
१० वैशाख, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा रघुजी पन्त नियुक्त भएका छन् । बधुबार मात्र प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गरेका थिए।शिक्षक आन्दोलन चर्किएपछि सोमबार विद्या भट्टराईले पदबाट राजीनामा दिएपछि शिक्षामन्त्रालय मन्त्रीविहीन भएको थियो।नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गरिएको राष्ट्रपति कार्यालय शीतल निवासले जनाएको छ ।





























