काठमाडौं । सञ्चारकर्मबाट राजनीतिमा प्रवेश गरेका रवि लामिछानेले यसअघि सञ्चालन गर्ने भनेको कार्यक्रम 'द लिडर' फेरि एकपटक विवादमा तानिएको छ । सो कार्यक्रममा सहभागी हुन पैसा उठाइएको तर हालसम्म कार्यक्रम पनि सञ्चालन नभएको र पैसा पनि फिर्ता नभएको भन्दै सामाजिक सञ्जालमा प्रश्न उठाइएको हो ।कार्यक्रम विवादमा तानिएपछि सो कार्यक्रमले यसअघि ८८३ जनाको पैसा ब्याजसहित फिर्ता गरेको बताउँदै फिर्ता गर्न बाँकी रहेकाहरूको पैसा फिर्ता गर्ने प्रतिबद्धता जनाएको हो । कार्यक्रमले भनेको छ, 'रजिस्ट्रेसन शुल्क फिर्ताका लागि टिभी तथा सामाजिक सञ्जालमार्फत पटक-पटक सार्वजनिक सूचना पनि जारी गरेका थियौँ । रजिस्ट्रेसन गर्नुभएका ११९२ मध्ये अहिलेसम्म ८८३
जनाले ब्याजसहित रकम फिर्ता लगिसक्नुभएको छ । फिर्ता नपाउनेहरूले कृपया सम्पर्क गर्नुहोला ।'कार्यक्रमका सञ्चालक रवि लामिछाने स्वयं राजनीतिमा प्रवेश गरेको परिप्रेक्ष्यमा कार्यक्रम सञ्चालन गर्ने या नगर्ने निर्णय गरिनसकेको पनि सूचनामा उल्लेख छ ।