
काठमाडौं । आइसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत टियु क्रिकेट मैदानमा जारी खेलमा स्कटल्याण्डले अमेरिकासामु ३२२ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले वर्षाका कारण ४७ ओभरमा सीमित खेलमा ६ विकेट गुमाउँदै ३२१ रन बनाएको हो ।स्कटल्याण्डका लागि फिनले म्याकक्रीथले सर्वाधिक ७७ रनको योगदान दिए । यस्तै, म्याथ्यु क्रसले ५८ तथा ब्रान्डन म्याकुलेनले ५५ रन जोडे ।अमेरिकाका तर्फबाट सौरभ नेत्राभल्कर र जसदीप सिंहले समान २–२ विकेट लिए ।



























