काठमाडौं । डिजिटल वालेट खल्तीले ‘फायर सेल’ योजना ल्याएको छ ।
हरेक दिन दिउँसो १ बजेदेखि सुरू हुने यो योजनामा खल्ती प्रयोगकर्ताले विभिन्न भुक्तानी एवं टपअपमा क्याशब्याक पाउनेछन् ।
बुधबारकाे फायर सेलमा खल्तीले डेटा प्याक खरिदमा ५० प्रतिशत क्याशब्याक पाउने जनाइएकाे छ । सुरूका २०० प्रयोगकर्ताले मात्र यो अफरको सुविधा लिन पाउनेछन् ।
केवाईसी भेरिफाइड प्रयोगकर्ताले प्रोमोकोड ‘CONNECTION’ राखेर यो योजनामा सहभागी हुनसक्ने कम्पनीले जनाएको छ ।