
काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले जगन्नाथ रथयात्रा महोत्सवको शुभारम्भ गरेका छन् ।आइतबार काठमाडौंमा अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (ईस्कोन) द्वारा आयोजित ३९ औं जगन्नाथ रथयात्रा महोत्सवको राष्ट्रपति पौडेलले शुभारम्भ गर्नुभएको हो ।सो अवसरमा राष्ट्रपति पौडेलले भगवान जगन्नाथको पूजाअर्चना र आरती गर्नुभएको थियो ।नेपाली संस्कृतिको जगेर्ना तथा समाजमा आध्यात्मिक वातावरण स्थापनाको निम्ति प्रेरित गर्न रथ यात्राको आयोजना गरिएको आयोजकले जनाएको छ ।




























