काठमाडौं । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले एमसीसी सम्झौताको निरन्तरताको रुपमा अमेरिकाले नेपाल सामू प्रस्ताव गरेको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौताप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।अध्यक्ष सुनिता बरालले विज्ञप्तिमार्फत् नेपालको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता, असंलग्न परराष्ट्र नीति, पञ्चशीलको सिद्धान्तविरुद्ध स्टेट पार्टनरसीप प्रोग्राम एसपीपीले नेपालको स्वतन्त्र परराष्ट्र नीति ठाडै उल्लंघन गरी नेपालको अस्तित्वमाथि धावा बोल्ने काम गरेको बताएकी हुन् ।
‘अमेरिकाले उक्त मस्यौदामा नेपाललाई हस्ताक्षर गर्न दबाब दिँदै नेपाललाई कुनै अमूक देशको सैनिक परेड स्थलको रुपमा परिणत गर्न खोजेको भन्ने हाम्रो बुझाइ छ,’ उनले भनेकी छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न अमेरिका भ्रमणमा अमेरिकाले प्रस्ताव गरेको एसपीपी सम्झौतामा हस्ताक्षर हुनसक्ने भएकाले, उक्तको मस्यौदामा हस्ताक्षर नगर्न नेपाल सरकारलाई उनले चेतावनी दिएकी छन् ।
