काठमाडौं । ‘मलमास मेला’का नामले परिचित मच्छेनारायण मेला सुरु भएसँगै मन्दिर क्षेत्रमा भक्तजनको घुइँचो लाग्न थालेको छ । पुरुषोत्तम मास अर्थात् अधिकमासको अवसर पारेर लाग्ने यस मेलामा काठमाडौँ उपत्यकासहित देशका विभिन्न जिल्लाबाट लाखौँ श्रद्धालु भक्तजन सहभागी हुने गरेका छन् ।धार्मिक विश्वासअनुसार पुरुषोत्तम मासमा भगवान् नारायणको पूजा–आराधना, व्रत तथा दान गर्नाले सम्पूर्ण पाप नष्ट भई पुण्य प्राप्त हुने मान्यता रहिआएको छ । यही आस्थाका साथ भक्तजनहरू मच्छेनारायण मन्दिर पुगेर दर्शन, पूजाआजा तथा धार्मिक अनुष्ठानमा सहभागी भइरहेका छन् ।
मन्दिर परिसरमा सुनको जलप लगाइएको गरुडको आकर्षक प्रवेशद्वार रहेको छ । परम्परागत नेपाली कला र संस्कृतिको झल्को दिने उक्त संरचनाले मन्दिरको सौन्दर्यलाई थप आकर्षक बनाएको छ । त्यस्तै, माछाको मुखबाट प्रकट भएको करिब एक फिट अग्लो भगवान् मत्स्यनारायणको मूर्ति यहाँको मुख्य आकर्षण बनेको छ । चार हातमा शङ्ख, चक्र, गदा र पद्म धारण गरेको उक्त मूर्तिलाई भक्तजनले विशेष श्रद्धाका साथ दर्शन गर्ने गरेका छन् ।हिन्दु धर्मग्रन्थअनुसार भगवान् विष्णुले दश अवतारमध्ये पहिलो अवतारका रूपमा मत्स्य रूप धारण गर्नुभएको विश्वास गरिन्छ । पुराणमा उल्लेख भएअनुसार प्रलयकालमा भगवान् मत्स्यरूपी अवतारले समुद्रमा डुङ्गाको काम गर्दै वेदहरूको रक्षा गर्नुभएको थियो । यही धार्मिक तथा पौराणिक महत्वका कारण मच्छेनारायण क्षेत्रलाई आस्थाको केन्द्रका रूपमा लिइन्छ ।अधिकमास करिब तीन वर्षको अन्तरालमा पर्ने भएकाले यस अवधिलाई धार्मिक दृष्टिले विशेष महत्वका साथ हेर्ने गरिन्छ । यसअघि विसं २०८० सालको साउन महिनामा अधिकमास परेको थियो । धार्मिक विश्वासअनुसार अधिकमासमा स्नान, दान, जप, तप तथा पूजा–आराधना गर्नाले विशेष पुण्य प्राप्त हुने जनविश्वास रहेको छ ।