
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)विरुद्ध महानगरपालिकाको कार्यालय अगाडि ‘इनफ इज इनफ’ ले बिरोध प्रदर्शन गरेको छ ।‘इनफ इज इनफ’ले काठमाडौं महानगर अगाडि मेयर बालेन शाहविरुद्ध ठेलागाडा लगायत साना व्यापारीहरूको उचित व्यवस्थापन गर्न माग गर्दै विरोध प्रदर्शन गरेको हो । ‘इनफ इज इनफ’ले मेयर बालेनले महानगरभित्र व्यापार गर्ने साना व्यापारीहरूको व्यवस्थापनका गर्नुपर्ने माग राखेको छ । महानगरमा जीविकोपार्जन गर्न थोरै आय स्रोतका लागि साना व्यापार गर्नेहरु माथि भएको ज्यादतीविरुद्ध प्रदर्शन गरिएको सयल श्रेष्ठले बताए ।उनले जीविकोपार्जन गर्न व्यापार गर्नेहरु माथि महानगरले फोहोरको जस्तो गरी दुव्र्यवहार गनेको बताए । उनले संविधानले बाच्न पाउने अधिकार र मानव अधिकारको कुरालाई समेत हर्नन गरेको आरोप मेयर शाहलाई लगाए । उनले मेयर तथा महानगर विरुद्ध यो विषयमा संगठित भएर बोल्न नसकेको बताए । उनले महानगर पालिकाले व्यापारीको सामान व्यवस्थित गर्नुपर्नेमा सामान कब्जा गरेर जनतालाई राज्यले लुटेको बताए ।उनले महानगरले जसरी अमानविय रुपमा साना व्यापारीहरुलाई गरेको व्यवहार राख्नुपर्ने बताए । उनले गरिबीको चमेली बोलिदिने कोही छैन भन्ने मेयर आफ्नै गीतले उनलाई नै गिज्याएकाले गरिबको पक्षमा बोल्न आएको बताए । त्यस्तै, अर्को प्रदर्शनमा सहभागि सौरभ न्यौपाने फुटपाथ व्यवस्थापन मेयर शाहले निर्वाचनको बेला दिएको आश्वासन पूरा गर्न नसकेको बताए । उनले मेयर बालेन्द्रले निर्वाचनको बेला बोलेको कुरा बिर्सिएकाले विरोध प्रदर्शन भन्दा पनि सम्झाउन युवाहरु भेला भएको बताए ।त्यस्तै, विरोध प्रदर्शनमा सहभागि युजनराज भण्डारीले साना ठेलागाँडा व्यापारीहरु माथि महानगरले गरेको ज्यादतीविरुद्ध प्रदर्शन गरिएको बताए । उनले फुटपाथका गेलागाढा व्यवसायलाई व्यवस्थित गर्न सकिन्छ भनेर मेयर शाहले निर्वाचनको बेला भन्ने गरेपनि अहिले अमानवीय व्यवहार गर्ने काम गरेको आरोप लगाए ।




























