
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका छन् ।
राष्ट्रपति कार्यालयका अनुसार नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा चैत १९ गते बिहीबारका दिन २ बजे संघीय संसद भवन, सिंहदरबारमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका हुन् ।
यसअघि सोमबार अपराह्न बसेको मन्त्रिपरिषद्को बैठकले संघीय संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपति पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपति पौडेलले अधिवेशन आह्वान गरेका हुन्।




























