म्यासेन्जरमा नयाँ कल ट्याब थपिएको गरेको छ । कल बटन सजिलै पाउन सकिने गरी म्यासेन्जरको डिजाइन परिमार्जन गरिएको छ ।नयाँ कल ट्याब च्याट, स्टोरिज र पिपुलको छेउमा पाइने भएको छ । त्यहाँ थिच्दा विभिन्न प्रयोगकर्ताहरुको सम्पर्क विवरण र त्योसँगै भ्वाइस र भिडियो कलको फिचर उपलब्ध हुनेछ ।यो फिचरले मेसेन्जर ह्वाट्सएको जस्तै कल तथा मेसेज गर्न मिल्ने एप जस्तै देखिनेछ । अहिलेसम्म जसलाई कल गर्नुुपर्ने हो त्यसको छुटै च्याट थ्रेड खोल्नुपर्ने हुन्थ्यो ।तर अब भने कल ट्याबाटनै सो फिचर पाउन सकिने भएको छ । मेटाका अनुसार सन् २०२० को तुलनामा मेसेन्जर मार्फत भ्वाइस तथा भिडियो कल ४० प्रतिशतले वृद्धि भएको छ ।