आफ्नो हात आफैले हेरेर भोलि के हुन्छ, कसले धोका दिन्छ भन्ने मात्र होइन पूरा भाग्य थाहा पाउने यस्तो सजिलो प्रविधिले झूटो सम्बन्धलाई खतरा
हात देखाउने मानिस हात हेर्ने मानिसको अगाडि यसरी बसोस् कि हातमा राम्रोसँग प्रकाश पर्न सकोस्, किनकि प्रकाश जति धेरै तथा राम्रो हुनेछ, हातको रेखा त्यति नै सरलताले देख्न सकिन्छ ।
अब हात हेरिदै छ भने त्यहाँ तेस्रो मानिस नहुनु नै राम्रो हुन्छ । किनकि उसले एकाएक कुनै पनि प्रश्न सोधेर तपाईंंको काममा विघ्न उत्पन्न गरिदिन सक्छ ।
तर पनि हिन्दू मत अनुसार सूर्योदयको समय या त्यसपछि हात हेर्नको लागि सबैभन्दा उत्तम समय हुन्छ, किनकि दिनको थकाइपछि साँझमा भन्दा बिहान हातमा रगतको सञ्चार धेरै हुन्छ ।
हात हेर्दा निम्न कुरामा ध्यान दिनुपर्छ–
१. हातको बनावट कुन श्रेणीको हो ?
२. औंला हातको बनावट समान छ या असमान ?
३. पहिला बायाँ हात हेर्नुपर्छ ।
४. फेरि दाहिने
५. फेरि यो हेर्नुपर्छ कि बायाँ हातभन्दा दायाँ हातमा कति अन्तर छ ।
६ फलादेशको लागि दाहिने हातलाई नै आधार मान्नुपर्छ ।
जुन हातको परीक्षा गरिंदै छ त्यो हातलाई परीक्षक आफैंले समातेर त्यो रेखा दबाउनु पर्छ जुन रेखाको परीक्षा गरिदै छ ।
यस्तो गर्नाले त्यसमा रक्तसञ्चार तीव्र हुन्छ र त्यो रेखा या चिह्नको परिवर्तनको लक्षण पनि स्पष्ट हुन्छ ।
निम्न भागको परीक्षा नितान्त आवश्यक छ–
करतल, करपृष्ठ, नङ, छाला, रङ्ग, औंला, बूढी औंला तथा मणिबन्ध ।
सबैभन्दा पहिला बूढी औंला हेर्नुपर्छ, त्यो छोटो छ या लामो ? यसको विकसन कस्तो छ ?
इच्छाशक्तिको पर्व दृढ छ या लचिलो ? त्यो बलियो छ या निर्बल ?
फेरि करतलतिर ध्यान दिनुपर्छ । यो हेर्नुस् कि त्यो मुलायम छ या कठोर छ या पिलपिले छ ।
यसपछि औंला हेर्नुपर्छ ।
हेर्नुस. करतलसँग त्यसको अनुपात के छ ? त्यो लामो छ या छोटो छ ? त्यसको परीक्षा गरेर यो हुर्नुस् कि त्यो कुन श्रेणीको हो ?
अब नङ हेर्नुस् । त्यसबाट यो कुरा थाहा पाउने प्रयत्न गर्नुस् कि स्वभाव तथा स्वास्थ्यको बारेमा त्यसले के व्यक्त गर्छ ? अन्त्मा सारा हातमा एक तीखो नजर दिनुस् ।
यो गरेपछि ग्रहक्षेत्रतिर जाआंै । यो थाहा पाउनुस् कि कुन ग्रहक्षेत्र प्रमुख रुपमा स्पष्ट छ ?
ग्रहक्षेत्रपछि रेखाहरु हेर्नुस् ।
साधारणतया परीक्षा जीवनरेखा या स्वास्थ्यरेखाबाटै आरम्भ गरिन्छ फेरि त्यसपछि शीर्षरेखा, भाग्यरेखा, हृदयरेखा इत्यादिमा ध्यान दिनुपर्छ ।
परीक्षकको हैसियतले जे भन्नु हुन्छ साँचो भन्नुस् तथा साथै एउटा कुरामा ध्यान दिनुस् जातकलाई जे भन्नुहुन्छ त्यो यसरी नभन्नुस् कि अचानक उसलाई कुनै गहिरो आघात लाओस् । तपाईंंको भाव तपाईंंको कोसिसमा, तपाईंंको शब्द सब सहानुभूतिपूर्ण हुनुपर्छ । जसको हात तपाईंं हेर्नुहुन्छ उसमा रुचि लिनुस् एवं रुचि प्रदर्शित गर्नुस् । उसको जीवन, उसको स्वभाव एवं उसको भावनामा प्रविष्ट हुनुस् । तपाईंंको ध्येय सिर्फ भलाइ गर्ने हुनुपर्छ ।
हस्तरेखा विज्ञान यति सरल एवं सामान्य ज्ञान हैन कि जसमा तपाईं एक दुई वटा किताब पढेर या केही हात हेरेर कुशल हुन सक्नुहोस् । यो एक गहन विषय हो, यसैले धैर्य एवं पूरा इच्छाशक्तिका साथ परिपक्व हुनुस्
तब तपाईं सफल हस्तरेखा परीक्षक बन्न सक्नुहुन्छ ।
हस्तविज्ञान ज्ञानको अथाह सागर हो । यसमा डुबुल्की लगाउनुस् एवं फाइदा उठाउनुस् । यो एक प्रकाश हो जसको माध्यमले तपाईं आफ्नो सँगसँगै अरुको जीवनको बाटो पनि आलोकित गर्न सक्नुहुन्छ ।
हातको अङ्ग तथा प्राविधिक पारिभाषिक शब्द
साधारणतया हातको तात्पर्य काँधको जोडदेखि हातका औंलासम्मको भाग मान्ने गरिन्छ तर हस्तरेखा विज्ञानमा हातको तात्पर्य मणिबन्ध (नाडीको जोड) भन्दा माथि हत्केला, औंला एवं नङ आदिसँग छ । हस्तरेखा विज्ञानमा हातलाई विभिन्न सानासाना अङ्गमा बाँडेर त्यसको नामकरण गरिएको छ, यी यस प्रकार छन्–
१. दक्षिण हस्त– दायाँ हात
२. वाम हस्त– बायाँ हात
३. मणिबन्ध– नाडीको त्यहाँसम्मको भाग, जुन हत्केलाभन्दा तल लगभग १ को दूरीसम्म फैलिएको हुन्छ । यसमा नाडीलाई घेरेका वलय झैं रेखाहरु हुन्छन् ।
४. करतल– करतलको अर्थ हत्केला हो । यो औंलाको जडदेखि तल र मणिबन्धभन्दा माथिको भाग हुन्छ, जसमा मोटा पातला अनेकौंं रेखाहरु हुन्छन् ।
५. करपृष्ठ– यो हत्केलाको पृष्ठ भाग हो ।
६. अङ्गुष्ठ या बूढी औंला– यो दुवै हातका बूढी औंला हुन् ।
७. चोर औंला– बूढी औंलापछिको औंला ।
८. मध्यमा– वर्जनीपछिको सबैभन्दा ठूलो औंला ।
९. साहिँली औंला– मध्यमापछि आउने औंला ।
१० कान्छी औंला– अन्तिम कान्छि औंला ।
११. पर्व– प्रत्येक औंलाको बीचमा गाठ हुन्छ ।
यी गाठको कारण औंला तीन भागमा विभक्त हुन्छ । यी भागलाई पर्व भनिन्छ ।
१२. पोर– औंलाको माथिल्लो छेउलाई ‘पोर’ भनिन्छ । (केही विद्वान्् पर्वको स्थानमा ‘पोर’ एवं ‘पोर’को स्थानमा ‘छोर’ या ‘अग्रसिरा’को प्रयोग गर्छन् ।)
१३. नख– पोरभन्दा माथि (पृष्ठ भागमा) जुन कडा चिप्लो भाग हुन्छ, त्यसलाई नङ या नख भनिन्छ ।
१४. पोर रेखा– पोरलाई विभाजित गर्ने औंलाको गाठमा एक, दुई या तीन रेखाहरु हुन्छन् । यसलाई पोररेखा भनिन्छ । यो सामान्यतया माथिल्लो गाठमा एक, बीचमा दुई एवं आलाको जडमा तीन हुन्छ, तर यी कम या धेरै हुनसक्छ ।
१५. ऊध्र्व अङ्गुष्ठा– अन्य औंला झंै बूढी औंलामा पनि तीन पर्व हुन्छ, तर यसको तल्लो पर्व हत्केलामा भित्र जोडिएको हुन्छ । त्यसैले प्रकटमा यसमा दुई पर्व देखिन्छ । बाहिर पर्वलाई ऊध्र्व बूढी औंला या ऊध्र्व पर्व भनिन्छ ।
१६. अधो अङ्गुष्ठ– अधो अङ्गुष्ठ बूढी औंलाको तल्लोवाला प्रत्यक्ष पर्व हो । योभन्दा तल तेस्रो पर्व हुन्छ, जुन हातकै एक भाग बन्छ
१७. रौं– हत्केला, औंला तथा मणिबन्धको पृष्ठ भागमा मिहीन रांै हुन्छ । कहिले यी यति मिहीन हुन्छ कि कठिनाइपूर्वक हेर्दा मात्र देखिन्छ, भने कहिले यी यति घना एवं पुष्ट हुन्छ कि परैबाट देखिन्छ । यिनैलाई रौं भनिन्छ ।
१८. मणिबन्धरेखाहरु– यी रेखाहरु मणिबन्धलाई वलय भंmै घेरिरहन्छ । यी एकदेखि तीनसम्म हुन्छ । कहिलेकाहीं यी चार या पाँचसम्म पाइन्छन् –
१. शुक्र मेखलाः
यो त्यो अद्र्धवृत्त हो, जुन चोर औंला एवं मध्यमाको बीच जोड मुनिबाट प्रारम्भ भएर साहिँली औंला एवं कनिष्ठाको बीचको जोडसम्म जान्छ । यो कहिले सीधा हुन्छ त कहिले टुटे–फुटेको ।
शनि मुद्रिकाः
यो शनि पर्दत्मुनि रहेको अद्र्धवृत्ताकार बूढी औंलाजस्तै रेखा संरचना हो । यो सबै हातमा हुँदैन ।
३. बृहस्पति मुद्रिका–
यो रेखा बृहस्पति पर्वतको तलतिर वलयाकार अद्र्धवृत्तमा हुन्छ ।
४. अन्य चिह्न –
वृत्त चिह्न– यी हातमा रहेको वृत्ताकार साना रेखा रचना हुन् ।
गुणक या क्रस चिह्न– यो हातमा बनेको ती रेखा संरचना हुन्, जो एक अर्कालाई काट्दै स्वतन्त्र रुपमा ह् को रुपमा रहेको हुन्छ ।
हात एवं भविष्य
जस्तो कि पहिला नै लेखिसकिएको छ, मणिबन्धरेखादेखि लिएर औंलाको टुप्पोसम्मको भागलाई हात भनिन्छ । हस्तरेखाको अध्ययनको लागि यो भागको प्रयोग गरिन्छ र हातको बनावट, हात, करपृष्ठ, नङ औंला, बूढी औंला, रेखाहरु एवं विभिन्न चिह्न इत्यादिको अध्ययन गरिन्छ । यी सबै हात अन्तर्गत नै आउँछन्, जसबाट मानिसको प्रवृत्ति, बौद्धिक शक्ति, नैतिक चरित्र, क्रियाकलाप एवं भावी घटनाको सङ्केत प्राप्त हुन्छ ।
छाला
हातको छाला हेरेर मानव स्वभाव, चरित्र तथा श्रम–क्षमताको अनुमान लगाउन सकिन्छ । हातको स्पर्श मात्रले नै त्यस विषयमा धेरै कुरा अनुभव हुन्छ । कुशल र अनुभवी मानिस मात्र हातको स्पर्शले कुनै पनि मानिसको स्वभाव तथा चरित्रसँग परिचित हुन्छन् । हातको छालाको आधारमा निम्न निष्कर्ष निकाल्न सकिन्छ–
१. जुन मानिसको हात मांसल तथा कठोर छ, त्यो मानिस क्रूर प्रवृत्तिको हुनेछ ।
२. यदि हात नरम, लचकदार एवं लालिमा भएको छ भने यस्तो मानिसमा, शारीरिक श्रम–क्षमता कम हुन्छ । कठोर श्रम अथवा विपरीत परिस्थितिदेखि यस्ता मानिस डराउँछन्, यद्यपि उनीहरु स्वाभिमानी र आत्मकेन्द्रित हुन्छन् ।
३. यदि हातको अगिल्लो भाग पातलो, मासुहीन र कठोर छ भने यस्ता मानिस अपराधी प्रवृत्तिका हुन्छन् । स्वार्थसिद्धिको लागि जघन्य अपराध गर्न डराउँछन् । ती लोभी र संकीर्ण विचारधाराका मानिस हुन्छन् ।
४. जसको हात मांसल र कम कठोर छ, यस्ता मानिस परिश्रमी र भावुक हुन्छन् ।
५. यदि हात पातलो, मासुहीन एवं मुलायम छ भने यस्ता मानिस चरित्रहीन हुन्छन् । उनीहरुको चरित्रहनन् कुनै पनि उमेरमा हुनसक्छ ।
६. जुन मानिसको हात मांसल एवं साधारण कोमल छ, यस्तो मानिस आनन्दप्रिय, विलासितापूर्ण जीवन जिउँदै मर्यादित रहन्छ । मर्यादाको सीमा उल्लंघन गर्दैन ।
७. यदि हात छोटो, पातलो, मांसहीन छ भने यस्तो मानिस कमजोर हुन्छ । अस्थिर जीवन जिउँछ । हृदय र विचारमा पनि कमजोर हुन्छ ।
८. जसको हात मांसल र साधारण कठोर छ, ऊ सिद्धान्तवादी र इमानदार मानिस हुन्छ ।
९. यदि हातको मध्य भाग होचो छ, भने यस्तो मानिस स्वभावैले डरपोक र कायर हुन्छ, तर गफ हाँक्नु उसको स्वभावमा हुन्छ । वीरता प्रदर्शन गरिरहन्छ ।
१०. यदि हातको अगाडिको भाग पातलो मासुहीन र कठोर छ भने यस्तो मानिस अपराधी प्रवृत्तिको हुन्छ । स्वार्थसिद्धिको लागि जघन्य अपराध गर्न पनि डराउँदैन । ऊ लोभी र संकीर्ण विचारधाराको मानिस हुन्छ ।
११. यदि हातको मध्य भाग चेप्टो र उच्च छ भने यस्तो मानिस अहङ्कारी हुनेछ । मूर्ख पनि हुनसक्छ तथा जिद्दी स्वभावको पनि हुनेछ । क्रोधी र स्वार्थी हुनेछ ।
रङ
हातको रङमा मानिसको जीवनको आन्तरिक प्रतिबिम्ब हुन्छ । हातलाई कयांै पटक औंला हेरेर नै हातको स्वाभाविक रङ आउँछ । मात्र रङले पनि मानिसको जीवनको अनेक सम्भावना थाहापाउन सकिन्छ । जुन निम्न प्रकार छ–
१. यदि हातको रङ मटमैलो छ र हात चिसो छ तथा पसिनाले भिजिरहन्छ भने यस्तो मानिस रहस्यमयी हुन्छ, सजिलै उसको विषयमा थाहा पाउन सकिंदैन ।
२. यदि हत्केला गुलाबी या रातो रङको छ भने यस्तो मानिस हतारो गर्ने, परिवर्तनशील एवं क्रोधी हुन्छ ।
३. यदि हत्केलाको रङ गुलाबी छ भने यस्तो मानिस निरोगी हुन्छ । उसमा प्रेम, दया, करुणा, क्षमा, धैर्य, स्नेह, श्रद्धा भावकुता, मिलनसार, जीवनप्रति ललक, उत्साह इत्यादि मानवीय गुणले धनी हुन्छ ।
४. यदि हत्केलाको रङ पहेंलो छ भने यस्तो मानिस उदर रोग या अरु कुनै रोगले ग्रसित हुन्छ । यस्तो मानिस निराशावादी हुन्छ । यिनीहरुमा पलायनता, विरक्तिको भावना धेरै हुन्छ । कहिलेकाहीं यही भावनाबाट ग्रसित भएर आफ्नो पारिवारिक जीवन पनि समाप्त गर्छ । यिनीहरुको सोच्ने तरिका सधैं नकारात्मक हुन्छ । जीवनको अधिकांश भागमा यिनीहरुले असफलता नै पाउँछन् त्यसको लािग उनीहरु आफैं जिम्मेदार हुन्छन् ।
५. जसको हात स्वच्छ र स्वेत रङको हुन्छ, उ, आध्यात्मिक शक्तिको धनी हुन्छ । यस्ता मानिस जीवनमा असाधारण सफलता आर्जन गर्छन् ।
६. यदि हातको रङ कालो छ भने यस्तो मानिसमा चोरी गर्ने प्रवृत्ति हुन्छ । आफ्नो स्वार्थसिद्धिमा जुटिरहन्छ, तर उदास र असफल जीवन जिउँछ ।
७. कयांै पटक रगतको कमीको कारणले पनि हात सेतो या पहेंलो हुन्छ । स्वस्थ हुन्जेलसम्म रङको आधारमा फलित गर्नु हँुदैन । निरोगी मानिसको हातको रङमा नै विचार गर्नुपर्छ । यदि हात लामो समयसम्म सेतो रहन्छ भने व्यक्ति रोगी र हृदय रोगले ग्रसित हुन्छ ।
८. यदि हातको रङ नीलो या बैजनी हुन्छ भने यस्तो मानिस रोगी र जीवनप्रति निराश हुनेछ ।
९. रगतको कमीको कारण स्त्रीहरुको हातमा पहेंलोपन आउँछ या मेहन्दीको कारणले वास्तविक रङमा अन्तर आउँछ । दुवै स्थितिमा फलादेश गर्नु हँुदैन ।