
कृषि प्रधान देश नेपालमा आज १२औँ राष्ट्रिय कृषक दिवस मनाइँदै छ । देशभरका कृषकहरुको सम्मानको लागि मनाइने यो दिवसका दिन देशभित्रका कृषि पेसा र सेवामा लागेका कृषकको प्रोत्साहन र सम्मानको लागि विभिन्न कार्यक्रमको आयोजना गर्ने गरिन्छ ।राष्ट्रिय कृषक महासंघ नेपालले ‘‘मानवीय विकासको मुख्य आधार कृषक समुदायको विकास गरी समग्र समाजको विकासमा सहयोगी बनौं’’ भन्ने नारासहित आइतबार दिवस मनाउँदै छ । विं सं २०७० साल देखि प्रत्येक वर्ष महासंघ अन्र्तगतको कृषक सेवा समितिले दिवस मनाउँदै आएको छ ।दिवसको अवसर पारेर देशभरका कृषि क्षेत्रमा लागेका उत्कृष्ट कृषकहरुलाई सम्मान गर्ने गरिन्छ भने, आधुनिक र विकसित कृषि प्रणालीबारे सचेतना दिने कार्यक्रमहरुको आयोजना पनि गरिन्छ । वि.सं २०७० साल देखि प्रत्येक वर्ष कृषक सेवा समितिले मनाउँदै आएको यो उत्सवको अवसरमा आज विभिन्न स्थानका उत्कृष्ट कृषकलाई सम्मान पनि गरिएको छ । नेपालको कुल जनसंख्या मध्ये अहिले ६५ प्रतिशत व्यक्ति कृषि पेशामा आवद्ध छन् । यो वर्ष सातौ राष्ट्रिय कृषक दिवसको मुख्य नारा “कृषकलाई सम्मानित गरौँ, कृषि विकासमा सहयोगी बनौं” भन्ने रहेको छ ।



























