
काठमाडौं । टिभी शो ‘कमेडी दरबार’को ४ एपिसोडमा नदेखिएका हाँस्यकलाकार मनोज गजुरेल कार्यक्रममा फर्किएका छन् । मंगलबारदेखि उनले ज्वाइन गरे । यो शोमा महाराजाको भूमिकामा देखिएका उनले आज नयाँ एपिसोड छायांकन गरे ।शोमा महाराजाको भूमिकामा रहेका उनी एक महिना लामो युरोप टुरमा थिए। मनोज गजुरेलको स्थानमा फिल्म निर्देशक प्रदीप भट्टराईलाई ल्याइएको थियो ।‘कमेडी दरबार’ को मंगलबार छायांकन गरिएको एपिसोडमा टेलिसिरियल ‘सक्किगोनि’ का कलाकारहरू सागर लम्साल, हरिश निरौला, रक्षा श्रेष्ठ, प्रियना आचार्यलगायतका कलाकारहरूलाई अतिथि बनाइएको छ ।‘कमेडी दरबार’ लाई श्रद्धा प्रसाईं र विक्की अग्रवालले निर्देशन गर्दै आएका छन्। शोमा पर्फमरका रूपमा थुप्रै कलाकारहरूले प्रस्तुति दिँदै आएका छन्।



























