काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । देशको तराई भूभागमा हुस्सु तथा कुहिरो लागेको अवस्था छ ।साथै देशका तराई भू-भागमा हुस्सु र कुहिरो लागेको अवस्था छ।शनिबार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहने र बाँकी भू-भागमा मौसम मुख्यतया: सफा रहने महाशाखाको पूर्वानुमान छ।राति पनि कर्णाली र सुदूरपश्चिमका भू-भागहरुमा आंशिकदेखि साधारणतया बदली रहने हिमाली क्षेत्रका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।