
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई)को पूरक अर्थात् ग्रेडवृद्धि परीक्षा आगामी असार १ गतेदेखि सञ्चालन हुने भएको छ ।राष्ट्रिय परीक्षा बोर्डले सोमबार राति एसइईको नतिजा सार्वजनिक गर्दै ग्रेडवृद्धि परीक्षा असार १ गतेदेखि ९ गतेसम्म सञ्चालन गरिने जनाएको हो ।बोर्डका अनुसार अन्तिम ग्रेड ‘सी’ वा ‘सी’भन्दा कम प्राप्त गरेका विद्यार्थीले ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउनेछन् ।यस वर्षको एसइई नतिजाअनुसार परीक्षामा सहभागीमध्ये १ लाख ४६ हजार ५०७ विद्यार्थी नन–ग्रेडेड भएका छन् ।


























