
काठमाडौं - सचेत नेपाली पार्टीका अध्यक्ष पुण्यप्रसाद प्रसाईले देशको अवस्था परिवर्तन गर्न सबै साना शक्तिहरु जाग्न पर्नेमा जोड दिए । उनले ठूला शक्तिहरुलाई पाखा लगाउन सबै साना शक्तिहरु एकजुट हुनुको विकल्प नरहेको पनि बताए । प्रसाईले देशमा परिवर्तन ल्याउनकै लागि आफुले पार्टी समेत छाडेको दाबी गरे । सबैले आफ्नो पार्टी छाडेर स्वतन्त्र राजनीतिक शक्ति, नेपाल निर्माण गरेको जानकारी दिए । उनले स्वतन्त्र राजनीतिक शक्ति, नेपालले देशको राष्ट्रिय झण्डा बोकेर जनतामाझ जाने र देश नबनाउने दलहरुलाई पाखा लगाउने पनि जिकिर गरे । उनले भने,‘आगामी चुनावमा २१ लाख २२ हजार मत ल्याएर समानुपातिक भोट ल्याएर दोस्रो ठुलो दल बन्छौ । यसबारेमा हामीले सर्वेक्षण गरिसकेका छौ ।’
उनले ठुला दलहरु भाले जुधाईमा लागेको भन्दै तिनलाई आफुहरुको पार्टीले हराउने बताए । उनले भने, ‘हामी मिलेर गयौ भने देशको ठुलो पार्टी बन्नेछ , स्वतन्त्र राजनीतिक शक्ति हो, यो चिल हो । यीनीहरुलाइै थ्ुत्ने चिल हो, चिल बन्नका लागि हामी प्रयास गरिरहेका छौं ।’ चुनाव चिन्ह बारे शनिबार घोषणा गरिने उनले जानकारी दिए । सबैले अंहकार छाडेर मिल्नुको विकल्प नरहेको भन्दै उनले साना–साना पार्टीहरुलाई अहंकार नगर्न पनि आग्रह गरे । नयाँ लुगा लगाउन पुरानो वस्त्र छाड्नै पर्ने उनको भनाई थियो । उनले भने रवि लामिछानेको पार्टीमा केन्द्रीय सदस्य भएर बस्न चाहेको समेत स्पष्ट पारे । लामिछानेको एक्लो प्रयासले मात्र सफलता नपाउने भन्दै आफूहरुसँग मिल्नु आग्रह गरे ।



























