
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार (चैत २८) सेयर बजार ८.६० अंकले घटेको छ । बजार २६६७.६ विन्दुमा कायम भएको छ ।यस दिन पाँच अर्ब ६३ करोड ७९ लाख रुपैयाँबराबरको सेयर किनबेच भयो । एक करोड १३ लाख ८४ हजार कित्ता सेयर ४९ हजार ६३२ पटकमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।११३ कम्पनीको सेयर मूल्य बढेको छ । १३१ कम्पनीको सेयर मूल्य घटेको छ । नेपाल माइक्रो फाइनान्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको सेयर मूल्य ९.९८ प्रतिशले बढेको छ ।




























