रोशन घर्ती मगर
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रम बोल्दै अध्यक्ष राजेन्द्र लिङदेनले देश र धर्म संकटमा परेको बताएका छन् ।आशन्न बैशाख ३० गते. हुने स्थानिय निर्वाचनको संघारमा राप्रपामा प्रवेश गर्नेको लर्को छ । लिङदेनले देश र धर्म जोगाउने अभियानमा जोडिएको धन्यावाद समेत दिए ।
'देशभन्दा माथि अर्को केही कुरा छैन । राप्रपा देश बचाउने अभियानमा छ । हामीले जब पार्टी प्रवेशको कार्यक्रम सामाजिक सञ्जालमा राख्छौ तब समाजका अग्रज व्यक्तिले पार्टी प्रवेश गरेको देख्दा देशभक्ति मरेको छैन भन्ने लाग्यो' लिङ्देनले भने ।
'ठुला पार्टीहरु पटकपटकको परिक्षामा असफल हुनुभो देशले विकल्प खोजेको छ र त्यो विकल्प राप्रपाबाहेक अरु कोही हुन सक्तैन् । एकदिन होईन् एकक्षण पनि हामी तपाई निराश बनाउने छैनौं ।'
भष्ट्रचार गर्नु भनेको आमाको रगत खानुसरह भनेर राजनीतिमा आएको छु ।
'यो प्रणाली ध्वस्त भैसक्यो यदि प्रणाली ठिक हुन्थ्यो भने किन ३२ वर्षमा २६ वटा सरकार बने । २ तिहाई बहुमत पाउँदा पनि ५ वर्ष चल्ने वातावरण भएन ।' माओवादी,एमाले,राप्रपा हुदाँहुदाँ विवेकशील साझा पार्टी समेत विभाजन हुन पुग्यो यसको अर्थ प्रणालीमै दोष छ । ' उनले भने ।
'सिमित नेता र राजनीतिक दलको चक्रब्युहमा नेपाल फसेको छ। हामी यो चक्रब्युहबाट निस्कन सकेनौं भने यो देश असफल घोषणा हुन्छ । कांग्रेस,माओवादी,एमाले असफल भएर केही छैन तर राप्रपालाई अससफल हुने छुट पटक्कै नभएको समेत बताए ।
साथै उनले योग्यता भएका क्षमता भएका स्वतन्त्र जिवन बिताईरहेका तर समाज र देश परिवर्तन गर्न सपना बोकेका अन्य दलका नेता पनि आशन्न स्थानिय तहको निर्वाचन उम्मेद्वार हुन चाहेमा राप्रपाले टिकट दिने बताएका छन् ।