
३० औँ पटक सगरमाथाको सफल आरोहण गरी रेकर्ड बनाउनुभएका कीर्तिमानी हिमाल आरोही कामीरिता शेर्पालाई काठमाडौंमा भव्य स्वागत गरिएको छ ।शुक्रबार काठमाडौं फर्किनुभएका कामीरिता शेर्पालाई त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिलनमा भव्य स्वागत गरिएको हो । उहालाई बौद्ध संस्कृति अनुसार स्वागत गरिएको थियो । सो क्रममा शेर्पाले आगामी बर्ष पनि सगरमाथा आरोहणलाई निरन्तरता दिने बताउनुभयो ।शेर्पाले सबैभन्दा धेरै पटक सगरमाथा चढेको आफ्नै रेकर्डलाई तोडेर ३० औँ पटक सगरमाथाको सफल आरोहण गरी ऐतिहासिक रेकर्ड बनाउनुभएको हो ।




























