
काठमाडौं । अनमोल केसी स्टारर फिल्म ‘जेरी अन टप’ भारतमा प्रदर्शन हुने भएको छ । त्यहाँस्थित नेपालीभाषी दर्शकलाई लक्षित गर्दै फिल्म २७ फेब्रुअरी, शुक्रबारदेखि रिलिज हुने भएको हो ।नेपालमा शानदार कमाई गरेको फिल्म अब भारतमा प्रदर्शनमा आउन लागेको हो ।फिल्म दार्जिलिङ, सिक्किम, देहरादुन, नयाँ दिल्ली, मुम्बई कालिम्पोङ, सिलिगुडी र कोलकातासहित विभिन्न ठाउँका हलमा फिल्म लाग्ने बताइएको छ । फिल्म इनोक्स, पिभिआर लगायतका सिनेमा चेनसहित सय भन्दा बढी स्क्रीनमा रिलिज हुने बताइएको छ । फिल्मको टिकट बुक माई शो लगायतका एपबाट समेत लिन सकिने छ ।
प्रेमको कथावस्तुमा निर्माण भएको फिल्मले सगरमाथा आरोहणको साहसिक कथा पनि पेश गर्छ । भारतका विभिन्न सहरमा एकसाथ प्रदर्शन हुँदा नेपाली फिल्मको अन्तर्राष्ट्रिय बजार विस्तारमा यो फिल्मको रिलिजले भूमिका खेल्ने अपेक्षा निर्माताको छ ।




























