काठमाण्डौ – आज सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलाको एक लाख ३६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।हिजो सुनको भाउ तोलाको एक लाख ३५ हजार पाँच सय रुपैयाँ रहेको थियो । हिजो एकैदिन सुनकाे भाउ तोलामा दुई हजार सात सय रुपैयाँले घटेको थियो ।त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा १० रुपैयाँले बढेर एक हजार छ सय ७० रुपैयाँ पुगेको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार छ सय ६० रुपैयाँ रहेको थियो ।