
काठमाण्डौ । यही चैत १५ गते काठमाण्डौको तीनकुनेमा राजावादीले गरेको हिंसात्मक प्रदर्शनका कमान्डर दुर्गा प्रसाईं भारतमा समातिएको चर्चा भैरहँदा प्रहरीले यसको खण्डन गरेको छ ।प्रहरीको विज्ञप्तिमा भनिएको छ,-'नेपाल प्रहरीको विभिन्न स्रोत उल्लेख गरी 'दुर्गा प्रसाईं पक्राउ' भन्ने शीर्षकमा विभिन्न समाचारहरू प्रकाशन भएको सन्दर्भमा नेपाल प्रहरीको गम्भीर ध्यानाकर्षण भएको छ। विभिन्न आपराधिक घटनामा संलग्न रही फरार दुर्गा प्रसाईं नेपाल प्रहरीको खोजीको सूचीमा रहेको जानकारी गराउँदै हालसम्म दुर्गा प्रसाईं पक्राउ नपरेको हुँदा भ्रामक समाचार प्रकाशन, प्रसारण नगरिदिनु हुन सबैमा हार्दिक अनुरोध गर्दछौं।'चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी आन्दोलनपछि प्रसाईं फरार छन्। सो आन्दोलनका कमान्डर उनलाई प्रहरीले खोजी गरिरहेको छ।




























