काठमाडौंबाट बाग्लुङ जाँदै गरेको यात्रुवाहक बस धादिङ्को छहरानजिकै दुर्घटनामा परेको छ।दुर्घटनामा परेको उक्त बस सडकबाट त्रिशुली नदीमा खसेको बताईएको छ ।जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार घाइतेहरुको गजुरी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ भने दुर्घटना बारे थप विवरण आउन बाँकी छ । उद्धार टोली घटनास्थलमा परिचालित भइसकेको प्रहरीले जनाएको छ ।