
काठमाडौं । धादिङको गल्छी गाउँपालिका–६ बैरेनीमा गएराति तीन वटा सवारी साधन एकआपसमा ठोक्किँदा ३७ जना घाइते भएका छन् ।पृथ्वी राजमार्गअन्तर्गत राति करिब साढे ११ बजे काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१–००६ नम्बरको ट्रकलाई बागलुङतर्फ गइरहेको बागमती प्रदेश ०१–००६ ख ७४९९ नम्बरको बसले पछाडिबाट ठक्कर दिएको थियो । त्यसपछि सोही बसलाई वीरगञ्जतर्फ जाँदै गरेको अर्को बसले पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार तीनवटै सवारी साधनमा रहेका ६८ यात्रुमध्ये ३७ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाले बैरेनी अस्पताल र स्मारिका मेडिकल हलमा उपचारपछि डिस्चार्ज पाएका छन् भने बाँकी ३४ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ



























