
चलचित्र ‘भगवत् गीता’को छायांकन सुरु गरिएको छ । शुक्रवार जनकपुरधामको राम मन्दिरमा क्यामेरा र स्क्रिप्ट पूजा गर्दै चलचित्रको छायाँकन सुरु गरिएको हो ।झरना थापाको निर्देशन एवं सुनिल कुमार थापाको निर्माण रहने चलचित्रमा विपिन कार्की, धिरज मगर र सुहाना थापाको मुख्य भूमिका रहनेछ ।जनकपुरपछि चलचित्रको बाँकी छायांकन काठमाडौँ र मनाङमा गरिनेछ । जनकपुरमा लामो समय लगाएर क्लाइमेक्स र अन्य दृश्य खिचिने बताइएको छ ।प्रेमकथामा आधारित रहने चलचित्रमा धिरज र सुहानाको जोडी बाँ




























