सोमबार सेयर बजारमा उतारचढाव देखिएको छ । अघिल्लो दिनको तुलनामा आज नेप्से ९.७५ अंकले घटेर २०७६ अंकमा रोकिएको छ ।नेप्से घटे पनि कारोबार रकमले छलाङ मारेको छ । आज कुल ४ अर्ब ३४ करोड रुपैयाँको कारोबार भयो । यो आइतबारको तुलनामा १ अर्ब ८६ करोडले बढी हो । आइतबार २ अर्ब ४८ करोडको कारोबार भएको थियो ।कुल ७१ कम्पनीको मूल्य बढ्दा ११६ को घट्यो भने ६ को स्थिर रह्यो । बैंकिङ १, विकास बैंक ५२, फाइनान्स ६, होटल तथा पर्यटन ४६, जलविद्युत् १३, उत्पादन ४५, माइक्रोफाइनान्स ६० र अन्य उपसमूह २७ अंक घटे । ब्यापार १०४, निर्जीवन बीमा ४८ र जीवन बीमा ५५ अंक बढे । सीवाईसी लघुवित्त र ङादी ग्रुपको मूल्य १० प्रतिशत बढ्यो । सामलिङ पावरको मूल्य ७।७ र एसटीसीको मूल्य ६।८ प्रतिशत बढ्यो ।कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, एसियन लाइफ, अरुणकाबेली र माथिल्लो तामाकोसी क्रमशः अगाडि रहे ।