काठमाडौं । नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाको मेयरमा सिर्जना सिंहसहित ५ जनाको नाम सिफारिस गरेको छ ।कांग्रेस काठमाडौं महानगर समितिले मेयरको उम्मेदवारको लागि सिंहसहित निलकाजी श्रेष्ठ, हरिप्रभा खड्गी, सुशन वैद्य र प्रगतिमान रञ्जितको नाम सिफारिस गरेको हो ।सिंह पुर्व महामन्त्री प्रकाशमान सिंहकी पत्नी हुन् । त्यस्तै, हरिप्रभा महानगरको निर्वाचित उपप्रमुख हुन् । शाक्य नगर सभापति र २५ वडाका वडाध्यक्ष हुन् ।
गठबन्धनले गरेको सहमतिअनुसार काठमाडौं महानगरपालिका कांग्रेसको भागमा परेको छ ।