
काठमाडौं । गायक प्रकाश तिमिल्सिनाको निधन भएको छ ।उनी ललितपुर महानगरपालिका,१८ स्थित आफ्नै कोठामा मृत अवस्थामा फेला परेको ललितपुर प्रहरी प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए ।स्व.तिमिल्सिनाका ‘प्रिय तिम्रो सिउँदोमा सिन्दूर भर्न देऊ ‘, ‘तिम्रो हातको सिन्दूर’, ‘जुन भन्दिन’, ‘नमान लाज यसरी’, ‘नआए नि हुन्थ्यो’ लगायतका गीतहरू नेपाली गीत संगीतमा चर्चित छन् ।
उनको शव पोस्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको छ ।




























