
बिहीवार बिहान ९ बजेबाट नै कर्णालीमा मतदान शुरु भएको हो । कर्णालीबाट राष्ट्रिय सभा सदस्यका लागि गठबन्धनका तर्फबाट अन्यमा नेपाली काँग्रेसका कृष्णबहादुर रोकाया, दलितमा नेकपा (माओवादी केन्द्र) का विष्णु विक र नेकपा (एकीकृत समाजवादी) की सावित्री मल्लले उम्मेदवारी दर्ता गराउनुभएको छ ।एमालेबाट महिलातर्फ हुम्लाकी विमलाकुमारी शाही, अन्यबाट मुगुका डिल्लीप्रसाद भट्ट र दलित कोटाबाट दैलेखका हिक्मत विकले उम्मेदवारी दर्ता गराउनुभएको छ । प्रदेशमा जम्मा ५ हजार ८४ मतभार छ । निर्वाचन दिउँसो ३ बजेसम्म हुनेछ ।




























