
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन्।बन्द सत्रपछि रास्वपा निर्वाचन आयोगका उपप्रमुख राम गुरुङले लामिछाने निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन्। गुरुङका अनुसार वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको प्रस्ताव र ५१ जना सदस्यहरूको समर्थनमा लामिछानेको उम्मेदवारी परेको थियो।सभापतिमा अन्य कुनै उम्मेदवारी नपरेपछि लामिछाने निर्विरोध निर्वाचित भएका हुन्।यस्तै, केन्द्रीय समिति सदस्य पदका लागि भने मतदान प्रक्रियामार्फत निर्वाचन अघि बढ्ने निर्वाचन आयोगले जनाएको छ।




























