
ताप्लेजुङ । ताप्लेजुङको दोभान बजारमा बिहीबार दिउँसो आगलागी भएको छ। दोभानको पुरानो बजार क्षेत्रमा आगलागी भएको हो।
कोसी प्रदेश प्रहरी प्रमुख एवं डीआईजी शेखर खनालका अनुसार आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ। आगलागीबाट हालसम्म पाँचवटा घर जलेको उनले जानकारी दिए।
आगलागीबाट भएको क्षतिको विस्तृत विवरण भने अझै प्राप्त हुन सकेको छैन। आगो नियन्त्रणका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली परिचालन गरिएको छ। सुरक्षाकर्मीले आगो निभाउने प्रयास जारी राखेका छन्।



























