
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले यहि असारभित्रै संघीय निजामती सेवा विधेयक ल्याउने तयारी भइरहेको बताउनुभएको छ ।सोमबार विराटनगरमा आयोजित संघियता, लोकतन्त्र र कानुनी शासन विषयक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री जोशीले कर्मचारीहरुको मनोबल उच्च बनाउने गरि संघीय निजामती सेवा विधेयक ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो । उहाले कर्मचारीहरुको सल्लाह र सुझाव अनुसार नै संशोधन विधेयक आउने भन्दै कर्मचारीबीच हुने विभेद कानूनी रुपमा नै पूर्ण रुपमा अन्त्य गर्ने दावी गर्नुभयो ।त्यस्तै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश र स्थानीय तहहरुले राजनैतिक संघियता पाएपनि प्रशासनिक र वित्तिय संघियता अझै नपाएको बताउनुभयो । संघले प्रदेशमा हस्तक्षेप गरेका कारण प्रदेश संचालनमा समस्या आएको उहाले बताउनुभयो ।कार्यक्रममा संघियताको उद्देश्य, आवश्यकता र कार्यान्वयनको स्थितिबारे छलफल गरिएको थियो ।




























