
सुनसरी । कोशी नदीमा पानीको सतह निरन्तर बढ्दै गएको छ । शुक्रबार दिउँसो १ः१५ बजेसम्म कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड २ लाख २९ हजार ९६० क्युसेक पुगेको छ ।पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये ३० वटा ढोका खोलिएका छन् । जलस्तर बढेसँगै कोशी आसपासका क्षेत्रमा जोखिम बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।सप्तकोशी जलमापन केन्द्रका अनुसार कोशी ब्यारेजमा पानीको बहाव १ लाख ५० हजार क्युसेक पुगेपछि खतराको सूचकका रूपमा रातो झन्डा र बत्ती बाल्ने व्यवस्था रहेको छ ।पानीको बहाव अझै बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै नदी आसपासका बासिन्दालाई सतर्क रहन तथा आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ ।



























