काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा आज(विहीबार) भएको खेलमा जनकपुर बोल्ट्सले कर्णाली याक्सलाई पराजित गरेको छ ।
बिहीबार भएको क्वालिफायर–२ मा जनकपुरले कर्णालीलाई दुई विकेटले पराजित गर्दै उपाधि नजिक पुगेको छ ।कर्णालीका लागि विपिन शर्माले १६औँ ओभरमा निशम र मोहम्मद मोहसिनको विकेट लिएर खेलमा रोमाञ्चकता ल्याएका थिए । त्यसपछि लगत्तै १७औँ ओभरको पहिलो बलमा नन्दन यादवको बलमा विकेटकिपर चाडविक वाल्टनले मयन यादवको क्याच छाडेपछि खेलमा जनकपुर बनिरहेको थियो ।यसअघि सुरुमै विकेट गुमाएको कर्णालीले लगातार अन्तरालमा विकेट गुमाएपछि फाइटिङ स्कोर बनाउन सकेन । अन्तिम ओभरमा कर्णालीका लागि युनिस ठकुरीले जेम्स निशमको बलिङमा ११ रन जोडेका थिए । कर्णालीका लागि गुल्सन झाले सर्वाधिक २५ रन बनाए भने देव खनालले २४ रनको योगदान दिए । अन्य ब्याटरबाट राम्रो रन बन्न सकेन ।सुदूरपश्चिमले क्वालिफायर १ मा जनकपुरलाई आठ विकेटले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो । यो खेलमा हार बेहोरेसँगै जनकपुरले फाइनलमा भिड्न अर्को अवसर पाएको थियो ।एनपीएलको सुरुवातमा खराब प्रदर्शन गरेको कर्णालीले उत्कृष्ट पुनरागमन गर्दै प्लेअफमा स्थान बनाएको थियो। क्वालिफायरमा पराजित भएसँगै कर्णालीले २५ लाख रुपैयाँ प्राप्त गर्नेछ।चौथो भएको चितवनले भने १५ लाख रुपैयाँ पाउनेछ।