काठमाडौं । महाराजगञ्ज र बालुवाटार क्षेत्रका फुटपाथमा मकै बेच्ने चेतेन्द्र आचार्य र सीता आचार्यको दम्पतीलाई सचेत नेपाली पार्टीका अध्यक्ष पुण्य प्रसाद प्रसाई आर्थिक सहयोग गरेका छन् । उनले ठेला किन्न र आफ्नो दैनिकी चलाउन सहजताका लागि आफुले सहयोग गरेको प्रसाईले बताए । आज बिहान बालुवाटार उनकै बासस्थानमा पुगेर १५ हजार सहयोग गरेका हुन् । महानगरले उनीहरुको ठेला लगेपछि उनीहरुको यतिबेला बिचल्ली भएको छ ।शुक्रबार काठमाडौं महानगरपालिकाको वडा नम्बर ४ महाराजगञ्जमा मकै बेच्दै हिँडेकी एक महिलाको ठेलालाई लछारपछार गर्दै नगर प्रहरीले नियन्त्रणमा लिएको थियो । उक्त दम्पतीको यसभन्दा अगाडी पनि ५ वटा ठेला महानगर प्रहरीले लगेर फिर्ता दिएको छैन ।