काठमाडौ । भिजिट भिसाको दुरुपयोग बढेको भन्दै त्रिभूवन विमानस्थलको अध्यागमन कार्यालयले कडाइ सुरु गरेको छ ।पछिल्लो एकहप्तामा भिजिट भिसामा विदेश जान लागेका करिब ५ सयजना यात्रुलाई अध्यागमन कार्यालयले विमानस्थलबाटै फर्काइदिएको छ । खाडी सहित अन्य देशमा गलत ढंगले प्रयोग गरी विचौलियाले नेपाली पठाउन थालेपछि सो निगरानी शुरु गरिएको हो । प्रतिवन्धित देशमा समेत घरेलुु कामदारको रुपमा नेपाली पठाउने गरिएको पाइएपछि कडाइ सूरु गरिएको अध्यागमन कार्यालयका प्रमुख सुरेश पन्थीले बताएका छन् । उनका अनुसार भिजिट भिसामा मानव तस्करी बढेको देखियो । उनले बताए अनुसार धेरे जसो महिला फर्काइएको छ ।सरकारले नयाँ कार्यविधि ल्याएर बैध राहदानी,गन्तब्य देशको भिसा वा अन अराइभल भिसा प्राप्त हुने राष्ट्र भए भिसा नचाहिने,दुवैतर्फको टिकट,होटल बुकिग, आफन्त रहनेभए सो कुराको प्रमाण खुल्ने कागजात,भ्रमण खर्च कुनै निकायले बेहोर्ने भए सो संस्था वा निकायको निम्तोपत्र, पाँच सय डलर बराबरको नगद सटही भएको हुनुपर्ने ब्यवस्था गरिएको छ ।तर यि सबै मापदण्डको परिपालना नभएकोले राज्यले कडाइ गर्नुपरेको बताइएको छ।