काठमाडौं - अर्थमन्त्री माथि छानविन गर्न संसदिय विशेष समितिलाई ७ दिन म्याद थप गरिएको छ ।छानबिन समितीले समय माग गरेकाले आज सभामुख अग्निप्रसाद सापकोटाले उक्त समितीलाई ७ दिनको म्याद थप गरिएको हो ।अर्थमन्त्री शर्माले बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई संलग्न गराएको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदीय छानबिन समिति गठनको माग गरे पछि उक्त समिति गठन भएको हो ।संसदीय छानबिन समितिमा संसदको सबभन्दा ठूलो दल एमालेका ४ जना, नेपाली कांग्रेस र नेकपा माओवादीका २–२ जना तथा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका एकएक जना रहेका छन् । समितिमा खगराज अधिकारी, देव प्रसाद गुरुङ, पुष्पा भुषाल गौतम, प्रदिप कुमार ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, लक्ष्मणलाल कर्ण, शक्ति बहादुर बस्नेत, सरला कुमार यादव, सिताराम महतो, सुरेद्र प्रसाद यादव रहेका छन् ।