
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भई कैद सजाय भोगिरहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी बिहीबार बिहान रिहा भएका छन् ।६५ वर्ष उमेर पूरा हुन लागेका रायमाझी ज्येष्ठ नागरिकसम्बन्धी कानुनी व्यवस्थाअनुसार कैद सजायमा २५ प्रतिशत छुट पाएपछि रिहा भएका हुन् ।काठमाडौं जिल्ला अदालतले उनको कैदमुक्तिका लागि डिल्लीबजार कारागारमा संशोधित कैदीपुर्जी पठाएको थियो । सोही पुर्जीका आधारमा उनी कारागारबाट मुक्त भएका हुन् ।रायमाझीलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर गर्दै २०८३ असार ३० गते चार वर्ष कैद सजाय सुनाइएको थियो । उनी २०८० वैशाख २० गते पक्राउ परेका थिए ।



























