काठमाडाैँ – संघीय संसदअन्तर्गत प्रतिनिधिसभा सांसदले सुरक्षाकर्मीबाट सलाम नपाएको गुनासो गरेका छन् ।
प्रतिनिधिसभाको आज (शुक्रबार)को बैठकमा जनता समाजवादी पार्टीकी सांसद रेनुका गुरुङले संसद भवनमा सुरक्षाकर्मीले अभिवादन नगरेको बताइन् ।उनले भनिन्– ‘कसैले अभिवादन गरेको छ,कसैले छैन लापरबाही गरेको छ ।’ गुरुङले संसद भवनको क्यान्टिन र शौचालयको वेथितिबारे पनि बोलेकी छन् ।‘सरकारका प्रमुख तीन अंग मध्ये सबैभन्दा उच्च व्यवस्थापिकामा हामी अहिले छौँ, व्यवस्थापिकामा कानून निर्माण हुन्छ, सांसदलाई कानुन बनाउने वातावरण चाहिन्छ, सांसद पनि सजिव प्राणी हो भोक, तिर्खा थकाई लाग्छ,क्यान्टिन गयो खाना पकाउनमा लापरबाही र ढिलासुस्ती भएको छ।पिउने पानीको व्यवस्थापन पनि उचित तवरले हुन नसकेको उनको गुनासो छ । शौचालय व्यवस्थित बनाउन पनि उनले सदनमार्फत सरकारको ध्यानाकर्षण गराएकी छन् ।यस्तै संसद भवन परिसरमा सांसदमा घुमफीरमा बन्देज नलगाउन उनको आग्रह छ । उनले भनिन्–‘मन्त्रालय मन्त्रीको कार्यालय भएजस्तै संसद भवन सांसदहरुको कार्यालय हो, यो परिसरभित्र कुनै पनि सांसदलाई घुमफीर गर्न बन्देज लगाउनु हुँदैन ।’