काठमाडौं । मातातिर्थ औंसी एवं मातृदिवसकाे अवसरमा आमा बोलको गीत सार्वजनिक भएको छ ।
गीतले छोरा बाध्यताले विदेशिनु परेको र छुट्टी नपाएको कारण आमालाई भेट्न आउन नपाएको पीडा बोलेको छ ।
“हे आमा…
मलाई एकपटक फेरी बाल्खा बनेर तिम्रो काखमा घित मारेर सुत्न मन छ…
तिमीले मलाई सुनाएका एकादेशका कथा सुनेर निदाउन मन छ… आमा हे आमा…”
हो गीतकाे शब्दले भनेजस्तै आम मान्छेको कथा यो गीतमा चित्रण गरिएको छ ।
सनुप पौडेलको आवाज समावेश भएको गीतमा खिम केसी शब्द र राजन ईशानको संगीत र एरेन्ज रहेको छ ।
राजन ईशान र बिजेश पौडेलको निर्देशन गरेको गीतलाई स्वंय बिजेश पौडेलले सम्पादन गरेका छन् । छायाँकन भने निरज श्रेष्ठको हो ।
रेनु नेपाल र मनिषलाई भिडीयोमा फिचर्ड गरिएको छ ।
मातातिर्थ औंसी अर्थात मातृदिवस
हरेक वर्षको कृष्णपक्षको औंसीमा आमाको मुख हेर्ने चलन छ, यस घडिलाई मातातिर्थ औंसी एवं मातृदिवस पनि भन्ने गरिन्छ । आमा प्रति विशेष भक्ति र भावयुक्त सम्मान गरिएको हुँदा यस दिनलाई आमाको मुख हेर्ने दिन भनिन्छ ।
बिहानै सबेरै उठी स्नान गरी आमालाई उपहार प्रदान गर्ने, मिष्ठान भोजन खुवाई आमाको मुख हेर्ने र आशिर्वाद लिने गरिन्छ । आमाबाट टाढा रहेका आमालाई भेट्न र आर्शीवाद लिन समेत आईपुग्छन् ।आमा नभएकाहरुले पनि आमाको मुक्तिको कामना गर्दै श्राद्धतर्पण गरी मातृत्वको स्मरण गर्दछन् । भिडियो… https://youtu.be/YTitOwfjeko