काठमाडौं ।खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले काठमाडौं उपत्यकामा दिर्घकालिन रुपमा खानेपानीको व्यवस्था गर्न मेलम्ची खानेपानीको हेडवक्र्सलाई सार्नुपर्ने बताउनुभएको छ ।सिंहदरबारमा बुधबार बसेको राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा उहाले बर्षायाममा मेलम्ची खानेपानीको हेडवक्र्सलाई बन्द गरेर समस्या समाधान नहुने भन्दै बाह्रै महिना उपत्यकामा खानेपानीको व्यवस्था गर्न मेलम्ची खानेपानीको हेडवक्र्सलाई सार्नुपर्ने बताउनुभएको हो ।उहाले बिभिन्न बिभागले गरेको अध्ययनका आधारमा पनि हेडवक्र्सलाई सार्नुको बिकल्प नभएको जानकारी दिनुभयो । आचार्यले बिपदबाट हेडवक्र्समा करिव ८० देखि ९० करोडको क्षति भएकाले केहि रकम एडिविले अनुदानमा उपलव्ध गराउने प्रतिवद्धता आएको बताउनुभयो ।उहाले जलाधारको मुहान भएको निकुञ्जबाट पानी ल्याउनका लागि रोयल्टी तिर्नुपर्ने नियमावलीमा रहेको र यसले आम उपभोक्तालाई नै असर पर्ने भएकाले ऐन र नियममा सुधार हुन जरुरी रहेको उल्लेख गर्नुभयो ।बैठकमा समिति सदस्यहरुले मेलम्ची खानेपानीको बितरणमा देखिएका समस्यालाई दिर्घकालीन रुपमा समाधान गर्न सुझाव दिएका थिए । समितिले काठमाडौं उपत्यकाभित्र खानेपानीको उत्पादन वितरण एवं सहज आपूर्तिको लागि देखिएका समस्या चुनौती लगायतका विषयमा सरोकारवाला निकायसंग छलफल गरेको हो ।