काठमाडौं– विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्रलाई फेरि कोरोना संक्रमण भएको छ। आफूलाई कोरोना संक्रमण भएकोबारे मिश्रले बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी दिएका छन्।
उनलाई यसअघि ६ महिना पहिले पनि कोरोना संक्रमण भएको थियो। यसपटक लक्षणहरू पहिलो पटकजस्तो कडा नभएको उनले बताएका छन्।