
काठमाडौं- आइतबार शेयर बजारमा ८ दशमलव दुई छ अंकको सुधार आएको छ । नेप्से परिसूचक अघिल्लो कारोबार दिन (गत बिहीबार) को तुलनामा शून्य दशमलव चार दुई प्रतिशतले बढेर १९ सय ७४ दशमलव पाँच शून्य अंकमा उक्लिएको छ । यसदिन होटल र पर्यटन, लघुवित्त र वित्त बाहेकका समूहले समग्र परिसूचक बढेको हो ।
होटल र पर्यटन समूहको परिसूचक दुई दशमलव चार शून्य, लघुवित्त समूहको परिसूचक एक दशमलव तीन पाँच र वित्त समूहको परिसूचक शून्य दशमलव आठ छ प्रतिशतले घट्दा निर्जिवन बीमा समूहको परिसूचक सबै भन्दा धेरै दुई दशमलव छ चार प्रतिशतले बढेको छ । यस्तै, विकास बैंक, जिवन बीमा, उत्पादनमूलक र व्यापार समूहको परिसूचक एक प्रतिशत भन्दा धेरैले बढ्दा बाँकी समूहको परिसूचक एक प्रतिशत भन्दा कमले बढेको छ ।आइतबार बढेको बजारमा कारोबार रकम र कारोबार शेयर संख्या पनि सामान्य सुधार देखिएको छ । दिनभर कुल ३ सय ११ कम्पनीको ७८ लाख ५७ हजार कित्ता शेयर ३ अर्ब १५ करोड ५१ लाख रुपैयाँ बराबरले किनबेच भएको छ । बिहीबार ७० लाख ५८ हजार कित्ता शेयर ३ अर्ब १२ करोड १२ लाख रुपैयाँ बराबरमा किनबचे भएको थियो । आइतबार कारोबार रकमको आधारमा सांग्रिला विकास बैंक लिमिटेड अग्रस्थानमा रहेको छ ।कम्पनीको १० करोड ५० लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । बाँकी कुनै पनि कम्पनीको कारोबार रकम १० करोड नाघेको छैन । आइतबार बजारमा नेप्से परिसूचकका साथै कारोबार रकममा पनि सुधार आउँदा श्रीजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । यता, मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सबै भन्दा धेरै ५ दशमलव चार चार प्रतिशतले घटेको छ ।


























