकट जन्माउँछ । वर्तमानको असहायता र भविष्यको अनिश्चितताको तरबार सधैं उसको टाउकाकोमा झुण्डिरहेको हुन्छ । यसले गर्दा मानिस आप्mनो मानसिक र शारीरिक सन्तुलन गुमाएर बस्छ ।
जब मानिसले आत्मविश्वास हराउँछ तब उसको सफलताको सारा योग्यताले झन झन उसको साथ छोड्दै जान्छन् । उसको जीवन एउटा जाँतोमा पिँधिन थाल्छ, अभावको जाँतोमा । तब उसको महत्वकांक्षा र शक्ति नष्ट हुन्छ । ऊ आप्mनो व्यक्तिगत स्वरुप, आप्mनो मुखाकृति र भेशभूषामा शोभा बनाइराख्न लापरवाह हुन्छ । ऊ काममा सावधान र सतर्क हँुदैन । ऊ आप्mनो काममा उचित नियम तथा क्रमलाई ध्यान राख्दैन । ऊ ढिलो हुन्छ, भूल गर्न थाल्छ । गल्तीको कारण उसको काम बिग्रिदै जान्छ । ऊसँग निर्धनतामाथि विजय पाउने शक्ति नै रहँदैन ।
निर्धन मानिस आप्mनो छिमेकीको जस्तो जीवनयापन गर्न सक्दैन, त्यसैले ऊ निराश र निरुत्साहित हुन्छ । तब ऊ आप्mनो योग्यताअनुसार ठीक काम गर्न योग्य हुँदैन । यसले गर्दा उसको काम पहिलाको भन्दा खराब हुन्छ । उसले पहिलाको भन्दा कम पारिश्रमिक पाउँछ । पहिलाकोभन्दा कम पारिश्रमिक पाउनुको फल यो हुन्छ कि गरिबी अझ बढ्दै जान्छ । जसमा उत्साहको कमी छ उसले कहिले पनि सही बाटोमा आप्mनो पाइला अगाडि बढाउन सक्दैन । ऊ लरखराउँदै हिंड्छ । ऊ डराउँदै अगाडि बढिरहेको हुन्छ । यस्तो मानिस कसरी विजेता हुनसक्छ ? निरुत्साहको कारण मानिस हरेक काममा शिथिल हुन्छ ऊ ठीक समयमा उचित काम गर्न सकिरहेको हुँदैन । उसको प्रगति गर्ने शक्ति कुण्ठित हुन्छ । परिस्थितिलार्ई बदल्ने क्षमता कम हुँदै जान्छ । तब उसले आप्mनो परिस्थितिसँग सम्झौता गर्छ अर्थात् गरिबीलाई चुपचाप सहन थाल्छ अनि सबै दोष भाग्यमाथि थोपर्दछ । ऊ आप्mनो परिस्थिति आपूmबाट टाढा जानुलाई नै अस्वभाविक मान्न थाल्छ ।
निर्धनता यति धेरै नराम्रो होइन जति निर्धनताको भावना हो । यो विश्वास अत्यन्तै घातक छ कि म निर्धन छु र सधैं निर्धन नै रहनेछु । म निर्धन छु भन्ने मनको विचार नै ध्वंसकारी छ जसले मानिसलाई कहिल्यै धनी बन्न सक्दिन भन्ने भावना दिएको छ । सबैभन्दा पहिला म धनी बन्न सक्दिनँ भन्ने भावनालाई मनबाट निकाल्नु पर्छ । जो मानिस निर्धनतालाई स्वीकार गर्छ ऊ योदेखि टाढा भाग्दैन र निर्धनता हटाउने कोसिस पनि गर्दैन । ऊ आप्mनो हात–खुट्टा छोडेर जे छ ठीकै छ भनेर बस्छ । ऊ आपूmमाथि आइलाग्ने भवितव्यलाई स्वीकार गर्छ । निर्धनतालाई हटाउन प्रयत्न र संघर्षको आवश्यकता हुन्छ । यसको जन्म दृढ निश्चयको कारण हुन्छ । यो दृढ निश्चय पछाडि हट्न र रोकिन जान्दैन ।
अन्धकार, निराशा, निरुत्साहनतिर हेरिरहँदा तपाईं प्रकाश, आशा र उत्साह कसरी प्राप्त गर्न सक्नुहुन्छ ? तपाईं उल्टो बाटोतिर फर्किरहनु भएको छ । जबसम्म तपाईंं आप्mनो चारैतिर गरिबीको वातावरण बनाइराख्नु हुन्छ, जबसम्म निर्धनताको विचारलाई नै समाएर बस्नुहुन्छ तबसम्म धनसम्पत्ति तपाईंसँग कसरी आउँछ ? किनकि दरिद्रताको विचारले तपाईंको शक्ति सीमित गरिदिएको छ ।
जब तपाईं भिक्षु जसरी बस्नु हुन्छ, भिक्षुको जस्तै व्यवहार गर्नु हुन्छ, भिक्षुको जस्तो कुरा गर्नुहुन्छ तब तपाईं भिक्षु बाहेक अरु के बन्न सक्नुहुन्छ ? यदि भिकारीको जस्तो कुरा गर्नु हुन्छ भने भिकारी नै हुनुहुन्छ । गरिबको जस्तो कुरा गर्नुहुन्छ भने गरिब नै हुनुहुन्छ । असफल मानिस जस्तो कुरा गर्नु हुन्छ भने असफल नै हुनुहुनेछ ।
यदि तपाईं दरिद्रतासँग भयभीत हुनुहुन्छ भने यसबाट ग्रस्त हुनुहुन्छ । यदि तपाईं यो सोचेर काम्नु हुन्छ कि बुढेसकालमा पैसाको अभावले गर्दा के दशा होला, यस्तो खालको डर र चिन्ताको कारण तपाईंको शक्ति क्षीण हुँदै जानेछ । तपाईंको साहस दुर्बल हुँदै जानेछ । तपाईंको आत्मविश्वास टुक्राटुक्रा हुनेछ । र तपाईंमा आप्mनो कठोर परिस्थितिसँग संघर्ष गर्न पहिलाको भन्दा कम सामथ्र्य रहनेछ ।
चुम्बक फलामलाई आपूmतिर तान्छ । चुम्बकले काठलाई आपूmतिर तान्न सक्दैन । आप्mनो मनलाई यस्तो चुम्बक बनाउनुस् जो धनसम्पत्ति र विशाल समृद्धिलाई आपूmतिर आकर्षित गर्न सकोस् । यसको उल्टो यदि तपाईंले आप्mनो मनलाई यस्तो चुम्बक बनाउनुभयो जसले हरसमय गरिबी, कमजोरी, असफलताको विचारलाई आपूmतिर आकर्षित गर्छ भने तपाईं आप्mनो अवस्था कसरी बदल्न सक्नुहुन्छ ?
तपाईंलाई जुन दिशामा जानुछ, त्यतै मुख फर्काउनुपर्छ उतै पाइला बढाउनुपर्छ । यदि तपाईंलाई पूर्व जानु पर्नेछ र मुख पश्चिमतिर फर्काइरहनु भएको छ भने कसरी आप्mनो गन्तव्यमा पुग्न सक्नुहुन्छ ? यस्तैगरी तपाईं आप्mनो मुख लगातार गरिबीतिर फर्काइरहनु भएको छ भने कसरी अपार सम्पत्तिसम्म तपाईं पुग्न सक्नुहुन्छ ? तब तपाईं आप्mनो लक्ष्य प्राप्त गर्नसक्छु भन्ने आशा नै कसरी राख्न सक्नुहुन्छ ?
यदि हामी आप्mनो मनमा भएको दरिद्रतामाथि विजय हासिल गर्न सक्छौं भने बाहिरी हालतमाथि विजय प्राप्त गर्नु हाम्रो लागि गाह्रो काम होइन । जब हामी आप्mनो मनको दशा बदल्छौं तब हाम्रो शरीरको अवस्था आफैं बदलिन्छ अनि फेरि घरको अवस्था बदल्नको लागि धेरै समय लाग्नेछैन ।
हामी मनमा गरिबीको विचारलाई समाएर बसेका हुन्छौं, यसले हाम्रो सम्बन्ध निर्धनताले पीडितसँग र निर्धनताको परिस्थितिसँग जोडिरहेको हुन्छ । हामी उनीहरुकै सम्पर्कमा आउँछांै जो निर्धनताको बारेमा सोच्छन्, कुरा गर्छन्, निर्धनताको जीवन नै बिताउँछन् । यस्तो सम्पर्ककै कारण हाम्रो मनोवृत्ति निर्धन नै रहन्छ । जो मानिस आप्mनो मनमा दर्दनाक कुरा सोचेर बसेको हुन्छ, जो मानिस हरक्षण आप्mनो निर्धनताको कथा भनेर बसेको हुन्छ, जो आप्mनो असफलताको कुरा गरेर बस्छ ऊ धनको विपरीत दिशामा गइरहेको हुन्छ । धन सम्पत्ति प्राप्त गर्ने, भाग्य बनाउने र प्रत्येक काममा सफल हुने आशा कसरी राख्न सक्छ ? जतातिर समृद्धिको मन्दिर छ, त्यतातिर उसले आप्mनो मुख नै फर्काएन, त्यो बाटोमा उसले आप्mनो पाइला नै अगाडि बढाएन भने ऊ कसरी समृद्धिको मन्दिरसम्म पुग्न सक्छ ?
कुबेरको अक्षय भण्डार कहाँ छ ?
तपाईंको मनमा ।
कारुँको खजाना कहाँ लुकेको छ ?
तपाईंको मनभित्र ।
सुन र रत्नको खानी कहाँ छ ?
तपाईंकै आप्mनो अन्तष्करणमा ।
आप्mनो विचारलाई बदल्नुस् । उठ्ने–बस्ने, खाने–पिउने, रहन–सहनको ढंग बदल्नुस् । गरिबीमा बस्न नमान्नुस् । आप्mनो दशा बदलेर आप्mनो भाग्य बनाउने दृढ निश्चय गर्नुस्, के गर्नु पर्नेछ यसको योजना बनाउनुस् । आप्mनो पूरै शक्ति र योजना त्यो काम सफल गर्नमा लगाउनुस् । तब संसारको कुनै शक्तिले तपाईंलाई धनी बन्नबाट रोक्न सक्दैन ।
ईश्वरको यही आज्ञा छ कि तपाईंको विचार ठूलो होस्, तपाईंको कामना श्रेष्ठ होस्, तपाईंको महत्वकांक्षा महान् होस् । भाग्य नामको कुनै शक्ति छैन जसले तपाईंलाई दरिद्र राख्न सकोस् । ईश्वरको आज्ञा पालन गर्नुस् ।
उठ्नुस्, अब ढिलो नगर्नुस् । दुनियाँ तपाईंकै हो, यसलाई आप्mनो अनुकूल बनाउनु तपाईंकै काम हो ।
धनी बन्ने बाटो
समृद्ध विचारले नै धन सम्पत्ति प्राप्त हुन्छ । यो विचार नै गलत छ कि संसारमा कुनै कुराको कमी छ । समृद्ध मानिस तिनै हुन्छन् जसलाई थाहा हुन्छ संसारमा समृद्धिको अथाह भण्डार छ । जो धन–सम्पत्तिको आशा राखेर बस्छन्, उनीहरु समृद्ध हुन्छन् । उनीहरु गरिब बन्न अस्वीकार गर्छन् । उनीहरुको आदर्श वाक्य हुन्छ, “समृद्धि” । आप्mनो यस्तो आदर्शलाई सफल बनाउनको लागि निरन्तर यो विचारलाई मनमा राखिरहेका हुन्छन् । उनीहरु निरन्तर आप्mनो मनमा यो विचारलाई समाएर राखिरहेका हुन्छन् । उनीहरु निरन्तर आप्mनो मनमा यो निरन्तर भनिरहेका हुन्छन्, “परमपिताले जे दिनुभएको छ, त्यो सब मेरो हो, त्यसमाथि मेरो अधिकार छ ।” यही विचारले उनीहरुलाई निरन्तर प्रेरित गरिरहेको हुन्छ, केही गर, केही बन ।” उनीहरु निरन्तर आप्mनो लक्ष्यलाई आप्mनो अगाडि राखेर हरेक कदम उठाइरहेका हुन्छन् । जुन प्रकारले लेन्सवाला शीशामा पर्ने किरण एउटा बिन्दुमा एकाग्र भएर यति शक्तिशाली हुन्छ कि त्यसबाट आगो उत्पन्न हुन्छ । त्यस्तै प्रकारले जो मानिस आप्mनो समस्त विचारलाई एउटै लक्ष्यमा, समपन्नतामा, एकाग्र गर्छन्, उनीहरुको विचार छरिएका हुँदैनन् । जसरी अर्जुनले चराको एउटा आँखा मात्र देख्नसक्थे त्यस्तै प्रकारले लक्ष्यवान व्यक्तिले पनि आप्mनो लक्ष्यमात्र देख्छ । त्यसैले ऊ सही निशाना लगाउन सफल हुन्छ । लक्ष्यसिद्धिको लागि मनको यस्तो एकाग्रता अत्यन्त आवश्यक वा अनिवार्य हुन्छ ।
जसको विचार यताउता छरिएर रहेको हुन्छ । ऊ व्यर्थको कोसिसमा आप्mनो समय बिताइरहेको हुन्छ । आप्mनो उद्देश्य पूरा गर्नको लागि ऊ आप्mनो सबै कोसिस लगाउँदैन, त्यसैले उसले सफलता प्राप्त गर्न सक्दैन । यदि तपाईंको अगाडि आदर्श स्पष्ट छ, त्यो हरक्षण तपाईंकै मनमा रहन्छ र तपाईं त्यसलाई पूरा गर्नको लागि नयाँभन्दा नयाँ कल्पना गरिरहनु हुन्छ भने तपाईंलाई निरन्तर त्यसमा टिकिरहने प्रेरण मिलिरहनेछ । यसै प्रेरणाबाट तपाईंमा उत्साह र साहसको संचार हुनेछ । तपाईंको कोसिस र चेष्टाले लक्ष्य तपाईंको नजिक आउन थाल्नेछ । तपाईं सजग र सतर्क भएर बुद्धिमानीपूर्ण कोसिस गर्नु हुनेछ । तपाईं आप्mनो कामलाई सजाउनको लागि केही कमी नछोड्नुस् । आज सजक भएर सफलताको लागि लाभकारी एउटा पनि अवसर छुट्ने छैन ।
यस सृष्टिको कुनै अन्त्य छैन । प्रकृतिको भण्डारमा कुनै वस्तुको कमी छैन । यो समृद्धि कुनै एउटा मानिसको पेवा होइन । यसमाथि कसैको एकाधिकार छैन । यो समस्त धन समृद्धि प्राप्त गर्नको लागि हामीमा अथाह शक्ति छ तर जब हामी ईश्वरको महान् शक्तिबाट आप्mनो शरीरसम्म नै सीमित हुन्छौं तब हामी तुच्छ, छुद्र, दीनहीन र असक्षम बन्छौं । जुन नहरको सम्बन्ध नदीसँग टुट्छ त्यसमा पानी कहाँबाट आउँछ ? सबै शक्तिमानको शक्ति महास्रोतको सम्बन्धमा जोडिनेबित्तिकै तपाईंमा महाशक्तिको प्रवाह आउँछ । जब मानिस आपूmलाई विच्छिन्न, विभक्त र अलग गर्छ तब ऊ शक्तिहीन हुन्छ । जबसम्म आपूmलाई अपार शक्तिको एउटा अंग मानेर हिंड्छ तब उसलाई निरन्तर यही अनुभव हुन्छ, “सृष्टिको सबै शक्ति मेरो आप्mनै हो ।” तब ऊ सागर जस्तो गम्भीर र पर्वत जस्तो महान् बन्छ । फेरि ऊ प्रकृतिको विरुद्ध संघर्ष गर्न एक्लो हुँदैन । ऊ असहाय र विवश हुँदैन । जो आपूmलाई सृष्टिभन्दा अभिन्न मानेर हिंड्छ भने प्रकृतिले उसलाई सहयोग गर्नेछ । यसले मानिसमा यस्तो आत्मविश्वास उत्पन्न हुन्छ कि ऊ अथाह धन–सम्पदा, अपार सुन्दरता एवं अपरिमित सफलता प्राप्त गर्न योग्य मानिन्छ ।
केही मानिस भन्ने गर्छन्, “सृष्टिको रचना नै यसप्रकारले भएको छ कि यसमा केही मानिस धनी र सम्पन्न हुन्छन् भने केही मानिस यिनैको दयामा बाँच्न जन्मेका हुन्छन्् । सृष्टिमा सुख र समृद्धिको साधन सीमित छ । त्यसैले सबै मानिस सँगै एक समान हुन सक्दैनन् । जो मानिस संघर्ष गरेर सामना गर्नमा सफल हुन्छन्, उनीहरु नै धन र समृद्धि प्राप्त गरेर सुख भोग गर्छन् । बाँकी मानिसको लागि केवल अभाग्य, पीडा र दुःख नै लेखिएको छ ।”
यस्तो विचार जरैदेखि गलत छ । यो बेकारको भ्रम मात्र हो, आपूmलाई धोका दिने कुरा हो यो । ईश्वरले कसैलाई ठूलो र सानो बनाएका छैनन् । यो त मानिसकै गल्ती हो, यसमा धनी मानिसको कुनै गल्ती छैन । दोष तिनीहरुको छ जो यस्तो स्थितिलाई सहन्छन् । जब तपाईं यो मान्नु नै हुन्न कि अथाह सम्पत्ति प्राप्त गर्नु तपाईंको अधिकार हो । यसमा ईश्वरको के दोष ?
सबैभन्दा प्रमुख जीवन उपयोगी वस्तु अन्न हो । केही मानिस भन्छन्, अन्नको कमी छ तर यो भनाइलाई कृषिविशेषज्ञले निर्मूल गरिदिएका छन् । उनीहरुको भनाइ छ कि भूमिको धेरै भाग अहिलेसम्म उपयोगमा आएकै छैन । यी उपयोगमा नआएका धेरै जमिन उब्जाउ छन् । यिनीहरुमा प्राकृतिक उर्वर तत्व अझै सुरक्षित छ किनकि त्यो खर्च नै भएको छैन । यदि यो सबै भूमिको उचित उपयोग गर्ने हो भने कृषि उपज डेढ गुणा बढ्नेछ । जुन भूमि बाँझो छ त्यसको पनि राम्रो रेखदेख गर्ने हो र जुन भूमि परम्परागत रुपमा प्रयोग गरिएको छ त्यसलाई वैज्ञानिक साधनको अपनाएमा त्यसको उत्पादन पनि बढाउन सकिन्छ । त्यसैले विभिन्न रासायनिक मल वैज्ञानिकहरुले बनाएका छन् जसमा भूमिलाई कायाकल्प बनाउन सकिन्छ ।
उहिलेका मानिस घरमा बत्ती बाल्नको लागि बोसोको प्रयोग गर्थे । जब समुन्द्रमा ह्वेल माछाको कमी हुनथाल्यो तब तेलको ठूलो संकट भयो, तर त्यही समयमा मट्टीतेलको आविष्कार भएको कारणले अँध्यारोको समस्या समाधान भयो । केही समयपछि वैज्ञानिकहरुले भने कि पृथ्वीमा भएको मट्टीतेल कम हँुदै गइरहेको छ तब मानिस डराउन थाले । अहिले विद्युत शक्तिले धेरै काम हुन थालेका छन् । आवश्यकता नै आविष्कारको जननी हो । विधुत उत्पादनको साधन कम भएमा भविष्यमा अणु शक्तिको प्रयोगको संभावना खोजी गरिएको छ ।
यस प्रकार स्पष्ट छ यदि मानिस आप्mनो दिमागको सही प्रयोग गर्छ भने प्रकृतिको अक्षय भण्डारमा अपरिमित र अथाह धन सम्पत्ति भरिएको छ । अहिलेसम्म उसले एउटा अंशमा पनि विजय पाउन सकिरहेको छैन । महान् वैज्ञानिक न्युटनले विश्वको विराटताको वर्णन गर्दै भनेका छन्, “म त एउटा अथाह सागरको किनारमा उभिएर एउटा बच्चा जसरी धूलो छान्दै रहें, मेरो हातमा केही सिपी र घूँघी नै परे ।”
यो विश्व असीम छ । यो विराट ब्रह्माण्ड सीमाहीन छ । प्रकृतिको गर्भमा कति धेरै खजाना नचलमलाइकन बसेका छन् केही थाहा छैन, जसमा मानिसको कामना पूरा गर्ने अद्भुत क्षमता छ । यो मानिसको कर्तव्य हो कि ऊ यी साधन स्रोतको खोज गर्न अपार धनसम्पदा प्राप्त गर्न र त्यसको उपयोग गर्नमा आप्mनो बुद्धि, प्रतिभा र उत्साहको प्रयोग गरुन् । मानिसले यदि आप्mनो अन्तस्करणमा लुकेको शक्तिलाई जागृत गर्ने कोसिस ग¥यो भने सफलता उसैको हो । सिद्धि सधैं प्रयत्नको चरणको दासी हो ।
परिस्थितिलाई बदल
मानिसको मनमा अपार शक्ति छ । मनको विचार जस्तो हुन्छ हाम्रो भाग्य पनि त्यस्तै हुन्छ । हामी जीवनमा जे बन्न चाहन्छौं आप्mनै विचारको शक्तिको कारणले बन्न सक्छौं । हामी जे काम गर्न चाहन्छौं, गर्न सक्छांै, मनको शक्ति अजय छ, अपराजित छ । यो शक्ति हाम्रो विचारमा आधारित हुन्छ । यदि हाम्रो विचार हाम्रो इच्छाअनुसार बन्यो भने हामी के गर्न सक्दैनौं र ? हाम्रो जीवनको लक्ष्य निर्धारण कसले गर्नसक्छ ? के हामी आफंैले होइन ? के हाम्रो जीवनको निर्माण हाम्रो आप्mनै विचारअनुसार हुँदैन ? यदि हामी आपूmलाई आप्mनो इच्छाअनुसार ढाल्छौं भने हामी त्यो सबै काममा सफलता हासिल गर्न सक्छौं जसलाई पाउने हाम्रो कामना हुन्छ र फेरि निराशा किन ?
जब एउटा अभिनेता रंगमञ्चमा आएर रामको अभिनय गर्छ तब सबैले भन्छन्, “रंगमञ्चमा राम आए ।” बस् यही कुरा संसारमा पनि हुन्छ । संसारको रंगमञ्चमा यदि तपाईं धनीको भूमिका निभाउनुस् तब धनी भनेर चिनिनु हुनेछ, गरिबको रोल निभाउनुस् तब तपाईं गरिब भनेर चिनिनु हुनेछ । यदि तपाईं इमान्दारीको रोल गर्नु हुन्छ भने इमान्दार भनेर चिनिनु हुनेछ, यदि बेइमानको भूमिका निभाउनु भयो भने बेइमान भनेर चिनिनु हुनेछ ।
रंगमञ्चमा अभिनय गर्ने मनको रहस्यसँग सबै जना परिचित हुन्छन् । एक पटक एउटा अभिनेताले भनेका थिए, “हामी कहिल्यै अस्वस्थ हुँदैनौं किनकि हाम्रो मनमा इच्छा नै हँुदैन । हाम्रो इच्छा त यही हुन्छ कि कहिले आप्mनो पालो आउँछ र रंगमञ्चमा पुगेर आप्mनो अभिनय सुरु गरौं । सयौं दर्शक उत्सुकतापूर्वक हाम्रो अभिनयको प्रतीक्षा गरिरहेका हुन्छन् । त्यसबाट हामीलाई अपार प्रेरणा र उत्साह प्राप्त हुन्छ ।”
हेनरी इरविंग एक प्रसिद्ध अभिनेता थिए । “दी बेल्स” नामक नाटकमा उनको अभिनय बेजोड थियो । उनको डाक्टरले एक पटक उनको स्वस्थ्य चेक गरेपछि उनलाई आराम गर्ने सल्लाह दिएका थिए । डाक्टरले यो पनि भनेका थिए कि यदि उनले रुग्ण अवस्थामा अभिनय गरे भने उनको जीवनलाई खतरा छ तर अभिनयको समय नजिक आउनेबित्तिकै हेनरी इरविंगले आपूmलाई रोक्नै सकेनन् । उनी रंगमञ्चमा गए । उनी अभिनय गर्नमा यति धेरै तल्लीन भए कि आप्mनो स्वस्थको बारेमा याद नै रहेन । उनको अभिनय पहिलाको भन्दा राम्रो भयो र उनको स्वास्थ्य पनि ठीकै भयो । डाक्टरको भविष्यवाणी पनि असत्य सावित भयो । दर्शकको वाहवाही र आप्mनो सफलताले उनी यति धेरै खुसी भए कि उनको आधा रोग त निको नै भयो ।
यो नै हो मनको शक्तिको प्रभाव ! मनको शक्ति महान् छ । उसको दृढ इच्छाशक्तिले मानिसलाई बाध्य बनाइदिन्छ कि ऊ शरीरको पर्वाह नगरी आप्mनो काम जीउज्यान लगाएर गरोस् । आप्mनो सम्पूर्ण सामथ्र्य खर्च गरेर ऊ त्यो काम पूरा गरोस् । यो महान् अनिवार्यताले नै मानिसलाई सबै शारीरिक अयोग्यतामा विजय प्राप्त गर्ने सामथ्र्य प्रदान गर्छ । जब मानिस यो सोच्छ कि उसको लागि कोसिस गर्नु असंभव छ, अनौठो काम गर्नु उसको शक्तिभन्दा बाहिरको कुरा हो । त्यो बेला पनि यो महान् अनिवार्यताले उसलाई काम गर्न बाध्य गरिदिन्छ । परिणाम यो हुन्छ कि त्यो काम भएरै छोड्छ ।
कति पटक हामी सोच्छौं, यो काम त हामी कहिल्यै गर्नसक्दैनांै तर अकस्मात् संकट आउँछ र हामी त्यो काम गर्न बाध्य हुन्छौं । त्यो बेला हामीभित्र लुकेकोे शक्ति हाम्रो सहायताको लागि अगाडि आउँछ । ऊ चुनौतीलाई स्वीकार गर्छ त्यही शक्तिको बलले गर्दा हामी त्यो काम गर्छौं ।
अभिनेता, खेलाडी, राजनीतिज्ञ, संगीतज्ञ र कवि यिनीहरुको अगाडि जब परीक्षाको समय आउँछ तब उनीहरुको अन्तष्करणमा अदम्य शक्तिको महास्रोत निस्कन थाल्छ । उनीहरुको मनको शक्तिले सबै शारीरिक दुर्बलतामा विजय प्राप्त गर्छ । उनीहरुमा उत्साहको यति धेरै प्रवाह हुन्छ कि मानौं उनको शरीरमा विद्युत तरङ्गको संचार हुन लागेको छ । यदि उनको शरीर रोगी छ भने पनि स्वस्थ हुन्छ । यदि स्वस्थ छ भने शक्तिपुञ्ज हुन्छ ।
जुन बेला अमेरिकामा गृहयुद्ध भइरहेको थियो र युद्ध शिखरमा पुगेको थियो, त्यो बेला राष्ट्रिय सेनाको सेनापति ग्राण्टको खुट्टा धेरै परिश्रमको कारणले दुख्न थालेको थियो । त्यसैले उनी युद्धको मोर्चामा आफंै नगएर एउटा ठाउँमा बसेर युद्धको संचालन गरिरहेका थिए । विद्रोहीलाई घेरा हालिएको थियो । संघर्ष अत्यन्तै चर्किदै गइरहेको थियो । विरोधी सेनाको संचालन जनरल लीले गरेका थिए । ग्राण्टको सेनामा धेरै क्षति भयो । एकदिन आप्mनो शिविरमा बसेको बेला सेनापति ग्राण्टले देखे कि विरोधी सेनाले सन्धिको लागि सेतो झण्डा हल्लाइरहेका थिए । यो आकस्मिक घटनाको उनमा यस्तो असर भयो कि भावावेशमा आएर उनी आराम कुर्सीबाट उठेर दौडन थाले । विजयीको भावनाको आवेग यति प्रचण्ड थियो कि उनको खुट्टाको दुखाइ नै हराएर गयो ।
सनफ्रान्सिकोमा जब भूकम्प आएको थियो तब कयौं खुट्टा नचल्ने मानिसको रोग निको भएको थियो । प्राण बचाउने तीव्र इच्छाको कारण उनीहरु भित्र यस्तो शक्तिको संचार गराइदियो कि उनीहरु सुरक्षित स्थानतिर दौडन थाले ।
वस्तुतः मानिसलाई आप्mनो आन्तरिक शक्तिको ज्ञान हुँदैन । उसलाई थाहै हुँदैन ऊभित्र शक्ति र सामथ्र्यको अथाह सागर सुतेर बसेको छ तर जब अचानक संकट आउँछ तब शक्तिको सागर मडारिन थाल्छ, सुतेको लहर ज्वारभाटा बनेर मानिसको रक्षा गर्नको लागि, उसको सहायता गर्नको लागि अगाडि बढ्छ । पहिला यही शक्ति कहाँ लुकेको थियोे ? कुरा यो हो कि मनको अवचेतन मनमा यो शक्ति सुतेको अवस्थामा सधैं रहिरहेको हुन्छ । मानिस आफैं ऊसँग अपरिचित छ । अकस्मात अवसर आउँछ, चेतनमनको शक्ति लरखराउन थालेको बेला अचेतन मनको शक्तिको लहर आएर संकटसँग लड्छ ।
कयौं पटक लाज मान्ने र आडम्बरीहरु पनि मौका पर्नेबित्तिकै अपूर्व तेजको प्रदर्शन गरिरहेका देखिन्छन् । जो मानिस अन्धकारमा जान डराउँछन्, उनीहरु नै कयौं पटक संकटको धम्की सुनेर हाँसी–हाँसी प्राणको बाजी लगाउँछन् ।
सयौं महिला आप्mनो सानोतिनो शारीरिक कष्टको पर्वाह नगरी परिवारको सेवामा लागिरहेका हुन्छन् । किनकि उनलाई थाहा हुन्छ यदि उनी ओछ्यान परिन् भने उनको घरको सबै प्रबन्ध बिग्रिन्छ । त्यही भएर उनी निरन्तर काममा लागिरहेकी हुन्छिन् । काममा तल्लीन भएको कारण उनी आप्mनो दुःख भुल्छिन् र साँच्चै उनको शरीरको दुखाइ आफैं निको हुन्छ । उनी भन्छिन्, “अरे मलाई बिरामी हुने फुर्सद नै कहाँ छ र !” विचारको यही दृढताको कारण उनको मामुली रोग आफंै ठीक हुन्छ । विचारको प्रभाव यति धेरै प्रवल हुन्छ ।
दृढ संकल्प गर्नुस्
यस्ता मानिस धेरै मुस्किलले नै भेटिन्छन् जो विश्वासपूर्वक भनून्, “म गर्न सक्छु । जे काम मैले गर्नुपर्ने छ त्यो काम म गर्न सक्छु र मैले गर्नुपर्ने छ । ईश्वरको कृपाले म त्यो काम अवश्य गर्नेछु । मैले ईश्वरको अगाडि प्रण गरेको थिएँ कि म यो काम अवश्य गर्नेछु ।”
२२ सेप्टेम्बर, १८६२ मा लिंकनले स्वाधीनताको घोषणा पत्र तयार गरे, “मैले आप्mनो ईश्वरको अगाडि प्रतिज्ञा गरेको छु कि म यो गर्नेछु ।” त्यो बेला लिंकनले दृढप्रतिज्ञा लिए कि म स्वाधीनताको घोषणा गरेरै छोड्छु ।
यो प्रण गर्नुभन्दा पहिला उनको मनमा संदेह थियो, अनिश्चितता थियो, उनको स्वभाविक सतर्कता थियो । यसैको प्रभावले कमजोर भएर उनी निर्णय गर्न हिच्किचाइरहेका थिए । तर यो प्रण गरेपछि उनको मनमा पूरा निश्चय भयो कि अब कुनै कुरा सोच्ने छैन । यसपछि नै उनले आप्mनो महान् उद्देश्यलाई कार्यान्वयन गर्न आप्mनो सबै शक्ति लगाइदिए ।
धेरै कम मानिसलाई यो थाहा छ कि उत्साहपूर्ण निर्णयमा बारम्बार एउटै निश्चय मनमा गरेर दोहो¥याउनाले निर्णयलाई चरितार्थ गर्नमा गरेको प्रणमा शक्ति भरिन्छ । सधैं महान् कार्य तब मात्र सफल हुन्छ जब व्यक्तिलाई यो पूर्ण निश्चय र विश्वास हुन्छ कि जुन कामको उसले पूरा गर्छु भनेको छ, त्यसलाई दिलोज्यानले पूरा गर्ने कोसिस गर्नेछ । यो विधेयात्मक, रचनात्मक, सक्रिय निश्चयलाई जो मानिसले बारम्बार आप्mनो मनमा दोहो¥याउँछ, उसको महान् शक्ति जागृत हुन्छ तब उसको निर्णय अटुट र अपरिवर्तनीय हुन्छ । आत्मविश्वासले आप्mनो योग्यतामा अटुट विश्वास उत्पन्न गर्ने हुनाले मानिसमा काम पूरा गर्ने अपूर्व योग्यता उत्पन्न हुन्छ । यो आत्मविश्वास जति प्रगाढ र सघन हुन्छ उति नै सफलता प्राप्त हुन्छ । दृढनिश्चयको जति मात्रा हुन्छ सफलता पनि त्यही परिणाममा प्राप्त हुन्छ । जलयानको तोपले छोडेको गोलामा जति शक्ति हुन्छ त्यति उसको आप्mनो हँुदैन । त्यो प्mयाँक्ने प्रवल शक्ति गोलीभित्र प्रविष्ट भएर त्यसलाई टाढासम्म जाने र प्रवल प्रहार गर्नमा सक्षम बनाउँछ ।
केही मानिस सधैं भन्छन्, “यदि ईश्वरको चाहना भयो भने ।”
“यदि भाग्यमा यस्तो लेखिएको रहेछ भने ।” ती मानिसहरु बुझ्दैनन् कि यदि, तर, किन्तु, परन्तु जस्ता शब्दावलीले तपाईंको इच्छा र शक्तिलाई दुर्बल बनाइदिन्छ । यदि भन्ने शब्दद्वारा तपाईं आप्mनो योग्यतामा शंका प्रकट गरिरहनु भएको हुन्छ । किन्तु र परन्तुद्वारा तपाईं बहाना बनाइरहनु भएको हुन्छ । आफैंलाई धोका दिइरहनु भएको हुन्छ । भगवान्को सधैं यही इच्छा रहेको हुन्छ कि मानिस महान् काम गरोस्, भने हामी बारम्बार यदि शब्दको प्रयोग किन गरिरहेका छौं ?
यो यदिले तपाईंको कार्यशक्तिको प्रखर धार कुण्ठित हुन्छ । विघ्नलाई काट्ने तरबार यदिले धारहीन हुन्छ । यसको उल्टो तपाईंले निश्चय नै, अवश्य नै आदि शब्दको प्रयोग गर्नुभयो भने तपाईंको क्रियात्मक रचनात्मक र महान् शक्ति प्रवल हुन्छ ।
एउटा मानिसलाई मैले चिनेको छु र ऊ जस्तै हजारौं मानिस छन् जो भन्ने गर्छन्, “म कहिल्यै हुन्छ भनेर उत्तर दिन्न कि म के गर्न गइरहेको छु, किनकि के थाहा ईश्वरलाई के मञ्जुर छ । यदि मैले अवश्य हुन्छ भनें भने भगवान्को अपमान हुनेछ ।”
धन्य छ यस्तो तर्क गर्नेलाई ! के ईश्वरलाई हामी महान् कार्यमा सफल भएको मञ्जुर हँुदैन ? जो कायर आत्मा भएका छन् उनीहरु नै आपूmलाई यस्तो विश्वास दिन सक्दैनन् कि उनीहरु अवश्य काम गर्नेछन् । जो आप्mनो मूल्य घटाउँछन्, जो आप्mनो शक्तिलाई कमजोर ठान्छन्, जो आपूmलाई कमजोर ठान्छन् उनीहरु नै सायद यदि शब्दको बारम्बार प्रयोग गर्छन् । दृढनिश्चयी, आत्मविश्वासी प्रण गर्छ, “म साहस गर्छु, म स्वस्थ छु, म उत्साहित छु, ममा शक्ति छ, ममा बल छ, म अपार सम्पदा प्राप्त गरेरै छोड्छु, म विशाल छु, म पूर्तिको अपरिमित भण्डारको एक हिस्सा हुँ, मलाई संसारका सबै पदार्थ पुर्खाले छोडेर गएका हुन् । म नै ईश्वरको सर्वोत्कृष्ट रचना हँु ।”
दृढतापूर्वक निरन्तर अटुट निर्णय गर्नुस् । आफंैसँग प्रतिज्ञा गर्नुस्, प्रण गर्नुस् जुन तपाईंको महत्वकांक्षा छ त्यसलाई पूरा गर्नको लागि यति धेरै मेहनत गर्छु कि जस्तोसुकै काम पनि म सफल गरेरै देखाउने छु । यो कहिल्यै नभन्नुस्, “म एकदिन न एकदिन त सफल भएरै छोड्छु ।” यो भन्नुस्, “म सफलताको साकार रुप हुँ । सफलता मेरो जन्मसिद्ध अधिकार हो र म निश्चित समयमा भित्र नै सफल भएरै छोड्छु ।” यो नभन्नुस् कि भविष्यमा खुशी प्राप्त गर्नेछु बरु यो भन्नुस् कि मेरो जन्म नै खुसी हुनको लागि भएको हो । खुसी रहनु र अरुलाई पनि खुसी बनाउनु मेरो स्वभाविक धर्म हो ।”
मनको यस्तो बानी हुनुपर्छ कि उसले दावा गरोस्, “यो काम मेरो हो, यसमा म निश्चित सफलता प्राप्त गर्नेछु, म आप्mनो इच्छालाई कार्यान्वित गर्नमा अवश्य नै सक्षम छु ।” मनको यही भावनामा विराट शक्ति हुन्छ । निरन्तर उत्साहलाई सम्मिलित गरेर आप्mनो मनमा यो घोषणा गरिरहनुस्, “म स्वस्थ छु, ममा बल छ, म पराक्रमी छु, म शक्ति हँु, म सिद्धान्त हुँ, म सत्य हुँ, म न्याय हँु, म सौन्दर्य हँु, ईश्वरले मलाई पूर्णताको मूर्ति बनाएका छन् । सत्य न्याय र अमर सौन्दर्यको मूर्ति बनाएका छन् ।” यस्तै प्रकारको भावनाद्वारा नै यी गुणहरु जीवनमा समावेस हुन्छन् ।
“म उस्तै छु जस्तो मैले हुनुपर्ने थियो ।” यही विश्वासको कारण नै मानिसको काम गर्ने शक्ति दोब्बर हुन्छ । जो मानिस विश्वास राख्छ कि ऊ अपार धन–सम्पत्ति प्राप्त गर्न सक्छ र जसलाई आपूmमाथि पूरा विश्वास छ कि ऊ कमाउन सक्छ निश्चय नै त्यो मानिसले अपार धन–सम्पत्ति कमाउन सक्छ । यस्तो मानिस हरेक बिहान यो भन्दैन, “म भन्न सक्दिन कि आज केही गर्नसक्छु कि सक्दिन तर म प्रयत्न गर्नेछु । सायद म सफल हुन सकौं ।” दृढनिश्चयी मानिस त आप्mनो मनमा निश्चय र विश्वासको आधार लिएर बसेको हुन्छ, ऊ बारम्बार आप्mनो निश्चयलाई दोहो¥याइरहेको हुन्छ, “म अवश्य गर्नेछु, मैले यो गर्नु नै पर्छ ।” यो निर्णयात्मक निश्चयले उसमा यस्तो प्रेरणा जन्माउँछ कि ऊ आप्mनो योजनामा सही किसिमले काम गर्न थालोस् र प्रवल शक्तिले ऊ काम गर्नेछ ताकि सफलता नजिक आओस् ।
यदि तपाईं प्रण गर्नुहुन्छ, “म स्वस्थ रहनेछु, म धन–सम्पत्ति कमाउनेछु, म यस्तो गर्नेछु, उस्तो गर्नेछु, तर तपाईंलाई नै आप्mनो प्रणमा अटल रहने विश्वास छैन । यदि तपाईं ढलमलाउँदै एकिन गर्नुहुन्छ भने प्रणले पनि तपाईंलाई कुनै सहायता गर्नेछैन । तपाईं जुन कुराको प्रण गर्नु हुन्छ त्यसमा र आप्mनो प्रणमा तपाईंको अटल र अटुट विश्वास हुनु आवश्यक छ ।
सुदृढ आत्मप्रतिज्ञामा अथाह शक्ति लुकेको हुन्छ । उत्साहपूर्वक आप्mनो अहम्लाई प्रकट गर्नुस्, स्पष्ट घोषणा गर्नुस् कि म गर्नेछु । जब एक पटक तपाईं आप्mनो निर्णयको पछाडि आप्mनो पूरै शक्ति लगाई दिनुहुन्छ तब तपाईंको बाटो कसले रोक्न सक्छ र ?
न्युयोर्कका एक महान् संगीतज्ञ केटीहरुलाई अपेराको लागि प्रशिक्षित गराउने गर्थे । एक केटी जसमा संगीतको महान् योग्यता लुकेको थियो, उसलाई उनले सम्झाए कि ऊभित्र आत्मविश्वासको कमी छ र त्यो आत्मविश्वासलाई जगाऊ । त्यो केटीलाई संगीतकारले भने लाज र संकोचलाई छोडेर आप्mनो व्यक्तित्व प्रकट गर । यसको लागि ऐनाको अगाडि उभिएर प्रत्येक दिन यो दोहो¥याउ, “म, म हो, म संगीत हँु । म ईश्वरको शक्तिको पूर्ण प्रतिमा हँु । म स्वर इकारको परिपूर्ण मूर्ति हँु । म आप्mनो अभिनय सर्वोत्तम रुपमा गर्नसक्छु, म आप्mनो भूमिका निभाउदै सबैलाई खुसी बनाउन सक्छु । म उत्कृष्ट अभिनेतृ हँु । म आप्mनो अभिनय सम्मानपूर्ण, गौरवपूर्ण र सशक्त बनाउनेछु ।”
ती बालिकाले आप्mनो गुरुको यो सल्लाहलाई अक्षरस पालन गरिन् । पहिला उनी लजालु र संकोच मान्ने केटी थिइन्, जो मानिसको अगाडि आउन अप्ठ्यारो मान्ने र अनकनाउने गर्थिन् तर गुरुको सल्लाहले त्यो काम गरेर देखायो जुन कयौं वर्ष संगीत र अभिनयको पाठ सिकाएर पनि भएको थिएन । यसले उनको आत्मविश्वास अद्भुत रुपले बढेको थियो । तुरुन्तै उनको शंका हटेर गयो र उनी रंगमञ्चमा चम्किइन् ।
ठूलो स्वरले आप्mनै अगाडि प्रतिज्ञा गर्नुस्, निश्चय र संकल्प गर्नुस् आत्मविकासको यो महान् उपाय हो । यस प्रकारले आफैंलाई सुझाव दिनु, उत्साहपूर्वक मनसँग कुराकानी गर्नु यथार्थले आफैसँग कुरा गर्नु । यही नै एउटा उपाय हो कि जसले गर्दा मानिस आप्mनो अर्धचेतन मनमा लुकेको शक्तिलाई जागृत गर्न सक्छ । केवल विचार गर्नाले यति शक्ति जागृत हुँदैन जति आत्मसुझाव र प्रणले गर्दा हुन्छ । हामी सबैलाई थाहा छ कि जब हामी त्यसलाई पूरा गर्ने प्रण गर्छौं त्यो दृढसंकल्पद्वारा हाम्रो शक्ति कति बढ्छ । यदि हामी दृढसंकल्पलाई दोहो¥याउँछौं भने यसले हाम्रो शक्तिमा अझ धेरै वृद्धि गर्छ । यस्तोे पुनरावृतिद्वारा हामी आप्mनो अर्धचेतन मनमा रहेको शक्तिलाई पूर्ण रुपमा जगाउन सक्छौं । हामी आप्mनो स्वरुपलाई बुझ्न सक्छौं, हामी त्यसको विकास गर्न सक्षम हुन्छांै र शक्तिद्वारा आप्mनो लागि आश्चर्यजनक काम गर्नको लागि समर्थ हुन्छौं ।
ठूलो स्वरमा कराएर शब्द उच्चारण गर्नमा जति सक्षम भइन्छ, मनमा कुनै शब्द बारम्बार दोहो¥याउनुमा हुँदैन । जब हामी जोडले भन्छौं तब हाम्रो हृदय पूरै आन्दोलित हुन्छ । त्यसमा हलचल मच्चिन्छ । ठूलो स्वरमा उच्चारण गरिएको शब्दद्वारा हाम्रो शक्ति जागृत हुन्छ । तर यदि हामीलाई गम्भीर चिन्तनको अभ्यास भयो भने यदि मनलाई एकाग्र गर्ने बानी प¥यो भने त्यस बेला जोडले प्रतिज्ञा दोहो¥याउने आवश्यकता पर्दैन ।
जब हामी शब्दलाई जोड जोडले भन्छौं तब त्यसको हाम्रो मनमा गहिरो र चीरस्थाई प्रभाव पर्दछ । ठीक यस्तै प्रकारले किताब आदिबाट पढेको शब्दको हाम्रो मस्तिष्कमा जुन प्रभाव पर्छ त्यसको अपेक्षा हाम्रो मनमा एउटा स्पष्टता, एउटा प्रवल ठूलो स्वरमा उच्चारण गरिएको शब्दले धेरै प्रभाव पर्दछ विशेषतः जब हामी तिनलाई साँचो दिलले र भावावेशमा भन्छौं, दृढनिश्चयले बोल्छौं तब यसको धेरै आशा हुन्छ कि तपाईं त्यसलाई कार्यान्वित गरेरै छोड्नु हुनेछ ।
हामी हाम्रो मनमा उठ्ने खालको निःशब्द विचारमा यति अभ्यस्त हुन्छौं कि आवाज धेरै कम सुन्छौं तर जब हामी आप्mनो विचारलाई जोडले भन्छौं भने तब हामी जागरुक भएर आप्mनो इच्छामा ध्यान केन्द्रित गर्नमा सक्षम हुन्छौं । हाम्रो अगाडि जोडले कुनै निश्चय गरिन्छ भने त्यसको हाम्रो मनमा गहिरो असर पर्छ ।
ठूलो स्वरमा भनिएको आपूmलाई उत्साहित गर्ने कुरा यस्तो उपचार हो जसले अद्भुत परिणाम प्राप्त गर्न सकिन्छ । यसले हामी आप्mनो दुर्बलतालाई टाढा गरेर आप्mनो त्रुटिलाई टाढा भगाउन समर्थ हुन्छौं ।
एक मित्रले मलाई भन्यो कि ऊ जोड–जोडले आप्mनो कमी कमजोरी र त्रुटि पुकार्छ । यसको गम्भीर प्रभाव भयो । कमजोरी टाढा हुँदै गयो । त्यो मानिस आश्चर्यजनक रुपमा सफल भयो । हृदय जब आफैंसँग कुरा गर्न थाल्छ तब ऊ अप्ठ्यारो नमानीकन आप्mनो कमजोरी भन्न थाल्छ । यसले कमजोरी दबेर बस्दैन उसको रहस्य प्रकट हुन्छ र फेरि मानिस त्यसलाई टाढा भगाउने कोसिसमा लाग्न थाल्छ ।
किताबमा पढेको शब्दभन्दा हाम्रो मनमा सोचेको, जोडले बोलेको र दोहो¥याएको कुराको गहिरो प्रभाव पर्दछ । जुन कुरा हामी आप्mनो मनमा सोच्छौं र चिन्तन गर्छौं त्यो कुराको भन्दा आप्mनो आँखाले देखेको कुराको गहिरो प्रभाव पर्दछ । ठूलो स्वरमा उच्चारण गरिएको शब्दमा एउटा स्पष्टता र प्रवलता रहन्छ विषेशतः जब हामी त्यो शब्दलाई साँचो मनले र भावावेशमा भन्छौं । मनमा सोचेर मात्र ती कुराले धेरै प्रभाव पार्न सक्दैन । यदि तपाईं जोडले शब्दको उच्चारण गर्नुस्, उत्साहले गर्नुस्, भावावेशमा बोल्नुस्, दृणनिश्चयले बोल्नुस्, तबमात्र तपाईंले त्यो काम कार्यान्वित गरेरै छोड्नु हुन्छ ।
हामी आप्mनो मनमा उठेका निःशब्द विचारमा यति अभ्यस्त हुन्छौं कि आपूmले गरेको संकल्पलाई सुन्नै छोड्छौं । तर जब हामी आप्mनो विचार वा संकल्पलाई जोडले भन्छांै तब हामी जागरुक भएर आप्mनो इच्छामा आप्mनो ध्यान केन्द्रित गर्नसक्छौं । जोडले हामीले आफैंसँग निश्चय ग¥यौं भने त्यसको गहिरो प्रभाव हाम्रो मनमा पर्छ ।
मेरो अर्को एक साथीले पनि भन्यो, ऊ जोडजोडले आप्mनो कमी कमजोरी र गल्तीहरु भन्छ रे र यसको गम्भीर प्रभाव पनि परिरहेको छ रे । गल्ती र कमजोरी टाढा भाग्दै गएको छ रे । त्यो मानिस आश्चर्यजनक रुपमा सफल हुनथाल्यो । हृदय जब आफंैसँग कुरा गर्न थाल्छ तब ऊ झन्झट नमानी आप्mनो कमजोरी प्रकट गर्छ । यसले कमजोरी लुकेर बस्दैन । कमजोरीको रहस्य प्रकट हुन्छ र फेरि मानिस त्यसलाई भगाउने कोसिस गर्न थाल्छ । यदि मानिसले आप्mनो महत्वकांक्षामा केही कमजोरी देख्छ भने मानसिक अभ्यासद्वारा उसले महत्वकांक्षालाई प्रखर र प्रवल बनाउन सक्छ । यदि उसको विचारमा उसको काम गर्ने तरिका ठीक छैन भन्ने लाग्छ भने आत्मसम्बोधनद्वारा उसले आप्mनो काम गर्ने स्तरलाई माथि उठाउन सक्छ । यदि उसको विचारमा उद्देश्यमाथि उसको विश्वास दृढ छैन भन्ने लाग्छ भने आफंैसँग कुरा गरेर उसले प्रतिदिन आप्mनो विश्वासलाई दृढ र दृढत्तर बनाउन सक्छ ।
त्यो साथीले भन्यो, “म हरेक दिन बिहान दृढनिश्चय गर्छु कि म ठूलो मानिस बन्न गइरहेको छु । म धेरै ठूलो काम गर्नको लागि यो संसारमा आएको छु । म समाजमा प्रतिष्ठित मानिस हुनको लागि जन्म लिएको हँु ।” यस्तै प्रकारले साँझमा ऊ आप्mनो मनमा यस्तो कुरा गर्छ रे, “दिनभरि आज म मुख्य–मुख्य काम गर्न असफल भएँ, भोलि यो यो काम गर्नुछ । हिजोको कामले म आप्mनो कर्मचारीको नजरमा गएगुज्रेको र खाते जस्तो भएँ यो काम मेरोलागि ठीक थिएन । अबदेखि म यस्तो भुलेर पनि गर्ने छैन ।”
त्यो साथीमा तुरुन्तै निश्चय गर्न नसक्ने कमजोरी थियो । ऊ कुनै महत्वपूर्ण कामको निश्चय यसकारणले गर्दैनथ्यो कि त्यही काममा अर्को पटक पनि विचार गर्नु नपरोस् । ऊ निर्णय गर्न अन्तिम घडीसम्म पर्खन्थ्यो, उसले कुनै पनि कामको कागजपत्रमा हस्ताक्षर गरेकै हँुदैनथ्यो । जब अन्तिम मिति आउँथ्यो तब ऊ हड्बडाएर गथ्र्यो । हड्बडाएर गर्दा थुप्रै भूलहरु हुन्थे ।
उसले एकदिन आप्mनो गल्ती सम्झियो र त्यो दिनदेखि सधैं आप्mनो अगाडि आप्mनो गल्तीलाई दोहो¥याउन थाल्यो । ऊ यो पनि भन्थ्यो कि यो भूलको कारण ऊ जीवनमा माथि उठ्न सक्दैन किनकि सबै सफल मानिसमा तुरुन्तै अटल निर्णय गर्न सक्ने शक्ति हुन्छ ।
भूल या त्रुटि जस्तो भए पनि प्रगतिको लागि ठूलो बाधक हो । कामलाई टार्ने गल्ती होस् या समयको पालना नगर्ने बानी होस् या कर्मचारीहरुसँग तर्कहीन व्यवहार । कुनै पनि नराम्रो बानीले मानिसलाई दुर्बल बनाइदिन्छ । जब मानिस आप्mनो मनसँग कुराकानी गर्न थाल्छ तब ऊ आप्mनो सर्वोत्तम र धेरै गौरवशील स्वरुपलाई प्रकट गर्छ । तब ऊ आप्mनो अगाडि बारम्बार त्यो आदर्शको मूर्तिको कल्पना गर्छ, जस्तो बन्न ऊ चाहिरहेको हुन्छ । ऊ निरन्तर आप्mनो योग्यताको समर्थनमा हातमा लिएको काम पूरा गर्ने प्रण गर्छ ।
सफलताको लागि यस्तो आत्म–सम्बोधन जति सहायक हुन्छ त्यति अरु कुनै उपाय हुँदैन । न्युयोर्कको एउटा युवक हरेक दिन बिहान सेन्ट्रल पार्कमा घुम्न जान्थ्यो । त्यो बेला ऊ आप्mनो अन्तरमनसँग कुराकानी गथ्र्यो । कुराकानीमा ऊ आफंैसँग भन्थ्यो– “दिनभरि चाहे जे भए पनि मलाई आफैंबाट बाहिर हुन नदिनु । परिस्थिति चाहे जे भए पनि म सज्जन भइरहनु पर्छ । मेरो मनमा सोच चिन्ता जस्ता भावना आउन दिनुहँुदैन । किनकि यसले शक्ति कमजोर बनाउनेछ । तर मैले प्रभावशाली ढंगले काम गरिरहनु पर्नेछ ।”
त्यो युवकले भन्यो, यो आत्मसुधारको विधिले काम गर्ने शैलीमा वृद्धि भयो । साथसाथै काम गर्दा जुन थकाई हुन्थ्यो त्यसमा पनि कमी आयो । आत्मसुधारको यो प्रक्रियाले विशेष प्रकारको बल प्रदान गर्ने औषधीको काम गर्छ । यसले राम्रोभन्दा राम्रो काम गर्ने शक्तिको निर्माण हुन्छ । आत्मसम्बोधनद्वारा मनसँग कुरा गर्नाले मानिसको दिन दुईगुना रात चौगुना प्रगति हुन्छ ।
नवयुवकले जस्तै विधि अपनाएर हरेक मानिसले आप्mनो सहायता आफैं गर्न सक्छन् । आप्mनो मनसँग कुरा गरेर मानिसले कुनै सल्लाहकारसँग कुरा गरेको जस्तै लाभ प्राप्त गर्नसक्छ ।
जहिले पनि तपाईं आत्मसम्बोधनको अवसर प्राप्त गर्नुभयो भने तपाईं एकान्त ठाउँमा गएर आपूmले गरेको निश्चयको बारेमा एकपटक विचार गर्नुहोस्, आफैंसँग कुरा गर्नुहोस् । यदि आवश्यक परेमा भावावेशमा आफैंलाई संझाउने सुधार्ने निश्चय गर्नुस्, तपाईंमा आउँदै गएको लाभकारी परिवर्तन देखेर चकित हुनुहुनेछ । यो बेलामा गरिएको निश्चय यति प्रभावाली हुन्छ कि तपाईंमा फाइदाजनक परिवर्तन आउँदै जान्छ । यो बेला गरिएको निश्चयको कारण तपाईं स्थिर हुन सक्नुहुनेछ । तपाईं आप्mनो इच्छा अनुसारको आचरण अपनाउन धेरै शक्ति र योग्यता प्राप्त गर्नुहुनेछ ।
यदि तपाईंमा कुनै नराम्रो बानी छ जसको कारणले तपाईं आप्mनो काममा पछाडि पर्नु भएको छ । अथवा आप्mनो इच्छाअनुसार सफल हुन सकिरहनु भएको छैन । जुन बानीले तपाईंको जीवन शक्ति कमजोर बनाउँदै लगिरहेको छ । त्यो बानीलाई सधंैको लागि त्याग्ने सामथ्र्य तपाईंमा आत्मसम्बोधनद्वारा नै आउँछ । तपाईंमा यस्तो शक्ति आउनेछ कि तपाईं आप्mनो दुर्बलतामाथि विजय प्राप्त गर्नसक्नुहुनेछ । आत्मसम्बोधनको समयमा तपाईं आफंैसँग भन्नुहुनेछ, “यो त्यही बानी हो जसले मेरो शक्ति नष्ट गरिरहेको छ । यसैको कारण म आप्mनो काममा उत्साही र साहसी हुन सकिरहेको छैन । यसैको कारण मेरो मन तथा शरीर पूर्ण स्वस्थ हुन सकिरहेको छैन । यसैको कारण ममा आवश्यक कार्यकुशलता आउन सकेको छैन । यसैको कारण म आप्mनो मनलाई आप्mनो इच्छाअनुसार बसमा गर्न सकिरहेको छैन । यही नराम्रो बानीले मलाई कमजोर, दुर्बल र दुःखी बनाइरहेको छ । अब म निश्चय गर्छु यसलाई सधैंको लागि छोड्नेछु । यो नराम्रो बानीलाई अलिकति पनि बाँकी राख्दिन । यो कमजोर बनाउने बानीकै कारण म जीवनमा पछाडि परिरहेको छु । यसैको कारण म मानिसको उपहासको पात्र बनिरहेको छु । यसैको कारण म अरुको सामना गर्न सकिरहेको छैन । ममा ती मानिसहरुमा भन्दा बढी योग्यता भएर पनि म उनीहरुले जस्तो काम गर्न सकिरहेको छैन । मेरो यो एउटा नराम्रो बानीको कारण म पछाडि परिरहेको छु । अब म यो बानीबाट छुटकारा पाउने निश्चय गर्छु । जसले मेरो भविष्यलाई अन्धकारमय बनाइरहेको छ । जुनसुकै हालतमा पनि मैले यसबाट छुटकारा पाउनुपर्छ, मैले आप्mनो स्वतन्त्रता पाउनुपर्छ ।
यदि तपाईंको दोष दुराचार हो भने आप्mनो मनसँग भन्नुस्, “मेरो जीवनलाई कलंकित गर्ने योभन्दा नराम्रो बानी अरु छैन । म आप्mनो भविष्यको सुख र आनन्दलाई आफंैले नष्ट गरिरहेको छु । यो एउटा अभिशाप मात्र नभएर जीवनको लागि बाधक नै हो । यो म मानिस हुनुकै अपमान हो । यसैको कारण म आप्mना स्वास्नी र छोराछोरीको भविष्य अन्धकारमय बनाइरहेको छु । यो बाहेक ममा यस्तो कुनै दोष छैन जसले मेरो मानवतालाई नाश गरोस् । यो खोटले मेरो चरित्र, आत्मसम्मान र पवित्र निश्चयलाई नष्ट गर्नेछ । यसको कारण म आप्mनै नजरबाट तल झरेको छु । यसको कारणले मैले भविष्यमा पश्चातापको अग्निमा जल्नुपर्ने छ । यही कारणले म आप्mनो कुनै काममा सफल हुन सकिरहेको छैन । अब म अरु खतरा उठाउन सक्दिन । म यही बेला यो नराम्रो बानी छोड्ने निश्चय गर्छु । ए मेरा मनका पापहरुहो ! मबाट टाढा भाग, टाढा भागिहाल ।”
जहिले पनि तपाईं एक्लै भएको बेला यस्तै कुराकानी गर्नुस् र त्यो नराम्रो बानीलाई छोड्ने निश्चय गर्नुस् । यो बारम्बार गरिएको निश्चयद्वारा तपाईंको इच्छाशक्ति यति दृढ र प्रवल हुन्छ कि तपाईंको यो दुर्बलता जरैदेखि समाप्त हुनेछ ।
चिन्तन र आत्मसम्बोधनको बेला तपाईंले आप्mनो निश्चय अटल रहने प्रण गर्नु पर्नेछ । आप्mनो अयोग्ता र दुर्बलतामा विजय प्राप्त गर्ने आप्mनो क्षमतामा विचार गर्नुुस् । आप्mनो सामथ्र्यलाई ध्यान दिनुस् । यो दुर्बलता, यो असक्षमतामा के शक्ति छ जसले तपाईंलाई आप्mनो कब्जामा राखिरहोस् ?
यो कहिल्यै नभुल्नुस्, “यो बानी नराम्रोसँग लाग्यो, कहिल्यै छुट्न सक्दैन ।” मनमा सधैं सुदृढ शब्दमा प्रण गर्नुस्, “म प्रवल मानिस हँु । म जे चाहन्छु त्यही गर्नसक्छु । म मेरो यो नराम्रो बानीको कारण पत्ता लगाएरै छोड्छु । ल अब मैले यसलाई आजैदेखि, आजैदेखि मात्र हैन यही समयदेखि नै छोड्छु । अब यो मेरो नजिक आउन सक्दैन । हा, हा, हा ! मैले आप्mनो नराम्रो बानीमाथि विजय प्राप्त गरें । बदनाम दुष्ट र पापी बन्नको लागि मेरो जन्म भएको हैन । म नराम्रो मानिस बन्नु भनेर ईश्वरले मलाई जन्माएका हैनन् । जबसम्म म यो कुटिलको बसमा छु तबसम्म कहिल्यै पनि आप्mनो योग्यताको सर्वोत्तम लाभ प्राप्त गर्नसक्दिन । ममा कहिल्यै माथि उठ्न सक्ने योग्यता हुनेछैन । मलाई आप्mनो सम्मान प्यारो छ । म आप्mनो आत्मसम्मानको रक्षा गर्नेछु । म यो बानीको दास होइन । मेरो जीवनमा यो नराम्रो बानी अब कहिल्यै आउने छैन । ल आज नै मैले यसको जरा उखेलिदिएँ । बस, अब कहिल्यै छैन, कहिल्यै पनि छैन ।
यस्तो आत्मसम्बोधनले, मनसँग गरिएको कुराकानीले कुनै प्रकारको तपाईंको शारीरिक ढंगढाँचामा परिवर्तन आएको तपाईं देख्न सक्नुहुनेछ । कसरी तपाईंको दिनचर्या बदलिएको छ, कसरी तपाईंको काम गर्ने तरिकामा परिवर्तन आएको छ । तपाईंलाई आप्mनो विजयमा सुखको अनुभूति हुनेछ । तपाईंले चाहेको जस्तै उन्नति र प्रगति हुनेछ ।
पहिला तपाईंलाई यसरी आफैंसँग कुराकानी गर्नु मूर्खतापूर्ण लाग्नेछ । तपाईंलाई यसको एक एक महत्व थाहा छैन तर पछि तपाईंले थाहा पाउनुहुनेछ कि यस्तो प्रक्रियाद्वारा तपाईंमा कस्तो प्रकारले दिनदिनै शक्तिको संचार हुँदै जानेछ । तब तपाईं हरेक दिन यो अभ्यासलाई दोहो¥याउन थाल्नुहुनेछ ।
तपाईंको दोष ठूलो होस् या सानो, आत्मसम्बोधनको तरिकाले हटाउन सकिन्छ । तपाईंको स्वभावको तरिकाले हटाउन सकिन्छ । तपाईंको स्वभाव डराउने होस् या लजाउने, तपाईंलाई आप्mनै योग्यतामा विश्वास छैन भने, तपाईंलाई कुनै नराम्रो बानी लागेको छ भने यी सबैसँग छुटकारा पाउन औषधीको काम आत्मसम्बोधनले गर्छ ।
मानिसको जन्म गौरवशाली कामको लागि भएको हो । उसको ढाड बलियो हुनुपर्छ, उसको खुट्टा स्थिर हुनुपर्छ, उसको दृष्टि निर्भय हुनुपर्छ । मानिसको जन्म फोहोरमा लड्नको लागि भएको हैन, लजाउन र धकाउनको लागि भएको हैन, अपमान सहनको लागि भएको हैन, दुर्बल दुष्ट, कायर भनेर चिनिनको लागि भएको हैन । यदि तपाईंमा काम शुरु गर्ने क्षमता छैन भने आप्mनो मनमा दृढतापूर्वक निश्चय गर्नुस् कि तपाईं काम शुरु गर्नुहुनेछ । जब काम शुरु गर्नुहुनेछ तब दृढतासँग प्रण गर्नुस् कि यसलाई पूरा गरेरै छोड्नु हुनेछ । निश्चय गरेपछि काममा लागि हाल्नुस् । कामलाई राम्रोभन्दा राम्रो बनाउनुस् र आप्mनो सबै शक्ति तथा कार्यकुशलता त्यसमा लगाउनुस् । एकाग्र भएर निरन्तर परिश्रम गर्नुस् । फेरि हेर्नुस्, कसरी सफलताको पूmल फुल्नेछ ।
यदि तपाईं संकोची स्वभावको हुनुहुन्छ, साथी बनाउने कला तपाईंमा छैन, तपाईं आफंैलाई कमजोर ठान्नु हुन्छ, म अरुजति नै सक्षम छैन भन्ने सोच्नु हुन्छ भने निश्चय गर्नुस् कि तपाईं आपूmमा परिवर्तन ल्याउनुहुन्न । आफैंसँग कुराकानी गरेर तपाईं त्यो शक्तिलाई प्राप्त गर्न सक्नुहुनेछ जसले सबै गल्ती र दोषहरु मेटाउनेछन् ।
अरु मानिस तपाईंलाई हेरेर हाँसिरहेका छन् भन्ने कुरा कहिल्यै मनमा आउन नदिनुस् । आपूmलाई सर्वश्रेष्ठ मान्नुस्, श्रेष्ठ व्यवहार गर्नुस् अनि अरु मानिसको के हिम्मत तपाईंलाई हाँसोमा उडाउन । “म श्रेष्ठ मानिस हुँ, म राजकुमार हँु, म ईश्वरको श्रेष्ठ रचना हँु र म कुन कारणले आपूmलाई कमजोर ठानौं ? म कुन कुरामा निकृष्ट छु ? म ती सबै श्रेष्ठ काम गर्नमा समर्थ छु, जसलाई अरु मानिसले गर्न सक्छन् । मेरो जीवनको लक्ष्य पूर्णमानिस बन्ने हो । प्रत्येक परिस्थितिको सामना गर्ने तागत ममा छ अनि किन हार स्वीकार गरुँ ?”
यदि तपाईं तुरुन्तै निर्णय गर्न सक्नुहुन्न, यदि तपाईं निरन्तर सोचिरहनु हुन्छ, दुविधामा पर्नुहुन्छ, अप्ठ्यारोमा फँसिरहने बानी परेको छ भने एकान्तमा आफैंसँग दृढतर शब्दमा जोशले भन्नुस्, “ए मन ! छिटो र अचूक फैसला गर्ने गर ।” तपाईं निश्चित गर्नुस्, तपाईं काम यस्तो प्रकारले गर्नुस्, तपाईं वा कुनै अरु मानिस यो रप्mतारमा काम गरेको देखेर कसैलाई पनि अलिकति पनि सन्देह नहोस् । आप्mनै मनसँग भन्नुस्, “काम नगर्नु भन्दा त यही नै ठीक हुन्छ कि काम गर बरु कामको भूल नै किन नहोस् ? भूलबाट नै मानिसले सिक्छ ।”
तपाईंले कुनै गाह्रो काम गर्ने निश्चय गर्नु भएको छ जुन असंभव छ तर त्यसलाई पूरा गर्नै पर्ने जिम्मा तपाईंलाई दिइएको छ । कुनै एकान्त ठाउँमा जानुस् र आफैंसँग कुरा गर्नुस् । आपूmसँग यसरी कुरा गर्नुस् जसरी कुनै प्रिय साथीसँग गरिन्छ । जसमा काम गर्ने योग्यता छ तर साहसको अभाव छ । यस कुराकानीमा आप्mनो निश्चय प्रण गर्नुस् । आत्मविश्वास बलियो बनाउनुस् । विजयी व्यक्ति बन्नुस् र पूरै उत्साह, जोस र उमंग भरेर काम सुरु गर्नुस् ।
यस्तो प्रकारको आत्मसम्बोधनको समय यदि तपाईं आपूmप्रति इमान्दार हुनुभयो, दृढताले आप्mनो निश्चय दोहो¥याउनु भयो, यदि तपाईं आप्mनो निर्णयलाई अन्तिम अटुट र अपरिवर्तनीय मान्नु हुन्छ तब तपाईंको उत्साह बढ्नेछ, तपाईंको साहस बढ्नेछ, तपाईंको आत्मविश्वास प्रवल हुनेछ । आप्mनो विचारलाई कार्यान्वित गर्ने सामथ्र्य महान् हुनेछ ।
म एउटा नवयुवकलाई चिन्छु, ऊ अपरिचित मानिससँग भेट्न अप्ठ्यारो मान्थ्यो । यदि उसको अगाडि कोही आयो र कुराकानी ग¥यो भने कुरा गर्न उसलाई संकोच लाग्थ्यो । त्यो नवयुवक निरन्तर आप्mनो अवमूल्यन गरिरहन्थ्यो । ऊ आपूmलाई कमजोर ठान्थ्यो, ऊ आप्mना श्रेष्ठ गुणलाई पनि दोष नै ठान्थ्यो । तर उसलाई कसैले आत्मसम्बोधनको सुझाव दियो । मनसँग कुरा गर्ने अभ्यासद्वारा आज त्यो नवयुवक परिवर्तित भयो । अब उसलाई देखेर कसैलाई शंका हुँदैन कि यो त्यही मानिस हो जो हरेक मानिसको अगाडि लुक्थ्यो । आत्मविश्वासको कारण उसको व्यक्तित्व यसप्रकारले विकास भयो कि ऊ जहाँ जान्छ त्यहीं छाउन थाल्यो । जब कुराकानी गर्छ तब मानौं उसको बोलीबाट पूmल झर्छ र उसको कुराको सीधा र तुरुन्तै प्रभाव पर्छ ।
त्यो नवयुवकले मलाई भन्यो कि ऊ गाँऊतिर जान्थ्यो । खेतको आलीमा घुमेर ऊ आप्mनो मनसँग कुरा गथ्र्यो, “आर्थर ! के तिमीमा कुनै गुण छ या छैन ? यदि कुनै गुण छ भने त्यसलाई निकाल । मूर्ख नबन तिमी पनि अरु जस्तै राम्रो मानिस हौ । आप्mनो टाउको उठाऊ र मानिस बन । कसैसँग कुरा गर्नमा लजाउन र डराउन छोड ।”
मानिसको भीडमा गएर मिसिऊ र उनीहरुसँग कुरा गर आपूmलाई कमजोर नठान । प्रशन्न चित्त बन । तिमी ईश्वरको सन्तान हौ । यो धर्तीमा तिम्रो पनि उत्तिनै अधिकार छ । जति कुनै ठूलठूला मानिसको हुन्छ । क्षमायाचनाको भेषमा अरु मानिसको अगाडि नजाऊ । त्यो युवकले यो पनि भन्यो, आप्mनो गुण र खुबीमा विचार गरेपछि उसले त्यसको पालना गर्न सुरु ग¥यो । ती गुण अरुको अगाडि व्यक्त गरेर उसले यस्तो चमत्कार पायो कि मानिस उसलाई प्रशंसाको दृष्टिले हेर्न थाले । फेरि ऊ एकान्तमा गएर आफैंसँग कुरा गर्दै भन्थ्यो, “आर्थर ! धेरै राम्रो ! यो तिमीले धेरै राम्रो ग¥यौ । वस्तुतः यो गर्वको कुरा हो । यसले प्रकट गर्छ कि तिमी योग्य छौ । यसगरि हरमौकामा अगाडि हेर र आप्mनो व्यक्तित्वको प्रतिपालन गर्ने गर । मानिस तिम्रो प्रशंसा गरिरहने छन् । तिमी पनि यो संसारमा केही बन्न सक्छौ ।”
जो लजालु स्वभावको छ उसको लागि आप्mनो मनसँग कुरा गर्नु जस्तो ठूलो उपचार अरु कुनै हुन सक्दैन । जसले आत्मविश्वास हराइसकेको छ उसको लागि पुनः आत्मविश्वास प्राप्त गरेर कार्यशील हुनको लागि आत्मसम्बोधनभन्दा ठूलो अरु कुनै उपाय छैन ।
जब मानिसले आप्mनो महत्वको अनुभव प्राप्त गर्छ, जब आप्mनो दिव्य गौरवको उसलाई ज्ञान हुन्छ तब ऊ बिस्तारै माथि उठ्छ । त ऊ दीनहीन रहँदैन, साधारण हुँदैन । जसलाई आप्mनो लुकेको शक्तिको ज्ञान हुन्छ, ऊ धुलोमा बसेर सन्तुष्ट हुँदैन । ऊ आप्mनो गौरवपूर्ण पदलाई प्राप्त गरेर नै छोड्छ ।
जुन कुरा पाउने तपाईं कामना गर्नुहुन्छ, त्यसलाई आप्mनो वशमा पार्ने प्रण गर्नुस्, जुन गुणलाई आपूmभित्र ल्याउने तपाईंको आकांक्षा हुन्छ त्यसलाई प्राप्त गर्ने दृढ संकल्प गर्नुस् । आप्mनो उद्देश्यतिर मनलाई पूरै लगाउनुस् । उसको तुच्छ इच्छालाई टाढा भगाएर आप्mनो सम्पूर्ण विचारलाई लक्ष्यमा केन्द्रित गर्नुस् । जानुस्, तपाईंलाई आशीर्वाद छ कि तपाईंको आप्mनो मनोकामना पूरा होस् ।
उचित खर्च गर्नुस्
“यही त्यो ठाऊँ हो जहाँ मैले जीवनका धेरै कठिनाइहरु झेलेको थिएँ ।” यो भनाइ एडवर्ड मोरनको हो । उनले यी शब्द आप्mनो यात्राको क्रममा फिलाडेल्फिया आएको बेलामा भनेका थिए । उनले भनेका थिए– “म इंग्ल्याण्डबाट न्युयोर्क आउने एउटा जहाजको पछाडि बसेर घुम्न आएको थिएँ । यो सन् १८४४ को कुरा हो । त्यो बेला मेरो उमेर मात्र पन्ध्र वर्षको थियो । न्युयोर्कमा बस्दा आपूmसँग भएको सबै पैसा खर्च गरेर म हिंडेर नै फिलाडेल्फिया आइपुगेको थिएँ । एक ठाउँबाट अर्को ठाउँमा गएर रात बिताउनको लागि मलाई धेरै कष्ट भएको थियो तर केही समयपछि म आप्mनो गन्तव्य स्थान फिलाडेल्फिया पुगें । त्यहाँ मैले जेम्स ह्यामिल्टनसँग कलाको शिक्षा सिक्न थालें । म उनको आभारी छु । उनीलाई मेरो निर्धनताको बारेमा जानकारी थियो । म आप्mनो क्रियाकलापले त यो थाहा दिन्थें कि म खूब मज्जाले बसेको छु तर एकदिन उनले थाहा पाए कि म एउटा घरको छानोमा ओत लागेर बस्थें र मेरो सम्पत्तिको नाममा एउटा काठको कुर्सी र न्युयोर्क समाचारपत्रको एउटा पत्रिका थियो ।”
“तिम्रो गुजारा कसरी चलेको छ ?” आश्चर्य मान्दै उनले प्रश्न गरे ।
“किन ?” मैले भनें, “राति म पत्रिकामा सुत्छु र दिउँसो कुर्सीमा बस्छु ।”
यो एउटा चरमसीमाको उदाहरण हो तर यो कम खर्चको शुरुवातको नमूना हो, जसले निर्धनता र अज्ञानताको अवस्थामा उन्नति गरेर सम्पदा तथा यशको उपार्जन गरे । वास्तवमा अमेरिकामा आएर बस्ने नवयुवक प्रवासीहरुका सुरुका दिन यस्तै कठिनाइले भरिएको हुन्थ्यो कि एउटा अंग्रेज यात्रुले भनेका थिए, “सानो कोठामा बस्नु र नितान्त कष्टकारी निर्धनता सहनु भविष्यमा मान्यता प्राप्त गर्ने आवश्यक तयारी हो । यो ठीक हो कि हामीलाई थाहा छ अमेरिकाले अहिले त्यो कष्टदायक युगलाई पार गरिसकेको छ तर अब यो पनि सत्य हो र सदा सत्य रहनेछ कि त्यो बालक जो आप्mनो उन्नतिको लागि स्वइच्छाले त्याग गर्न सक्छ । यसले संसारमा अवश्य नै उन्नति गर्नेछ । सम्भव छ, ऊ मोरन जस्तै यति महान् चित्रकार बन्न सकोस् कि उसको चित्र लण्डन, पेरिसमा प्रदर्शनी होस् र यसलाई राष्ट्रिय एकेडेमीको सहकारी सदस्य अथवा अमेरिकन चित्रकला समिति अथवा पेनसिलभेनियाको ललित कला एकेडेमीको सदस्य बनाइयोस् तर ऊ आप्mनो निजी क्षेत्रमा आप्mनो ढंगले निश्चय नै एक विशाल जीवन प्राप्त गर्नेछ ।
एक स्कटल्याण्डवासीले भन्यो, “म सिटी मिशनको खर्चको लागि पाँच पाउण्ड दिन्छु ।”
यो भनाइ उसले एउटा पादरीसँग भनेको थियो, जुन पादरीलाई उसले बाटोमा भेटेको थियो र पादरीले पैसा पनि मागेको थिएन ।
उत्तरमा पादरीले गम्भीर भएर भन्यो, “धन्यवाद ! मलाई पैसाको यति धेरै आवश्यकता थियो र यसले कुनै ठूलो काम गर्नेछु ।”
पादरी जब अगाडि हिंडिरहेको थियो तब सोच्न थाल्यो, आश्चर्य छ मेरो यति नजिकै यस्तो उदार मानिस निक्ल्यो, जसले नमागिकन नै आफैं पैसा दिन्छु भनिरहेको छ ।
“एकछिन पर्खनुस्,” स्कटल्याण्डवासीले भन्यो, “यति बेला मसँग पाँच पाउण्ड छ, म अहिले नै तपाईंलाई यो पैसा दिन्छु । त्यहाँ गएर पठाउनु र अहिले दिनु एउटै कुरा हो तर यसले मनीअर्डरको पैसा जोगिन्छ ।”
त्यो मानिसको अनावश्यक हुलाकको खर्च नगर्ने बानीले उसलाई यस योग्य बनाएको थियो कि ऊ तुरुन्तै पादरीलाई पाँच पाउण्ड दिन तयार भयो । त्यो व्यापारीको सबै व्यापारिक आदान–प्रदानमा जुन अनावश्यक डाक खर्चको बचत गरिन्थ्यो, त्यही कारणले उसले तुरुन्तै पैसा दियो । जसमा पादरीले आश्चर्य व्यक्त ग¥यो, “यति छिटै...!”
जोन मुरे दुईवटा मैनबत्ती बालेर लेखिरहेको थियो, केही महिला ऊसँग कुरा गर्न आएका थिए, त्यसपछि उसले एउटा मैनबत्ती निभाएर कुरा गर्न थाल्यो । त्यो देखेर एउटीले साथीसँग भनी, “यहाँ केही धेरै पाउने आशा छैन ।” उनीहरु कुनै परोपकार कामको लागि सहायता माग्न आएका थिए । जोन मुरेले जब उनीहरुको कथा सुनिसक्यो तब उनीहरुलाई एक सय डलर दियो । उनीहरुले भने मिस्टर मुरे हामी एकदमै चकित छांै, हामीले तपाईंसँग एक सेन्ट पाउने पनि आशा गरेका थिएनौं ।”
जोन मुरेले यसको कारण सोध्यो र जब ती महिलाले मैनबत्ती निभाएको कुरा गरे तब जोन मुरेले भन्यो, “हेर्नुस् यही कारणले आज म तपाईंहरुलाई सय डलर दिन सक्ने भएको छु, बचत गर्ने बानीकै कारण म धन बचाउँछु र फेरि त्यसलाई दान र उपकारमा लगाउँछु । कुराकानी गर्न हामीलाई एउटै मैनबत्ती काफी छ ।”
इमर्सनले एउटा घटनाको यस्तो प्रकारले वर्णन गरेका छन्, “बोस्टनमा एक धेरै धनी व्यापारीकोमा एक साथी आयो । ऊ कुनै सेवामूलक कामको लागि दान माग्न आएको थियो । त्यो बेला त्यो व्यापारीले आप्mनो एउटा कर्मचारीलाई डबल रोटीको आधा टुक्रा दिनुको साटो पूरै टुक्रा दिएको कारण गाली गरिरहेको थियो । त्यो साथीले उसलाई सम्झायो कि त्यो समय उपयुक्त छैन तर उसलाई धेरै अचम्म लाग्यो, जब उसको कुरा सुन्नेबित्तिकै त्यो व्यापारीले पाँच सय डलर दान दियो । साथीले त्यो व्यापारी साथीलाई आप्mनो आश्चर्य प्रकट ग¥यो जो मानिसमा डबल रोटीको सट्टा आधा रोटी प्रयोग गर्नुपर्ने बारेमा दृढविचार छ, उसले दानमा पाँच सय डलर दियो तर व्यापारीले जवाफमा भन्यो, “आधा रोटीको टुक्रामा र अरु यस्तो खालको सानो सानो कुरामा जोगाएर नै आज म यति दिनसक्ने भएको छु ।”
समृद्ध विचार अपनाउनुस्
जे. जे. हल्याण्डको भनाइ छ, “अमेरिकाको धर्ती धेरै कम उब्जाउ छ र सामान्यतः यहाँ बाँच्नको लागि धेरै कठिन छ, तैपनि सम्पूर्ण पृथ्वीमा कुनै यस्तो भू–खण्ड छैन जहाँ प्रतिवर्ग माइल यति धेरै सुख सुविधाको विकास भएको होस् । न्यू इंग्ल्याण्डमा उत्पन्न भएका प्रत्येक मानिस यही प्रयत्न गर्छन् र साथै यो आशा राख्छन् कि उनीहरु आप्mनो जीवनमा समृद्धि र उत्कर्ष प्राप्त गर्नेछन् र यसै उद्देश्यको लागि निश्चित लक्ष्यमा रहेर काम गर्न सुरु गर्छन् । न्यू इंग्ल्याण्डमा जो धनी मानिस छन् ती सबैले साधारण बचतकै कारण आप्mनो समृद्धि प्राप्त गरेका छन् । उनीहरुको आय जति भए पनि उनीहरु सबै खर्च गर्दैनथे । उनीहरुको विचारमा हरेक वर्ष कम से कम पच्चीस डलर अथवा पचास डलर अवश्य नै बचाउनु पर्छ र त्यसलाई छुट्टै राख्नुपर्छ । यही तरिकाले प्राप्त भएको समृद्धि कण कण जोडिएर सुदृढ र स्थायी भयो ।”
ए. एम. गोले एक अंग्रेज नवयुवकको विषयमा जो अमेरिकामा बस्नको लागि आएको थियो भनेका छन्, “ऊ वयस्क थियो र रोजगारी पाउने उद्देश्यले उसले पेनसिलभेनियाको कोइला खानीमा काम गर्ने कोसिस ग¥यो । त्यो नवयुवक अशिक्षित थियो तर ऊ दृढनिश्चयी थियो । आप्mनी श्रीमतीको सहायता लिएर उसले परिश्रम र मितव्ययिताको बलमा छिमेकीहरुबाट सम्मान र विश्वास कमाएको थियो । उसको घरको नजिकै एउटा सानो जग्गाको टुक्रा थियो । त्यो जग्गा उसले भाडामा लियो । त्यस बेला ऊ कोइला खानीमा काम गर्दैनथ्यो । उसले आप्mनी श्रीमतीसँग मिलेर त्यो जग्गामा बगैंचा लगायो र आलु रोप्यो । ऊ राम्रो बानी भएको मानिस थियो । ऊ नराम्रो संगतमा परेर मनोरंजनको लागि मूर्खतापूर्ण मनोरञ्जनको लागि आप्mनो समय बर्बाद गर्दैनथ्यो । ऊ बस्नै सक्दैनथ्यो, काम गरिरहन्थ्यो । कोइला खानीमा दुर्घटनामा परेर उसले आप्mनो हात गुमाएको थियो । ऊ खेतमा जान्थ्यो र एउटै हातले लामो घाँस जम्मा पाथ्र्यो । यसै गरेर ऊ हरेक दिन पच्चीस सेन्ट कमाउँथ्यो । मजदुरीको दर बढी हुँदा उसले बचत पनि ग¥यो । अब मजदुरीको दर कम भयो तैपनि ऊ सौभाग्य सम्झिन्थ्यो, यदि उसले आप्mनो सबै खर्च पु¥याउन सक्यो भने । यस प्रकार इमान्दारीको श्रम र मितव्ययी बानीको कारण, धेरै धन जोगाउन सक्षम भएर धेरै वर्षपछि ऊसले एउटा राम्रो फर्म पनि किन्यो । ऊ त्यहाँ आरामले बस्न थाल्यो । उसले आप्mनो छिमेकीको सम्मान पायो र फर्निचरले सजिएको भवनमा ऊ स्वतन्त्र जीवन बिताउन थाल्यो । उसको यो सिद्धान्त थियो कि जबसम्म काम पाइन्छ तबसम्म समय कहिल्यै बर्बाद गर्नुहुँदैन । यसै कारणले राम्रो भेटिएन भनेर काम कहिल्यै छोड्नु हँुदैन । कहिल्यै रक्सी खानु हुँदैन र हरसमय आप्mनो पैसा जोगाउनुपर्छ ।
यसमा शंका छैन कि त्यहाँ केही मानिस यस्ता पनि थिए जो उसको कठोर परिश्रम र मितव्ययिताको उपहास गर्थे, तर चतु¥याईंको परिणामस्वरुप ऊ आप्mनो घर र खेतलाई सजाउन सफल भयो । यसको उल्टो ती हाँसो उडाउनेहरुसँग देखाउन लायक केही पनि थिएन जसले वर्षौं आप्mनो समय त्यसै बिताए र धन जोगाएनन् ।
एंड्रयु कारनेगीको भनाइ छ, “सबैभन्दा पहिलो कुरा मानिसले सिक्नुपर्छ कि ऊ आप्mनो धन कसरी जोगाउन सक्छ मितव्ययिताद्वारा ऊ धन जोगाउँछ र त्यसलाई जम्मा गराउन लागिपर्छ । यो बानी सबै बानीहरु भन्दा बहुमूल्य बानी हो । बचत समृद्धि र सौभाग्यको कारण हो । बचत नै समृद्धि र सौभाग्यको जड हो । सभ्य र जङ्गली मानिसमा कुनै अन्तर छुट्याउने आधार छ भने त्यो बचत नै हो । बचत गरेर समृद्धिको मात्र हैन मानिसको चरित्र पनि बन्छ ।
खुद्रा पैसा जसलाई अचेलका युवा लापर्वाही गरेर प्mयाँकिरहेका हुन्छन् या बर्बाद गरिरहेका हुन्छन्, त्यही पैसाबाट अहिले समृद्धि र स्वतन्त्रताको सुरुवात गर्न सकिन्छ । संयुक्तराज्य अमेरिकामा प्रतिव्यक्ति आय पचास सेन्टभन्दा कम छ, चाहे ऊ धनी होस् या निर्धन, पुरुष होस् या स्त्री । जुन मानिससँग एक पैसा पनि छैन ऊ व्यवहारमा असहाय हुन्छ । धन्दाको दृष्टिले ऊ सधैं असमर्थ हुन्छ । ऊ केवल आप्mनो शरीर र मनको शक्तिलाई प्रयोगमा ल्याएर रोजगारी कमाउन सक्छ । जब कुनै पुरुष या स्त्री धनहीन हुन्छन् तब उनीहरुलाई आत्मरक्षा र अरुको अगाडि आप्mनो सम्मान बचाउनको लागि धेरै गाह्रो पर्छ ।
यो एउटा यस्तो पाठ हो जसमा एउटा पिँढीलाई अर्को पिँढीको बारेमा बारम्बार दोहो¥याइन्छ । जो मानिस कम बचत गर्छन् विशाल र मध्यम धन–सम्पत्तिमा उनीहरुकै अधिकार हुन्छ । थोरै बचत गर्ने अवसरलाई घृणा नगर्नुस् ।
संयुक्तराज्य अमेरिकाको जनगणनाबाट थाहा पाउन सकिन्छ कि त्यहाँको कुल जनसंख्या दस करोड छ । यदि प्रत्येक मानिसले प्रतिदिन एक सेन्ट बचत ग¥यो भने त्यो प्रतिदिन दश लाख डलर हुन्छ । एक वर्षमा यो डलर तीन करोड पैंसठ्ठी लाख हुन्छ । यो सम्पत्तिले कुनै पनि देश सम्पन्न बन्न सक्छ । यसैगरी प्रत्येक मानिसको यसमा सानो योगदान रहेको हुन्छ । ऊ उसको परिवारको अर्थतन्त्रलाई प्रभावित गर्नको लागि सक्षम हुन्छ । तर दुई, पाँच, दश र पन्ध्र सेन्ट प्रतिदिन बचत गर्नाले जुन परिणाम आउँछ त्यसको तपाईं आफैं कल्पना गर्न सक्नुहुन्छ ।
रेवरेड विलियम मार्चको भनाइ छ, “मेरो आकांक्षाले माथि आकाशको बादलमा स्वर्ण अक्षरमा दुई शब्द लेख्नेछ र त्यो दुई शब्द हो, “बचत बंैक” । स्कुली बचत बैंक शुरु भएपछि केटीहरुले चकलेट र केटाहरुले चुरोट खान कम गरेका छन् । ‘नवयुवक साथी’ नामक पत्रिकामा लेखिएको छ कि मानिसले अब मितव्ययिताको वास्तविक अर्थ जान्न थालेका छन् । यसको अर्थ धनको बचत मात्र होइन बरु यसको अर्थ हुन्छ, व्यर्थमा गरिने खर्चको कटौती र नराम्रो बानीबाट छुटकारा ।
आप्mना बच्चालाई एक दुई पैसा पनि व्यर्थैमा खर्च नगर्ने शिक्षा दिनुस् । प्राय बच्चाहरु सोच्दै नसोची यस्तो पैसा अनावश्यक काममा खर्च गर्ने गर्छन् । यदि त्यो पैसा बचत गरियो भने अरु आवश्यक काममा खर्च गर्न सकिन्छ ।
प्याकिङ गरिएको कागज, बाँधेको डोरी आदि सानो सानो वस्तु प्mयाँक्नुभन्दा सम्हालेर राख्यो भने ती सामान फेरि अर्को पटक प्रयोगमा ल्याउन सकिन्छ ।
मितव्ययिताको बानी लगाउनको लागि आवश्यक कोसिस गर्नुपर्छ । किनकि सावधानीपूर्वक गरिएको बचतको बलमा मानिस उदारतापूर्वक दान गर्न सक्ने हुन्छ । बाल्यकालमा वस्तु जम्मा गरेर राख्न सिक्नुपर्छ र त्यसको लागि बच्चालाई प्रोत्साहन गर्नुपर्छ । आप्mनो आर्थिक साधनलाई बुद्धिमानीपूर्वक प्रयोग गर्ने प्रबन्ध एउटा बहुमूल्य पाठ हो जुन बाल्यकालमा सिकाइदैन । व्यापारी र व्यवसायीको समय बहुमूल्य हुन्छ । त्यस्तै बाल्यकालमा सामानहरु बचाएर राख्ने बानी राम्रो हुन्छ । यदि वयस्कले पनि सामान जोगाएर राख्न सके भने त्यो बानीले फाइदा नै पुग्छ ।
विलियम म्याथुसको भनाइ छ, “यो एउटा पुरानो तर सर्वसम्मतिपूर्ण उपदेश हो कि सांसारिक पदार्थमा धनी बन्ने र धनी बनिरहने, आर्थिकरुपले स्वतन्त्र रहने उपाय यो छ, मानिसले सानो सानो वस्तुलाई पनि व्यर्थमा नगुमाओस्, त्यसलाई जम्मा गरेर राखोस् र प्रत्येक कुरालाई जरैदेखि उखेलिदेओस् जसले गर्दा धनको अपव्यय र नाश हुन्छ ।”
स्कुलको किताबमा लेखिएको हुन्छ, “तिमी पैसाको चिन्ता नगर, पैसाले तिम्रो चिन्ता गर्नेछ । हरेक दिन एक पैसा बचाऊ र इच्छाले जन्माएको धन या वस्तुको नाश दुखदायी अभावको कारण हुन्छ ।” यस्ता सबै भनाइसँग या प्रेम गरिन्छ या घृणा गरिन्छ । संसारमा जो मानिस धनी र सम्पन्न बनेर जीवन बिताउँछन्, जो मानिस निर्धन, विपन्न र दुःखी बनेर जीवन बिताउँछन्, उनीहरु यस्ता भनाइलाई कि प्रेम गर्छन् कि घृणा ।
सबै अनुभवको निचोडले हामीलाई यही भन्छ कि परिश्रमपूर्वक उत्पादन गर्नु र सानो सानो वस्तुलाई जोगाउनु धनी बन्ने सांकेतिक प्रक्रिया हो, सानो सानो वस्तुलाई नष्ट हुन नदिनु तथा थोरै थोरै पैसा जोगाउनु, यी दुवै कुराको मेलले नै मानिस धनी बन्छ । यो एउटा यस्तो सूत्र हो जुन कहिल्यै पनि गलत सावित हुँदैन ।
प्रायः हामीले जहाँसुकै मानिसले जोगाएको सम्पदाको मालिक बनेको देखेका छांै, उनीहरुको सफलताको कारण यही नै हो कि ती जोगाएका वस्तुको बचत गर्नमा गहिरो ध्यान दिन्छन् । उनीहरुले सम्पत्ति आँधीले झारेको आँप जसरी प्राप्त गरेका होइनन्, सम्पत्ति आकाशबाट वर्षिएको पनि होइन, बरु उनीहरुले निरन्तर रुपमा काम गरेर थोरै थोरै गरेर बचाएको पैसा हो । एक वर्ष दुई वर्ष गरेर बिस्तारै जोगाएको सम्पत्ति पछि धेरै भएको हो । जसले यति थोरै छ के बचाउनु भन्छ, उसले बचत गर्न सक्दैन । विचारहीन मानिस यसलाई बिनाकाममा खर्च गरिदिन्छन् । उनीहरुलाई भविष्यप्रति बिल्कुलै चिन्ता हुँदैन तर यसको उल्टो समझदार मानिस फाल्तु पैसा, सुका–मोहर र एक रुपैयाँ लगातार जम्मा गर्दै गएर वर्षौंपछि त्यो पैसा थुप्रै भयो ।
धेरै मानिस व्यर्थमा नै सम्पत्ति खर्च गर्छन् किनकि त्यो पैसा उनीहरुको हातमा फाल्तु हुन्छ तर मानिसले त्यो पैसा तुरुन्तै बैंकमा जम्मा गर्ने बानी बसाल्नु पर्छ । यदि त्यो बेलामा नजिकै बचत बैंक छैन भने यस्तो ठाउँमा सुरक्षित राख्नुपर्छ जहाँबाट उसले खर्च गर्न सक्दैन । त्यसपछि कुनै समयमा त्यहाँबाट लगेर बैंकमा जम्मा गरिदिनुपर्छ ।
एउटा मानिसले आप्mनो एउटा आइरिस कर्मचारीलाई भन्यो, “अप्ठ्यारो दिनको लागि केही न केही अवश्य बचाएर राख्नुपर्छ ।” केही समयपछि त्यो सज्जनले कर्मचारीलाई सोध्यो, “अहिलेसम्म तिमीले के बचत गरेका छौ ?”
“साँच्चै भनौं भने केही पनि जोगाएर राखेको छैन ।” त्यो कर्मचारीले जवाफ दियो, “मैले तपाईंको आज्ञाअनुसार त्यही दिनदेखि बचत गर्न थालेको थिएँ तर हिजो नै संकट आएको थियो र त्यो पैसा खर्च भयो ।”
वास्तवमा त्यो कर्मचारीले बचत त ग¥यो तर उचित स्थानमा सुरक्षित राखेन, यो उचित स्थानको नाम हो, “बचत बैंक ।”
मार्शल फील्ड पैसा कमाउनको लागि ढुङ्गाले भरिएको न्यू इंग्ल्याण्डको जग्गा छोडेर शिकागो गयो । यसको चार वर्षपछि उसले कोइलाको व्यापार गर्ने संस्था “फारवेल एण्ड कम्पनी” मा आपूmलाई सहभागी गराए । नम्रतापूर्वक झुक्ने त्यो नवयुवकसँग जब यसको कारण सोधियो तब उसले भन्यो, उसको सहयोगी कोही पनि थिएनन्, ऊसँग धन सम्पत्ति पनि थिएन, एउटै कुराले मात्र उसलाई समृद्ध बनाउनमा सहायता ग¥यो त्यो थियो, बचत । उसले जे जति कमायो त्यो सबै बचत गर्दै गयो ।
बेंजामिन फ्रेंकलिनले पनि भनेका छन्, “यदि तपाईंलाई आप्mनो कमाइभन्दा कम खर्च गर्ने कला आउँछ भने बुझ्नुस् तपाईंले हीरा प्राप्त गर्नुभयो । इमान्दारी र परिश्रमलाई आप्mनो साथी बनाऊ र आप्mनो आम्दानीभन्दा एक आना खर्च कम गर तब तिम्रो गोजी गह्रौं हुन थाल्नेछ । ऋणदाता तिम्रो अपमान गर्ने छैन । आवश्यकता तिमीलाई दुःखदायी लाग्ने छैन, भोकले तिमीलाई सताउने छैन र चिसोमा तिमीले कक्रिनु पर्दैन ।”
फ्रेंकलिनसँग सम्बन्धित हुन कसलाई गर्व लाग्दैन ! उनको आप्mनै देशको बासिन्दा होस् कि अरु देशको, उनको जातिसँग सम्बन्धित व्यक्ति होस् कि नहोस्, उनीसँगको सम्बन्धको कारण नै मानिसहरु आपूmलाई गौरन्वान्वित ठान्छन् । युवाअवस्थामा हुँदा पे्रंmकलिन आप्mनो व्यक्तिगत आलस्यलाई कहिल्यै पनि बचतको बाटोमा बाधक बन्न दिंदैनथ्यो । यही मितव्ययिताले नै उनको विराट योग्यता तथा उदारताको जग बसाएको थियो जसको कारणले उनी प्रौढ अवस्थामा त्यति धेरै महान् बने ।
खर्च गर्नको लागि राखिएको धनको बुद्धिमानिपूर्ण गरिएको खर्चको कारण उनले आत्मा, इन्द्रियको इच्छा र भोग लालसामाथि पूर्ण नियन्त्रण कायम गरे र जीवनको यही महान् कलाको आधारमा नै उनको व्यवहारिक बुद्धिमता प्रत्येक इसाईको घर घरसम्म पुग्यो र यसैले गर्दा उनको नाम अमर भयो ।
तैपनि धेरै मानिस त्यो नवयुवकलाई उपहास नै गर्छन् जो फ्रेंकलिनको बाटोमा हिंडिरहेको छ ।
एउटा नवयुवक थियो, जब ऊ बीस वर्षको थियो उसले काम गर्न थालेको आठ वर्ष भइसकेको थियो । उसले नौ सय डलर प्रतिवर्ष तलब पाउँथ्यो र त्यसबाट ऊ केही पनि बचत गर्दैनथ्यो । विलियम एच. मेहनले भने, “ऊ ऋणग्रस्त हुने डर लागिरहेको थियो । उसको यो इच्छा थियो कि जति थोरै भए पनि आप्mनो खातामा केही न केही पैसा जम्मा हुनुप¥यो, बस यो बाहेक बाँकिरहेको सबै तलब वर्षभरिमा खर्च गर्नको लागि पर्याप्त छ । बीस वर्ष पूरा हुनलागेको बेलामा कुनै यस्तो कारण आयो कि उसले आपूmसँग यस्तो प्रश्न गर्नुपर्ने भयो, “यो वर्ष तैंले आप्mनो तलबले के गरिस् ?” उसले यो प्रश्नको कुनै उत्तर दिन सकेन । ऊ कयौं दिनसम्म यही विषयमा सोचेर बस्यो र अन्त्यमा ऊ कागज र कलम लिएर त्यो प्रश्नको जवाफ लेख्न बस्यो । आप्mनो जीवनमा पहिलो पल्ट ऊ आपूmले गरेको खर्चको बारेमा विचार गर्ने सोच बनायो । उसले आप्mनो खानाको लागि खर्च लेख्यो, लुगाको लागि लाग्ने खर्च लेख्यो, आमालाई वर्षभरिमा जे दिएको थियो, त्यो लेख्यो । छुट्टीमा गरेको खर्चको बारेमा लेख्यो र यो सबै खर्च जोड्दा ६ सय डलर पुग्यो । के यो सम्भव थियो कि उसले तीन सय डलर मनोरञ्जनको लागि खर्च ग¥यो ? यस विषयमा ऊ निरन्तर सोचेर बस्यो र अन्त्यमा उसले आफैंसँग भन्यो, “जुन अवस्थामा म छु त्यस अवस्थामा मैले पाँच सय डलर प्रतिवर्ष खर्च गर्नुपर्ने थियो । भविष्यमा मेरो कमाई सहस्र डलर प्रतिवर्ष हुनेछ र मैले त्यसको आधा भाग बचाउँदै जानुपर्छ । ठीकै छ, यसको लागि म कोसिस गर्नेछु ।”
“उसले बचत बैंकमा गएर दश डलरमा खाता खोल्यो । उसले यति नै सम्पत्ति एक हप्तामा नै वर्षभरि जम्मा गराउने निश्चय ग¥यो । उसलाई थाहा थियो कि यदि धेरै आवश्यकता प¥यो भने उसको त्यो बैंकमा जम्मा गरेको सम्पत्ति खर्च हुनेछ तर उसले संकल्प ग¥यो जति आवश्यकता परे पनि उसले त्यो रकम निकाल्ने छैन । बैंकमा जम्मा हँुदै गएको आप्mनो रकम देखेर ऊ खुशी हुन्थ्यो । यो बाहेक ऊ आप्mनो भविष्यको बारेमा पनि ढुक्क थियो । भविष्यको लागि गरेको तयारीले उसलाई शान्ति मिल्थ्यो । जब एक वर्ष पूरा भयो तब बैंकमा पाँच सय डलर जम्मा भइसकेको थियो । ऊ सिनेमा हेर्न पनि जान्थ्यो तर कहिलेकाहीं मात्र । ऊ डान्स हेर्न गएको थिएन तर पछिल्लो वर्षलाई फर्केर हेर्ने हो भने बितेका वर्ष उसका सबैभन्दा आनन्ददायी वर्ष थिए । उसले नगर पुस्तकालयको राम्रो उपयोग गरेको थियो । उसको परिचय विद्वान् र राम्रो घरका प्रसन्न चित्त भएका मानिसहरुसँग भएको थियो । उसको तलब बढेको थियो र उसको बैंकको खातामा अझ बढी जम्मा हुन थालेको थियो । केही वर्षपछि उसलाई एउटा राम्रो व्यवसायमा सहभागी हुने मौका मिल्यो जुन मानिसहरुले उसको समर्थन गरे उनीहरुलाई यो युवकको बैंक ब्यालेन्सले नै प्रेरणा दिएको थियो । यो परिणामबाट यो कुरा थाहा पाउन सकिन्छ कि वर्षौं लगाएर गरिएको बचत र राम्रो बानीको परिणाम राम्रो नै हुन्छ ।”
धेरैजसो नवयुवक जसले कहिल्यै पनि मितव्ययिता र बचतको बारेमा गम्भीर भएर विचार गर्दैनन् । यदि उनीहरुले राम्रोसँग आत्मनिरीक्षण गर्ने हो भने उनीहरुले थाहा पाउनेछन् कसरी उनीहरु अपार धन सम्पदालाई लगातार खर्च गर्दै गइरहेका छन् । त्यो गरिएको खर्चको कुनै निश्चित उद्देश्य हँुदैन यदि उनीहरुले तुरुन्तै यो बानीलाई छोडिदिने हो र मैले बचत गर्नुछ भनेर निश्चित गर्छन् भने परिणाम सन्तोषजनक प्राप्त हुनेछ ।
अर्थशास्त्रको एक लेखकले लेखेको छ, “एउटा देश आर्थिक संकटको बेलामा आप्mनो देशका जनताले गरेका सानो सानो बचतको पैसाको बलले आप्mनो रक्षा गर्नसक्छन् । उत्पादन स्थिर रहन्छ तर उपभोगको मात्रा धेरै र थोरै भइरहन्छ । जब मानिस एक पैसा खर्च गर्नु अगाडि दुई पटक सोच्छन् भने त्यो देश धेरै धनी हुन्छन् । कारण, जति उत्पादन गरिन्छ त्यसको धेरै भाग बचत हुन्छ । यो तथ्यले एउटा अर्को तथ्य अगाडि आउँछ । जसलाई साधारणतया स्वीकार गरिंदैन तर त्यो सत्य हो कि हामी धेरै धन कमाउने दिनमा भन्दा आर्थिक कठिनाइको दिनमा धेरै धनी बन्नेछौं ।”
यसले यो प्रेरणा मिल्नेछ कि बचत गर्नु धेरै आवश्यक छ, बरु बचत गरिएको धन बजारमा चालु धनभन्दा धेरै हुनु आवश्यक छ ।
एउटा अनुभवी बैंक कर्मचारीले युथस् कम्पेनियनमा लेखेका छन्, “यो छक्क पर्ने कुरा हो कि मानिसले थोरै थोरै पैसा बचत गर्दै ग¥यो भने बहुमूल्य वस्तु किन्न पनि समर्थ हुन्छन् ।”
“एक पटक मैले मनमनै निश्चय गरें कि म सुनको घडी किन्छु । यसको लागि मैले पैसा जम्मा गर्न सुरु गरें । मलाई पचास सेन्टको लञ्च खाने इच्छा हुँदा पच्चीस सेन्टको लञ्च गर्थें र पच्चीस सेन्ट सुनको घडी किन्नको लागि राख्थे । सायद नै तपाईंले विश्वास गर्नुहुन्छ होला ६ महिनाभन्दा थोरै समयमा नै मसँग धेरै पैसा जम्मा भएको थियो र मैले घडी किनें ।”
साथीको यस्तो कुरा सुनेर अर्को साथीले भन्यो, “तर यस्तो लाग्छ तिमीले अहिलेसम्म घडी किनेका छैनौ ।”
“ठीकै हो, किनिनँ । जब मैले थाहा पाएँ कि पचास सेन्टको लञ्च नखाइकन नै म निर्वाह गर्नसक्छु भने सुनको घडी नलाए पनि म निर्वाह गर्न सक्नेछु र घडीको लागि जुन पैसा मैले जम्मा गरेको थिएँ त्यो पैसाले अहिले घर र ऐश्वर्यको हिसाब गर्न थालिसकेको छु । छिट्टै नै मेरो आप्mनो भवन बन्नेछ ।”
कन्सास नगरको एउटा समाचार पत्रको प्रकाशकले आप्mनो पत्रिका बेच्ने हकरहरुलाई एक एक वटा पासबुक उपहारस्वरुप दियो । सबैको पासबुकमा एक–एक डलर जम्मा गरिएको थियो । त्यो प्रकाशकले उनीहरुमध्ये जसको खातामा ६ महिनासम्म डलर जम्मा भइरहनेछ उनीहरुलाई थप एक डलर अरु दिइनेछ भन्यो । त्यो पत्रिकामा काम गर्ने सबै हकरको संख्या पाँच सय जति थियो । उनीहरु मध्ये पचास हकरले ६ महिनापछि एक–एक डलर अरु पाए । उनीहरु मध्ये एकले बाह्र डलर जम्मा पारेको थियो । अघिल्लो वर्ष जब क्रिसमस आयो तब सबै हकरको बैंक खातामा एक सय पचास डलर जम्मा भएको थियो । बैंकको मुख्य मानिस यति खुशी भयो कि उसले हरेक हकरको खातामा एक एक डलर आप्mनो तर्पmबाट दियो ।
मितव्ययिताको बारेमा यो एउटा अत्यन्त व्यवहारिक शिक्षणको बाटो थियो जसले बचत गर्ने बाटो खोलिदिएको थियो । यदि त्यो पत्रिका प्रकाशक बचतको प्रत्यक्ष बाटो नखोल्दिएको भए सायदै कुनै हकरले एक सेन्ट पनि जम्मा गथ्र्यो या बैंकमा हिसाब खोल्न प्रवृत्त हुन्थ्यो । पैसामा त्यो शक्ति हुन्छ कि त्यो विशाल धन बन्न सक्छ ।
धन जोगाएर राख्नुस्
“लुगाको लागि हामी सबैथोक बलिदान गर्न सक्छौं । हामी आप्mनो आराम, सुख र आनन्दको सम्म ख्याल गर्दैनौं । राम्रो लुगाले हाम्रो पैसाको थैली खाली गरिदिन्छ । यसले गर्दा हाम्रो चुलो बल्न पाउँदैन र घरमा भोकले बास गर्छ । अँध्यारो कुहिरो र दुःखले घेर्नेछ । यदि हामीले सोचेर पाइला चालेको भए हाम्रो घरमा सुख, शान्ति र अतिथि सत्कारको बास हुन्थ्यो ।” – कापर
“एउटा लोककथाबाट हामी थाहा पाउन सक्छौं कि एउटा गुरुको चेलाले प्mेयाँकिएको शीशाको टुक्रालाई मिलाएर गिर्जाघरको अगाडि सुन्दर झ्याल बनाएको थियो । जसको सुन्दरताको सीमा नै थिएन । उसको मनमा जुन आदर्श थियो त्यसकै परिणाम काँचको टुक्रालाई एकत्रित पा¥यो र त्यसबाट सौन्दर्यपूर्ण रुपरेखा तयार भयो ।” – एन. डी. डिल्लीस
जोन. डब्ल्यू. मेक्नाल्टी जसलाई मट्टीतेलको ज्ञाता भनिन्थ्यो, ऊ अकस्मात धनी बन्दा नवयुवक नै थियो । ऊ आप्mनो पैसा मनलाग्दो खर्च गथ्र्यो । ऊ घोडा गाडी र घोडाको जोडी किन्थ्यो र चलाउनको लागि कुनै सइसलाई नोकर राख्थ्यो अनि अन्तिममा ती घोडा गाडी र घोडाको जोडी उसैलाई भेटस्वरुप दिन्थ्यो । सइस मख्ख रहन्थ्यो । यस्तो बानीको कारण ऊ छिट्टै गरिब बन्यो । उसलाई जीविका चलाउनको लागि मेहनत मजदुरी गर्नुपर्ने स्थिति आयो । एकपल्ट फेरि ऊ आप्mनो वास्तविक स्तरमा आयो, कुनै नदीमा अस्थाई रुपमा बाढी आएझैं । बाढी आइसकेपछि नदी आप्mना दुई किनारमा सीमित बनेजस्तै ढिलो चाँडो यदि स्वस्थ रहिरहे र कुनै दुर्घटना भएन भने हरेक मानिस र हरेक परिवारमा एक न एक पल्ट धनको बाढी आउँछ र उनीहरु धनी बन्नेछन् । जबसम्म धन कमाउने योग्यता हुन्छ, यो योग्यताको नियम संसारद्वारा गरिन्छ ।
निर्धनताको हावाले र आर्थिक स्वाधीनताको इच्छाले परिश्रम र मितव्ययितालाई प्रेरणा मिल्छ । यसको परिणाम धन–सम्पत्ति आउँछ । जब अत्याधिक सम्पदा प्राप्त हुन्छ तब त्यसबाट उदारता आउँछ । प्रायः अपव्यको बानी पनि आउँछ । तब संचित धन अवश्य तितरबितर हुन्छ, यो अर्को कुरा हो यो काम ढिलो या चाँडो हुन्छ । पुरानो भनाइ प्रायः ठीकै छ, “तीन पिँढी पछाडि परिवारको आर्थिक स्थिति दोहोरिन्छ ।” धेरैभन्दा धेरै पाँच पिँढीमा त यो परिवर्तन अवश्य आउँछ ।
बभेरियाको पागल राजा लुडविग पैसाको व्यवहारिक मूल्यको ज्ञानमा शून्य थियो । बालककालमा उसलाई खर्च गर्नको लागि जति पनि पैसा प्राप्त हुन्थ्यो । जब ऊ अठार वर्षको भयो तब राज्यले उसलाई सुनको पर्स भेटस्वरुप दियो । सबैभन्दा पहिला उसले आप्mनो आमाको लागि सुनको हार किन्यो । यसको मूल्य चुक्ता गर्नको लागि उसले पसलेलाई त्यो पर्स दियो, उसलाई सुनको मूल्य थाहा थिएन किनकि उसले मेहनत गरेर कमाएको थिएन । जब उसले जंगललाई भर्सिलिजको नगर बनाउने आज्ञा दियो या म्युनिखलाई विश्वको महानगर बनाउने आज्ञा दियो उसले कसैलाई पनि यो काम गर भनेर अह्राएन ।
भनिन्छ कि महारानी जोसेफिनलाई शुरुवातमा, ७२,००० पाउण्ड प्रतिवर्ष प्रसाधन सामाग्री किन्नको लागि दिइन्थ्यो । पछि यो राशी बढाएर ९०,००० पाउण्ड बनाइएको थियो । तर एक वर्ष पनि यस्तो थिएन, उसलाई कहिल्यै पनि त्यो भत्ताले पुग्दैनथ्यो । हरेक वर्ष उसको खर्च बढिरहेको हुन्थ्यो र उसको सहायता गर्न नेपोलियन आउनुपर्ने हुन्थ्यो । मेसनले अनुमान लगाए कि जोसेफिन आप्mनो प्रसाधन सामाग्रीमा २,२०,००० पाउण्ड प्रतिवर्ष खर्च गर्थिन् । उसको लुगा रोखेको ठाउँमा गएर लुगाको मूल्य थाहा पाउन खोज्ने हो भने एक से एक महंगा लुगा थिए । एक नारी कसरी यति धेरै धन सौन्दर्य प्रसाधनमा खर्च गर्न सक्छिन् ।
यदि नेपोलियनमा व्यवहारिक मितव्ययिता नभएको भए जोसेफिनको फजुल खर्चको फ्रान्सका सरदारले खुलेर विरोध गर्ने थिए ।
“राक्षसनी सम्पदालाई निलिरहेकी थिई र जनता भोकै मरिरहेका थिए ।”
रोमन साम्राज्यमा जति अपव्ययलाई चकित गर्ने उदाहरण अन्त कतै भेटिदैन । जुन समयमा त्यहाँका जनता अलेक्जेन्ड्रियाबाट आउने अन्नको जहाज ढिलो आउने हो कि भनेर गन्दै बसेका हुन्थे कतै उनीहरुले भोकै मर्नु नपरोस् । त्यसै बेला त्यहाँ उच्च वर्गका मानिस भव्य पार्टीमा अपार सम्पत्ति खर्च गरिरहेका हुन्थे । हीरा–मणीले जडिएको सुरा पात्रोमा रक्सी हालेर खान्थे जसको मूल्य सयौं पाउण्ड हुन्थ्यो र यी पार्टीहरुमा मृगको गिदी र कोइलीको जिब्रोको मासु खान्थे र जसको परिणाम रोग फैलियो र मानिस अल्पआयुमा नै मर्न थाले । त्यो समयमा रोमन आइमाईहरुको भेशभुषा अत्यन्त शानदार थियो । त्यो बेला पार्टीहरुमा लगाउने पोसाक हीरा–मोती जडिएका हुन्थे । बडेप्लिनीको भनाइअनुसार, “लोलिया पोलिनाले उसको विवाहको मगनीको अवसरमा किन्न हेरेको लुगाको दाम २,००,००,००० थियो र यो पनि भनिन्थ्यो कि अरु लुगाभन्दा यो लुगा सस्तो थियो ।”
सनकीपना, फजुल खर्ची, आडम्बर, अपवित्रता आदि समाजमा एउटा तुफान जसरी छाएको थियो र त्यो समयमा थकाई भगाउनको लागि या मनोरञ्जन गर्नको लागि योभन्दा बाहेक अरु कुनै बाटो देखेका थिएनन् ।
उनीहरु पार्टीमा यति धेरै सम्पत्ति उडाउँथे कि त्यो धनराशी माथि विश्वास नै हुँदैन । सुप्टाले नियमले एउटा प्रीतिभोजको उल्लेख गरेका छन् जुन वेटिलियसलाई उनका दाइले दिएका थिए । यस प्रीति भोजमा अन्य पदार्थका अतिरिक्त, दुई हजार सर्वोत्तम माछा थिए, सात हजार विभिन्नथरिका पंक्षीको मासु थिए । त्यो पार्टीमा एउटा स्पेशल प्लेट यति ठूलो थियो कि त्यसको नाम मिनर्वाको ढाल थियो । सुगा तथा कोइलीको जिब्रोको मासुले भरिएको थियो त्यो भोज । यी पदार्थलाई धेरै महंगो हुने भएको कारणले खास तरिकाले त्यो पार्टीमा राखिएको थियो ।
यी वस्तुहरु सीमान्त अपव्ययको उदाहरण हुन् तर आजको युगमा पनि मानिसहरु आप्mनो आयभन्दा बढी व्यर्थको देखावटी गर्नको लागि पछि पर्दैनन् र त्यसलाई उनीहरु आप्mनो उदारताको संज्ञा दिन्छन् ।
एउटा चतुर विचारकको भनाइ छ, “एउटा बच्चालाई पाल्नको लागि एउटा प्रदेशको आय जरुरत पर्छ । हामीमा व्यर्थको अपव्ययमा एकअर्कामा होड चलिरहेको हुन्छ । भौतिक वस्तुको संचयमा र सम्पदाको अपव्ययमा एकअर्कालाई पछि पार्न खोजिरहेका हुन्छांै । हाम्रो विचार केवल एउटै कुरामा सीमित भएको हुन्छ कि संसारमा पदार्थको उत्पादन कसरी बढाउने र तिनीहरुलाई आप्mनो उपयोगमा कसरी ल्याउने । यो संसारभरि नै फैलिएको एउटा विचार हो कि सुख र आनन्द, कम काम र धेरै आयबाट प्राप्त गर्न सकिन्छ ।”
एक आधुनिक अर्थशास्त्रीको भनाइ छ, “धन कमाउन सजिलो छ तर यसलाई जोगाएर राख्न धेरै गाह्रो छ ।” आनन्द यो विज्ञानमा निर्भर गर्दछ कि मानिस जे पनि कमाउँछ, त्यसबाट थोरै भए पनि बचत गर्छ भने उसले आपूmले चाहेको र आपूmलाई आवश्यकता परेको पदार्थ प्राप्त गर्न सक्छ ।”
जसको नियमित र निश्चित आय हुन्छ, उनीहरुको लागि बचत गर्नु ठूलो समस्या हो । धेरै आकस्मिक व्यय हुने ठाउँहरु हुन्छन्, अगणित प्रलोभन हो, असीम माग हो, यी सबैलाई बसमा गर्नु या दूरदर्शी भएर त्यसलाई हेर्न धेरै गाह्रो हुन्छ ।
तर जसको नियमित र निश्चित आय हँुदैन, उनीहरुको लागि यो समस्या सुल्झउन प्रायःअसम्भव नै हुन्छ । भनिन्छ कि मानवता सम्पूर्ण रुपमा सधैं नै एक वर्षको भोकमा जीवन व्यतीत गरिरहेको हुन्छ । निश्चित नै केही कम मानिस आप्mनो पूरै एक वर्षको आयलाई सुरक्षित बचाएर राख्ने स्थितिमा हुन्छन् । अर्थात् यस्ता मानिस एक दुई मात्र हुन्छन् जो वर्षभरिको खर्च पहिले नै जोगाएर राख्छन् र आप्mनो पूरै एक वर्षको आय जोगाएर सुरक्षित राख्ने स्थितिमा हुन्छन् र पछिल्लो वर्ष जोगाएर राखेको पैसा पनि खर्च गर्दैनन् । तर केही मानिस पछिल्लो वर्ष जम्मा गरेको पैसा पनि खर्च गर्नको लागि निकाल्छन् । यदि यो कुरा सम्भव हुने हो भने व्यय गर्ने कला सिक्नको लागि सजिलो हुनेछ ।
वास्तवमा व्यय गर्ने कला, जोगाएर राख्ने कला हो । यदि कोही मानिस जोगाएर राख्न सक्छ भने जहिले अनिवार्य व्यय गर्नुपर्ने स्थिति आउँछ त्यो बेलामा ऊ व्यय गर्न सक्षम हुन्छ, किनकि ऊसँग व्यय गर्नको लागि पैसा हुन्छ । यो निश्चित छ कि व्ययको विज्ञान यो ज्ञान प्राप्त गर्नमा आश्रित छ कि आवश्यकभन्दा अनावश्यक व्ययलाई पृथक कसरी गर्ने र आवश्यकको पहिला पूरा गर्ने अनि अनावश्यकमा सीमित मात्र खर्च गर्ने जहाँसम्म कि त्यो आपूmसँग भएको सम्पत्तिमा यस्तो बोझ नबनोस् कि उसको सीमा पार होस् ।
पी. टी. बारनमको भनाइ छ, “जुन महिला–पुरुषमा सनक या लालचलाई पूरा गर्ने बानी परेको हुन्छ, उसलाई सबैभन्दा पहिला आप्mनो अनावश्यक खर्चमा कटौती गर्नु अत्यन्त गाह्रो प्रतीत हुन्छ । उनीहरुलाई एउटा सानो घरमा बस्नु र सस्तो खर्चमा निर्वाह गर्नु धेरै गाह्रो र आत्मत्याग देखिन्छ । कम इष्टमित्र, कम नाटक सिनेमा, कम गाडी, कम आनन्द यात्राको, कम धुम्रपान, थोरै सुरापान र खर्च गर्ने अरु कुरामा कम गर्नु धेरै कठिन काम हो । तर एक पटकमा एक पैसा मात्र भने पनि बचत गर्न सुरु गर्ने हो भने कुनै कठिनाइ पर्ने छैन । अलिकति जम्मा हुने बित्तिकै त्यो पैसालाई ब्याजमा या कुनै कम्पनीको शेयरमा लगानी गर्ने हो भने केही समयपछि जुन आनन्द प्राप्त हुन्छ त्यसको वर्णन गरेर साध्य छैन । उनीहरुले देख्नेछन् कि जुन पैसा थोरै भए पनि उनीहरुले जम्मा गरेका थिए त्यो कसरी आफंै बढ्दै जान थाल्यो । साथै यो मितव्ययिताको जुन बानी उनीहरुलाई परेको हुन्छ जसको कारणले अरु धेरै नराम्रा बानीहरु छुटेर जानेछन्, यसले उनीहरुलाई अतिरिक्त आनन्द प्राप्त हुनेछ ।”
एउटा पुरानो सुटले एउटा अर्को जाडोको सिजन कटाउँछ । गाडीमा हिंड्नुभन्दा पैदल घुम्नु या पदयात्रा उनीहरुलाई धेरै आनन्ददायी हुन्छ । मनोरञ्जनको लागि उनीहरु साथीको बैठक, साँझमा भेटघाट या एक घण्टाको खेल उनीहरुलाई धेरै आनन्ददायी हुन्छ । जब उनीहरुलाई बचतबाट हुने आनन्दको अनुभव हुन्छ तब पचास डलर वा पाँच सय डलरको पार्टीको योजना बन्दैन ।
हजारौं लाखौं मानिस एकपल्ट थुप्रै सम्पत्ति कमाएर पनि गरिब भएका छन् । यसै कारणले कि उनीहरु आप्mनो पहँुच र सामथ्र्यले धेरै उच्चस्तरको जीवनको योजना बनाएर बस्छन् । कयौं परिवार प्रतिवर्ष सयौं डलर खर्च गर्छन् तर केही परिवार यस्ता पनि हुन्छन् जसले बीसांै भाग खर्च गरेर योभन्दा बढी आनन्द र सुखसुविधा लिन्छन् । यसको कारण हो उनीहरुको विवेकपूर्ण खर्च । सम्पन्नता निर्धनताभन्दा गाह्रो परीक्षा हो । विशेषतः अकस्मात सम्पदा प्राप्त हुनु । एउटा पुरानो भनाइ छ, सजिलै आएको पैसा सजिलै जान्छ । यो सत्य हो । अभिमान र शानको भावनाले जब खुल्ला रुपमा छुट पाउँछ तब त्यो जुका जसरी टाँसिएर मानिसको सांसारिक वस्तु र धन–सम्पत्तिलाई नराम्रोसँग चुस्छ । चाहे त्यो सम्पत्ति थोरै होस् या धेरै । धेरैजसो मानिस त्यत्तिकै धनी बन्छन् र आप्mनो विचार र कल्पनालाई खुल्ला रुपले छुट दिन्छन् र ऐश आरामको लागि र सुखभोगको लागि खुल्ला हृदयले खर्च गर्छन् र यो क्रम तबसम्म चल्छ जबसम्म सबै धन सिद्धिदैन । यस्ता मानिस अन्त्यमा नष्ट भएर जान्छन् । यस कारणले कि मानिस जाग्नु पर्छ, आपूmले आफंैलाई सखाप पार्नु मूर्खता हो ।
एउटा धनाढ्य सज्जनलाई मैले चिनेको थिएँ । उसको भनाइ थियो, “जब पहिला पहिला म नवधनाढ्य बनेको थिएँ, त्यस बेला मेरी श्रीमतीले राम्रो सोफा ल्याउने इच्छा प्रकट गरिन् । त्यो सोफा किन्दा तीस हजार डलर खर्च भयो । यस्तो राम्रो सोफा जब घरमा आयो तब त्यसलाई सेट मिल्ने खालको कुर्सीको आवश्यकता महसुस भयो, त्यसपछि कप बोर्ड र मेच मेल खाने हुनुपर्ने आवश्यकता देखियो । यहाँसम्म कि सबै फर्निचर नयाँ ल्याउनु पर्ने आवश्यकता देखियो र अन्त्यमा यस्तो लाग्यो कि यी सबै सामान राख्नको लागि घर नै सानो छ र पुरानो इस्टाइलको पनि छ । नयाँ फर्निचर किनेको कारणले घर पनि बनाउनु पर्ने भयो । यस प्रकार त्यो एउटा सोफाको कारणले तीस सहस्र डलर खर्च गर्नुप¥यो । त्यसमा नोकरचाकर, अन्य साजसज्जाको समान, घरको रेखदेख र साजसज्जाको लागि एघार हजार डलरप्रति वर्ष खर्च गर्नुपर्ने भयो । यसको उल्टो दश वर्ष अगाडि हामी योभन्दा धेरै वास्तविक सुख र आरामले बस्थ्यौं किनकि त्यो समयमा हामीमाथि आयोजना, कोसिस र चिन्ताको भार थिएन । वस्तुतः यदि अकस्मात् अत्याधिक लाभको एउटा बाढी मेरोमा नआएको भए त्यो एउटा सोफा किन्ने रहरले मलाई खुसियाली भरिदिएको हुन्थ्यो । योसँगै मलाई यो कुराले पनि बचायो कि मैले तुरुन्तै आप्mनो खर्चमा कटौती गरें ।”
यदि तपाईं धनी बन्न चाहनुहुन्छ भने तपाईंले धनको मूल्य थाहा पाउनु आवश्यक छ । धनको मूल्यको अध्ययन र अनुभव गर्नु आवश्यक छ । एक चतुर लेखकको भनाइ छ, “यो कुरालाई कहिल्यै नभुल्नु तपाईं त्यति नै धन कमाउनु हुनेछ जति इमान्दारीले तपाईं समाजको सेवा गर्नुहुन्छ ।”