
काठमाडौँ । धादिङमा बिहीबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ११ः१४ बजे धादिङको चरङ्गे फेदी क्षेत्रलाई केन्द्रविन्दु बनाएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो ।भूकम्पको धक्का धादिङसहित काठमाडौँ उपत्यका र आसपासका जिल्लामा समेत महसुस गरिएको जनाइएको छ । हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन ।



























