
देशभरका लघुवित्त पीडितहरू काठमाडौं आइपुगेका छन् ।उनीहरुले न्याय मार्च नाम दिएर न्याय नपाएको भन्दै काठमाडौं प्रवेश गरेका हुन् । काठमाडौंमा मंगलवार प्रदर्शनका क्रममा आन्दोलनमा सहभागी रोल्पाका गगन विश्वकर्माले लघुवित्तीय संस्थाहरुले बढी ज्यादती गरेको हुनाले आन्दोलन गर्नुपरेको बताउनु भयो । उहाँले लघुवित्तीय संस्थाहरुले ऋणीसँग चर्को ब्याज असुलेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘लघुवित्तीय संस्थाहरुले बढी ज्यादती गरेको हुनाले कसैलाई घरबार बिहीन बनाए, कसैलाई जग्गा लुटेर बैंकमा लुटपाट गराइदिने, बढी चर्को ब्याज असुलेका छन् । बढी पीडितलाई दबाब दिएकाले आन्दोलन गरेका हौँ ।’लघुवित्तीय संस्थाबिरुद्धको संघर्ष समितिले बुधवारबाट काठमाडौं लक्षित आन्दोलन गर्ने बताएको छ ।




























