
काठमाडौं ।आज विश्व मौसम विज्ञान दिवस मनाईंदैछ । जलवायुसम्बन्धी समस्याबाट नागरिक र समाजलाई सुरक्षित राख्न चेतनामूलक कार्यक्रम गरी आज विश्वभर मौसम विज्ञान दिवस मनाउने गरिन्छ ।सन् १९५० मा विश्व मौसम विज्ञान सङ्गठन स्थापना गर्ने महासन्धि लागु भएको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।
विगत केही दशकयता जलवायु परिवर्तन र त्यसले मानव सभ्यता र यो विश्वलाई नै प्रभाव पार्ने सङ्कटपूर्ण परिस्थिति उत्पन्न भएको संयुक्त राष्ट्रसङ्घले यो वर्ष जलवायुजन्य समस्या समाधान गर्न पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउने र जोखिम घटाउन सूचना प्रवाहमा जोड दिएको छ ।




























