निर्देशक जौन योञ्जनको निर्देशनमा निर्माण हुन लागेको नयाँ चलचित्र आखाँमा अभिनेता बुद्धि तामाङ अनुबन्धित भएका छन् ।आफ्नो कर्ममा विश्वास राख्ने बुद्धि यस चलचित्रमा अहिले सम्मकै फरक भूमिकामा देखिदैछन्।जौन योञ्जनकै कथा रहेको फिल्मको पटकथा योन्जन आफैले तयार पारेका हुन् । योन्जनले यसअघि फिल्म ‘बाह्र सत्ताइस’ निर्देशन गरेका थिए भने उनकै लेखन र निर्देशनमा बनेको फिल्म ‘म राजेश हमाल’ हाल सम्पादन भैरहेको छ ।चलचित्रमा अलोक शुक्लाको छाँयाकन रहनेछ भने मुख्य सहायक निर्देशक सन्तोष मल्ल र सहायक निर्देशक ध्रुव कार्की रहेका छन।लामा सिनेमाको प्रस्तुति रहेको चलचित्रलाइ साइलेन्ट एक्ट र ढाका टोपी फिल्मले निर्माणमा सहकार्य गरेका छन । फिल्म ‘आँखा’ निम्नवर्गीय परिवारको सामाजिक कथामा आधारित कथा हो । यस चलचित्रमा अभिनेत्री निशा अधिकारी अनुबन्धित भइसकेकी छिन भने अभिनेता आर.के. मेहता पनि अनुबन्धित भएका छन् । फिल्म २४ वैशाखबाट फ्लोरमा जाने निर्माण टिमले जनाएको छ ।