
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत भएको प्रि–क्वार्टरफाइनल खेलमा स्पेनले पोर्चुगललाई १–० गोलले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ।मंगलबार बिहान सम्पन्न प्रतिस्पर्धात्मक खेलमा निर्धारित ९० मिनेटसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेल इन्जुरी समयमा पुगेको थियो। दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेटमा मिकेल मेरिनोले गरेको निर्णायक गोल स्पेनको जितका लागि पर्याप्त बन्यो।यस जितसँगै स्पेन विश्वकपको अन्तिम आठमा प्रवेश गरेको छ भने पोर्चुगलको उपाधि यात्रा समाप्त भएको छ।पोर्चुगलका कप्तान ४१ वर्षीय क्रिस्टियानो रोनाल्डोले यसअघि नै सन् २०२६ को विश्वकप आफ्नो अन्तिम विश्वकप हुने घोषणा गरेका थिए। त्यसैले स्पेनसँगको हारसँगै विश्वकपमा रोनाल्डोको ऐतिहासिक यात्रा पनि टुंगिएको छ।




























