![]()
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेको विरोधमा जनकपुरमा प्रदर्शन भएको छ ।बुधबार सिरोहियालाई धनुषा जिल्ला अदालतमा पेश गर्ने क्रममा अदालत बाहिर प्रदर्शन भएको हो । प्रदर्शनमा सहभागीहरुले राज्य आतंक बन्द गर, कैलाश शिरोहियालाई रिहा गर लगाएतका नारा लगाएका थिए । अदालत बाहिर प्रदर्शन भएपछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । दोहोरो नागरिकताको आरोपमा मंगलबार काठमाडौंबाट पक्राउ गरेका सिरोहियालाई बुधबार जिल्ला अदालतमा हाजिर गराइएको छ ।




























